डबिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चित्र:Dubbing

डबिंग (वा : डब ) फिल्म वा टिभी शूटिंग सकिएर आवाज पछि रेकर्ड गर्ने वा प्रतिस्थापन गर्ने पोस्ट-प्रोडक्शन प्रक्रिया हो। यस शब्दले प्राय:फरक भाषा मा रहेको आवाजलाई प्रतिस्थापन गर्ने भन्ने बुझाउँछ । मूल कलाकारको आवाज लाई उस्तै नक्कल गरि बोलेर त्यसलाई प्रतिस्थापन गरिने गरिन्छ। बिभिन्न भाषा मा पहुँच पुर्याएर ब्यापक दर्शक स्रोता तैयार गरिन्छ। "डबिंग" लाई एक अभिनेताको रेकर्डिंग मा रहेको बिभिन्न त्रुटि लाई पनि सुधार्ने काम को रुपमा लिइन्छ। संवादलाई प्रतिस्थापन गरि नयाँ तैयार गरिन्छ। सम्पादन पनि सकिए पछि त्यस रेकर्डिङ लाई फिल्म जोडिन्छ।

चलचित्र, भिडियो गेम हरू मा प्राय: विदेशी बजारको माग अनुसार स्थानीय भाषामा डब गरिन्छ। डबिंग फिल्म, टिभी श्रृ खला, कार्टुन डिआइ एनिममा प्रयोग गरिन्छ।

एउटा राम्रो उदाहरण- धेरै (हलिवुड) फिल्महरूका हिंदी डब पाईने गर्छन।

भारतमा "विदेशी चलचित्रहरू" प्राय गरेर हलिउड फिल्महरूको डबिंग हिन्दी, तमिल र तेलुगु जस्ता भाषाहरूमा गरिन्छ।हलिवुड फिल्म हरु अंग्रेजी मा भन्दा स्थानिय भाषा मा डब गरेर स्थानिय दर्शक हरु लाई आकर्षित गरिन्छ। नेपाल मा पनि बिभिन्न जापानिज,कोरियन ड्रामा हरु डब गरेर प्रसारण हुने गर्छ।। स्पाइडर म्यान ३ को डबिङ भर्खर उत्तर भारतको लोकप्रिय भाषा भोजपुरीमा गरिएको थियो।