टिमभ्युअर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

टीमभ्युअर विभिन्न कम्प्यूटरहरूका बीचमा रिमोट कण्ट्रोल, डैस्कटप शेयरिङ तथा फाइल ट्रान्सफरका लागि प्रयोग हुने एउटा कम्प्युटर सफ्टवेयर हो । यो सफ्टवेयर माइक्रोसफ्ट विन्डोज, म्याक ओएस एक्स, लिनक्स, आइओएस, तथा एण्ड्रोइडहरुका लागि उपलब्ध छ । कुनै कम्प्युटरमा टीमभ्युअर चली रहेको छ भने वेव ब्राउजरबाट पनि नियन्त्रण गर्न सकिन्छ । यस एप्लिकेशनको मुख्य कार्य कम्प्यूटरहरूको रिमोट कण्ट्रोल हो, यस एप्लिकेशनमा सहभागिता तथा प्रजेन्टेशन जस्ता सुविधाहरु पनि रहेका छन् ।

इतिहास[सम्पादन गर्नुहोस्]

टीमभ्युअरलाई सन् २००५ मा जर्मनीको जीएमबीएचले निर्माण गरेको थियो ।

उपयोगिता[सम्पादन गर्नुहोस्]

  • इन्टरनेटमा दुई पीसीलाई एक आपसमा जोडेर एक पीसीबाट अर्को पीसीलाई नियन्त्रण गर्न ।
  • एक पीसीबाट अर्को पीसीमा फाइल ट्रान्सफर गर्न ।
  • दुई वा दुई भन्दा बढी पीसीमा भर्चुअल प्राइभेट नेटवर्क बनाउन ।
  • टाढा रहेको कम्प्यूटरमा इन्टरनेटबाटै कार्य गर्न वा कम्प्युटर सिकाउन ।
  • टाढा रहेको कम्प्यूटरमा आएको समस्या सामाधान गर्न ।

कनेक्शन स्थापित कसरी गर्ने?[सम्पादन गर्नुहोस्]

टीमभ्युअरलाई इन्स्टलेशन प्रक्रिया द्वारा स्थापित गर्न सकिन्छ । टाढा रहेको कम्प्युटरसँग जोड्नको लागि टीमभ्युअरलाई दुबै पीसीहरूमा चलाउनु पर्दछ । कुनै कम्प्युटरमा टीमभ्युअर शुरु गर्दा यसले एउटा पाटनर आइडी तथा पासवर्ड उत्पन्न गर्दछ (पासवर्ड प्रयोगकर्ताले पनि निर्धारण गर्न सक्दछ)। लोकल क्लाईन्टसँग रिमोट होस्ट मशीनबाट कनेक्शन स्थापित गर्नका लागि लोकल अपरेटरले रिमोट कम्प्युटरसँग संवाद गर्नु पर्दछ । आइडी तथा पासवर्डका लागि अनुरोध गर्नु पर्दछ र आइडी तथा पासवर्ड लाई लोकल टीमभ्युअरमा राख्नु पर्दछ ।

सुरक्षा[सम्पादन गर्नुहोस्]

टीमभ्युअरले आरयसए प्राइवेट/पब्लिक एक्सचेन्ज तथा एडभान्स्ड एन्क्रिप्शन स्टेण्डर्ड (२५६-बिट) सेक्शन एन्कोडिङको प्रयोग गर्दछ । यसले सुरक्षाका लागि केवल यूजरनेम र पासवर्डको प्रयोग गर्दछ । यसकारण यो फिशिङको शिकार हुन सक्दछ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहीरी कडिहरु[सम्पादन गर्नुहोस्]