एनिमे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

एनिमे (जापानी: アニメ, उच्चारण: एनिमे जापानी हातलै कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको एनिमेसन हुन् । "एनिमे" शब्द अङ्ग्रेजी शब्द एनिमेसनको लघु रुप हो, जसले सम्पूर्ण एनिमेसन निर्मित सामग्रीहरूलाई जनाउँछ ।[१] जापान बाहिर विशेषत: पश्चिमा मुलुकमा भने एनिमेले जापानमा वा जापानी शैलीमा बनाइएका एनिमेसन सामग्रीलाई बुझाउँछ ।[२] एनिमेको ईतिहास सन् १९१७ बाट सुरु भएको मानिन्छ भने सन् १९६० को दशक बाट एनिमे शैलीगत विकास भएको पाइन्छ । जापानमा करिब ४३० एनिमेसन उत्पादन कम्पनी रहेका छन् । एनिमेहरू अङ्ग्रेजी भाषामा अनुवादित हुन थालेपछि नै चर्चित बन्दै गएको हो ।

शब्द प्रयोग[सम्पादन गर्ने]

जापानमा एनिमेले सम्पूर्ण संसारभरको एनिमेसनद्वारा बनाइएका सामग्रीलाई बुझाउँछ ।[१][३] अङ्ग्रेजीमा एनिमेले जापानमा बनाइएका एनिमेसनलाई नै जनाउँछ ।[४]

एनिमे शब्दको उत्पत्ति भने एकिन साथ भन्न सकिदैँन । केही स्रोत एनिमे शब्द फ्रान्सेली शब्द dessin animé बाट आएको बताउँछन्[५] भने सो कुरा सन् १९७० देखि १९८० मा फ्रान्सको चर्चाले भनिएको पनि बताइन्छ ।[२] अङ्ग्रेजी भाषामा एनिमे शब्दलाई नामको रुपमा प्रयोग गरिएको पाइन्छ ।[६] सन् १९७० देखि १९८० तिर Japanimation शब्दको प्रयोग गरिन्थ्यो । सन् १९८० को मध्य सम्ममा बिस्तारै एनिमे शब्दको प्रयोग बढ्दै गयो ।[५][७] हाल, एनिमे शब्दले जापानमा बनेका एनिमेसनलाई नै बुझाउने गर्दछ ।[७]

एनिमेले जापानी एनिमेसनलाई प्रतिनिधि नगर्ने पनि केही बताउँछन् ।[८]

इतिहास[सम्पादन गर्ने]

फ्रान्स, जर्मनी, अमेरिका, रसियामा जस्तै जापानी एनिमेसन बिसौँ शताब्दीमा जापानी चलचित्रकर्मीहरूले विकास गरेका थिए ।[९] सन् १९२३ को भूकम्पले एनिमेका सामग्रीहरूलाई केही नष्ट गरेको थियो ।

सन् १९३० सम्म आइपुग्दा जापानी एनिमेसनको विकास भइसकेको थियो । उक्त समयमा जापानी एनिमे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा नै थियो । सन् १९४० मा धेरै जापानी एनिमे उद्योगहरूको विकास हुँदै आइसकेको थियो । सन् १९३७ मा वाल्ट डिज्नी कम्पनीको स्नो वाइट एन्ड सेभन ड्राव्फ्स ले जापानी एनिमेलाई शैलीगत विकासमा प्रभाव पार्यो । सन् १९७० देखि चित्र उपन्यास, माङ्गा, कमिक पुस्तकहरू लोकप्रिय बन्दै गए । सन् १९८० देखि १९९० सम्म र हाल एक्काइसौं शताब्दसम्ममा जापानी एनिमेले बजार ओगटिसकेको छ ।

प्रकार[सम्पादन गर्ने]

एनिमे बालबालिका देखि वयस्क व्यक्ति सम्मकालागि बनाइएका पाइन्छन् । वयस्कहरूलाई बनाइएका एनिमेमा कथा वस्तु जटिल र विषय त्यसै अनुसारका हुन्छन् ।

श्रेय[सम्पादन गर्ने]

एनिमे निर्माण कर्ताहरूका विभिन्न दृश्यगत शैलीहरू

एनिमेसन उद्योग[सम्पादन गर्ने]

अकिबरा जिल्ला, टोकियो एनिमे प्रेमीहरूका लागि मुख्य स्थल मानिन्छ

अन्तर्राष्ट्रियकरण[सम्पादन गर्ने]

सन् १९८० देखि जापानी एनिमे अमेरिकामा परिचित भई सन् १९९० देखि जापानी एनिमे अमेरिकामा चर्चित बन्दै गयो ।

एनिमे शैली[सम्पादन गर्ने]

मानव भावनालाई विशेष जोड दिइने जापानी एनिमेमा दुख, सुख, मिहिनेत जस्ता विषयलाई जोड दिइएका हुन्छन् ।

यी पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. १.० १.१ "What is Anime?", Lesley Aeschliman, Bellaonline, नोभेम्बर ७, २००७-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति अक्टोबर २८, २००७ 
  2. २.० २.१ "Anime News Network Lexicon - Anime", अभिगमन मिति अप्रिल २२, २०१३ 
  3. "Tezuka: The Marvel of Manga - Education Kit" (PDF), Art Gallery New South Wales, २००७, अगस्ट ३०, २००७-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति अक्टोबर २८, २००७ 
  4. "Anime", Oxford English Dictionary, अभिगमन मिति फेब्रुअरी १७, २०१६ 
  5. ५.० ५.१ "Etymology Dictionary Reference: Anime", Etymonline, अभिगमन मिति अप्रिल २२, २०१३ 
  6. American Heritage Dictionary, 4th ed.; Dictionary.com Unabridged (v 1.1).
  7. ७.० ७.१ Patten 2004.
  8. Miyazaki, Hayao (July 31, 1996). "日本のアニメーションについて [Thoughts on Japanese Animation]". 出発点 1979~1996 [Starting Point 1979~1996]. San Francisco: Viz Media. pp. 72ff. ISBN 978-1-4215-0594-7 . http://www.viz.com/books/print/starting-point-1979-1996-volume-1/5855. अन्तिम पहुँच मिति: December 16, 2013. 
  9. Schodt, Frederik L. (August 18, 1997). Manga! Manga!: The World of Japanese Comics (Reprint संस्करण). Tokyo, Japan: Kodansha International. ISBN 0-87011-752-1 . 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

एनिमेको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
चित्र तथा मिडीया कमन्सबाट