आन्द्रेस मानुएल लोपेस ओब्रादोर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Andrés Manuel López Cacas
López Obrador in 2017
५८ औं मेक्सिकन राष्ट्रपति
पद बहाली
१ डिसेम्बर २०१८
पूर्वाधिकारीEnrique Peña Nieto
Lenín Moreno con el líder mexicano López Obrador (Recortado).png
Lenín Moreno con el líder mexicano López Obrador (Recortado)

आन्द्रेस म्यानुएल लोपेज ओब्रेडोर[क] (स्पेनी उच्चारण: [anˌdɾes maˈnwel ˈlopes oβɾaˈðoɾ] ( ); जन्म १३ नोवेम्बर १९५३) (आन्द्रेज म्यानुएल लोपेज ओब्रेडोरलाई मानिसहरु उनको नामहरुका पहिला अक्षरहरु जोडेर अम्लो भनेर चिन्छन् । commonly referred to by his initials AMLO, or by his nickname El Peje[१]) २०१८ देखि मेक्सिकोका राष्ट्रपति रहेका मेक्सिकन राजनीतिज्ञ हुन्।

लोपेज ओब्रेडोरलाई टाइम पत्रिकाले २०१९ को १०० प्रभावशाली व्यक्तिहरूमा सुचिकृत गरेको थियो[२]

लोपेज ओब्रेडोर सन् १९५३ को १३ नोभेम्बरमा मेक्सिकोको दक्षिणी राज्य टबास्कोको ग्रामीण क्षेत्र टेपिटिटानमा जन्मिएका हुन्। [३][४] उनी सन् २००० मा मेक्सिको सिटीको मेयर निर्वाचित भएका थिए।

२०१८ को राष्ट्रपतीय निर्वाचन[सम्पादन गर्नुहोस्]

ओब्राडोर यसअघि सन् २००६ र २०१२ मा भएको राष्ट्रपतीय निर्वाचनमा भने पराजित भएका थिए। उनी यसपटक ३ विभिन्न पार्टीको गठबन्धन नेसनल रिजेनेरेसन मुभमेन्ट पार्टी (मोरेना) को उम्मेदवारका रूपमा राष्ट्रपतीय निर्वाचनमा विजयी भएका हुन्।

सन् १९७६ देखि राजनीतिमा सक्रिय ओब्राडोर आइतबार भएको निर्वाचनमा उनले ५३ दशमलव ८ प्रतिशत मतसहित विजयी भएका हुन्। यस अघिका दुई राष्ट्रपतीय निर्वाचनमा हार मानिसकेका ओब्रेडोरले यो पटक ५३.८% भोट हासिल गरेर चुनाव जिते । ६४ वर्षका ओब्राडोरको लोकप्रियता उनको निकटतम प्रतिद्वन्दीले २२.८% मात्र भोट ल्याएबाट पनि अन्दाज लगाउन सकिन्छ ।

ओब्रेडोरको जीत मेक्सिकोको लागि कयैन अर्थमा विशेष छ । ७० वर्षसम्म यहाँ जम्मा दुई पार्टीको दबदबा रह्यो । कहिले रुढीवादी नेशनल एक्सन पार्टीको शासन रह्यो त कहिले इन्स्टिट्यूशनल रिभलूशनी पार्टीको रह्यो । तर यो पटक बामपन्थी नेशनल रिजेनेरेशन मुभमेन्टी पार्टीको नेतृत्वमा रहेको तीन पार्टीको गठबन्धनको उमेद्वार ओब्रेडोरले यो सिलसिल तोडिदिए ।

चुनावी अभियान[सम्पादन गर्नुहोस्]

चुनावमा देशभरबाट करिब ७ करोडले मतदान गरेका थिए । ल्याटिन अमेरिकाको दोस्रो ठूलो अर्थतन्त्र मेक्सिको ठूलो तेल निर्यातकर्ता मध्येको एक हो । यद्यपि पछिल्ला महिनामा तेलको मूल्य खस्किएका कारण मेक्सिकोको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको छ ।

मेक्सिकोमा भएको चुनावअघिका अभियानका क्रममा केही खराब राजनीतिक हिंसात्मक घटना भएका थिए । गत सेप्टेम्बरमा सुरु भएको चुनावी अभियानयता १ सय ३० भन्दा बढी उम्मेदवार तथा राजनीतिक कार्यकर्ता मारिएका थिए । मेक्सिकोमा यो चुनावी अभियानका बेला भएका घटनाहरू अहिलेसम्मकै हिंसात्मक हुन् ।

चुनावी परिणाम सम्बोधन[सम्पादन गर्नुहोस्]

जितपछि लोपेजले मेक्सिकोमा ठूलो परिवर्तन देखा पर्ने दावी गरेका छन् । [५]चुनावी परिणामपछि बोल्दै ओब्राडोरले आफूले नागरिक स्वतन्त्रतालाई सम्मान गर्ने जनाए । उनले भने, ‘म तानाशाह बन्ने चाहना राख्ने मान्छे होइन् ।’ यद्यपी, कतिपय विपक्षीहरूले उनको बामपन्थी र लोकप्रिय नीतिका कारण देशको अर्थतन्त्रमा संकटका कारण मेक्सिको ‘अर्को भेनेजुयला’ हुने बताउने गरेका छन् ।

