पराग अग्रवाल
पराग अग्रवाल | |
---|---|
जन्म | अजमेर, भारत | २१ मे १९८४
नागरिकता | भारतीय |
शिक्षा | भारतीय प्राविधिक अध्ययन संस्थान वि.टेक स्टानफोर्ड विश्वविद्यालय विज्ञानमा स्नातकोत्तर, विद्यावारिधी |
उपाधि | प्रमुख प्राविधिक अधिकृत, ट्विटर |
अग्रज | ज्याक डोर्सि |
जीवनसाथी | भिनीता अग्रवाल |
सन्तान | १ |
पराग अग्रवाल (जन्म २१ मे १९८४) [१] एक भारतीय-अमेरिकी प्रविधी कार्यकारी र सन् २०२१ देखि ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा कार्यरत छन्। [२] अग्रवालले सन् २०११ मा सफ्टवेयर इन्जिनियरका रूपमा ट्विटरमा नियुक्ती लिएका थिए र सन् २०१७ मा उनी ट्विटरको प्रमुख प्रविधि अधिकारी बनेका थिए। २९ नोभेम्बर २०२१ मा, ज्याक डोर्सीले प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गरे पश्चात अग्रवालले उनको स्थानमा नियुक्ती पाएका थिए।[३]
शिक्षा
[सम्पादन गर्नुहोस्]अग्रवालको जन्म भारतको राजस्थानको अजमेरमा भएको थियो। [४] [५] पछि उनी मुम्बईमा बसाई सरेका थिए । उनका बुबा भारतीय आणविक ऊर्जा विभागमा वरिष्ठ अधिकारी थिए र उनकी आमा सेवानिवृत्त विद्यालय शिक्षक हुन् [६] । उनले परमाणु ऊर्जा केन्द्रीय विद्यालय नम्बर ४ मा अध्ययन गरेका थिए। उनी गायिका श्रेया घोषालका सहपाठी थिए । अग्रवालले सन् २००१ टर्कीमा भएको अन्तर्राष्ट्रिय भौतिकशास्त्र ओलम्पियाडमा स्वर्ण पदक जितेका थिए । उनले २००० मा भारतीय प्राविधिक अध्ययन संस्थान मुम्बईको संयुक्त प्रवेश परीक्षामा ७७ औं सूचीमा आएका थिए, र अग्रवालले आफ्नो वि.टेक प्राप्त गरे। सन् २००५ मा आईआईटी बम्बेबाट कम्प्युटर विज्ञान र इन्जिनियरिङमा डिग्री [७] अग्रवाल त्यसपछि जेनिफर विडोमको निर्देशनमा स्ट्यानफोर्ड विश्वविद्यालयबाट कम्प्युटर विज्ञानमा पीएचडी गर्न संयुक्त राज्य अमेरिका गए। [८] [९]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]उनले विनीता अग्रवालसँग विवाह गरे [१०] [११] । उनी भेन्चर क्यापिटल फर्म एन्ड्रिसेन होरोविट्समा सामान्य साझेदार हुन्। [१२] [१३] तिनीहरूले एक छोरा छ जसको जन्म सन् २०१८९ मा भएको थियो। [१४]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Parag Agrawal: Ajmer Celebrates a Son 'More Powerful than PMs, Presidents'", The Times of India (अङ्ग्रेजीमा), ३० नोभेम्बर २०२१, अन्तिम पहुँच १ डिसेम्बर २०२१।
- ↑ "India-born Parag Agrawal replaces Jack Dorsey as Twitter CEO", The Economic Times, अन्तिम पहुँच २०२१-११-३०।
- ↑ Molina, Brett, "Jack Dorsey steps down as Twitter CEO, Parag Agrawal named as successor, sends stock surging", USA TODAY (en-USमा), अन्तिम पहुँच २९ नोभेम्बर २०२१।
- ↑ "अजमेर के रहने वाले हैं ट्विटर के नए CEO:किराए पर रहता था परिवार, 4 दिसंबर को घर आएंगे पराग के मम्मी-पापा", Dainik Bhaskar (हिन्दीमा), ३० नोभेम्बर २०२१, अन्तिम पहुँच ३० नोभेम्बर २०२१।
- ↑ Isaac, Mike; Conger, Kate; Metz, Cade (२०२१-११-२९), "Who Is Parag Agrawal, Twitter's New C.E.O.?", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Parag Agrawal: The Story Behind This Tech Whiz No One’s Ever Heard of Before", Dec १७, २०२१।
- ↑ "Parag Agrawal Becomes New CEO at Twitter as Jack Dorsey Steps Down", SA News Channel (en-USमा), २०२१-११-३०, अन्तिम पहुँच २०२१-११-३०।
- ↑ Rajghatta, Chidanand (नोभेम्बर ३०, २०२१), "IIT-Bombay alumnus Parag Agrawal is Twitter CEO after Dorsey exit", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ Chhapia, Hemali; Doval, Pankaj (नोभेम्बर ३०, २०२१), "When Parag Agrawal regretted wasting time tying IIT-JEE supplements", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-३०।
- ↑ "Parag Agrawal becomes Twitter CEO: Who is Parag Agrawal? Here is a brief profile of this IITian in 5 points", India Today, २९ नोभेम्बर २०२१, अन्तिम पहुँच २९ नोभेम्बर २०२१।
- ↑ "Vineeta Agarwala (@vintweeta) / Twitter"।
- ↑ "Vineeta Agarwala, MD PhD (LinkedIn)"।
- ↑ Akhtar, Allana (२९ नोभेम्बर २०२१), "Meet Twitter's new CEO: a 37-year-old machine learning and AI expert", Business Insider, अन्तिम पहुँच २९ नोभेम्बर २०२१।
- ↑ "Ansh Agrawal (@littleansh) / Twitter"।