उनका चुनावी प्रतिस्पर्धी मध्य–दक्षिणपन्थी उम्मेदार रिकार्डो अनाएले उनलाई ‘लोकप्रियतावादी, खतरनाक एवं चतुर व्यक्ति भएको’ बताउने गरेका छन् । आर्थिक मामिलामा ओब्राडोरलाई विश्वास गर्न नसकिनेमा पनि अनाएले जोड दिएका थिए ।

ओब्राडोरले भने, ‘अनैतिक राजनीतिक व्यवस्थाको कारकका रूपमा रहेको भ्रष्टाचार हाम्रो सामाजिक र आर्थिक असमानता र हिंसाको मूल जड हो ।’ उनले आफूले नियमित रूपमा मन्त्रिपरिषद् बैठक गर्ने र देशमा व्याप्त लागूऔषधको कारोबारलाई नियन्त्रण गर्ने समेत प्रण गरेका छन् । आब्राडोरले राज्य, राजनीतिक दल र व्यापारिक घरानाले गरेको चरम दुरुपयोग अन्त्य गरी कामदारहरूको ज्याला र पेन्सन वृद्धि गर्नेसमेत बताएका छन् ।[६]

ओब्रेडोरको व्यक्तित्व[सम्पादन गर्नुहोस्]

ओब्रेडोरलाई मानिसहरूले उनको वाचाका कारण वा अघिल्लो सरकारसँग वाक्कदिक्क भएर मात्र छानेका होइनन् ।

शोभन सक्सेनाका अनुसार ओब्रेडोर लामो समयदेखि समाजसेवामा सक्रिय छन् । यसका साथै उनको पहिचान एक राम्रो प्रशासक र बुद्धिजीवीको पनि रहेको छ ।

ओब्रेडोरको व्यक्तित्वको बारेमा शोभन सक्सेना भन्छन्,“ओब्रेडोर लामो समयदेखिका अभियन्ता हुन् । मेक्सिकोको ग्रामिण क्षेत्रमा उनले धेरै काम गरेका छन् । उनी राजनेतामात्र हौइनन् , एक राम्रो लेखक पनि हुन् । उनले १४ किताब लेखिसकेका छन् ।”

“अम्लो बुद्धिजीवी पनि हुन् । नेता पनि हुन् । समाजसेवी पनि हुन साथसाथै लेखक पनि हुन् । उनको छवि राम्रो रह्यो । जब उनी देशको राजधानी मेक्सिको सहरको मेयर थिए तब उनले गरेको कामको सबैले प्रशंसा गरे । ल्याटिन अमेरिकामा मेयरको पदमा निक्कै महत्त्वपूर्ण हुन्छ । यस्तोमा उनको इतिहास हेरेर नै मानिसहरूले यो पालि उनलाई निर्वाचित गर्ने फैलसा गरे ।”[७]

डोनाल्ड ट्रम्पको कट्टर विरोधी[सम्पादन गर्नुहोस्]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कट्टर विरोधी ओब्राडोर राष्ट्रपतिमा विजयी भएसँगै दुई देशबीचको सम्बन्धबारे चर्चा शुरु भएको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिसँग दुई देशबीचको तनाव थप उत्कर्षमा पुगेको छ । ट्रम्पले आप्रवासी तथा ब्यापारका विषयमा मेक्सिकोको आलोचना गर्ने गरेका छन् । उनले आफ्नो चुनावी अभियानका क्रममा समेत मेक्सिकोसँगको सीमाक्षेत्रमा पर्खाल लगाउने घोषणा गरेका थिए । तर ट्रम्पले भने राष्ट्रपतिमा निर्वाचित भएकोमा ओब्राडोरलाई सामाजिक सञ्जाल टीटरमार्फत बधाई दिएका छन् ।[६]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]


उद्दरण त्रुटी: <ref> tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/> tag was found

  1. ""El Cacas", el nuevo apodo de AMLO que políticos y periodistas utilizaron para burlarse", economiahoy.mx (स्पेनीमा), अन्तिम पहुँच २९ मे २०२० 
  2. "Andrés Manuel López Obrador: The 100 Most Influential People of 2019", TIME (en-usमा), अन्तिम पहुँच २०२०-०९-२२ 
  3. Arredondo, Alejandra (२२ नोभेम्बर २०१८), "La vida de López Obrador: de activista a presidente", La Voz de América (U.S. Agency for Global Media, formerly Broadcasting Board of Governors), मूलबाट २७ अगस्ट २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ डिसेम्बर २०१९, "López Obrador es el hijo de dos comerciantes de Tabasco. Nació el 13 de noviembre del 1953 en Villa Tepetitán, municipio Macuspana." 
  4. "El origen de López Obrador en sus propias palabras", Morena, अन्तिम पहुँच १३ जुलाई २०१८  वेब्याक मेसिन अभिलेखिकरण ९ डिसेम्बर २०२० मिति
  5. http://www.ujyaaloonline.com/story/2019
  6. ६.० ६.१ https://www.kantipurdaily.com/world/2018/07/03/15305861046517899.html
  7. http://www.ratopati.com/story/52125