एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक
Experimental Advanced Superconducting Tokamak | |
---|---|
Device type | Tokamak |
Location | Hefei, China |
Affiliation | Hefei Institutes of Physical Science, Chinese Academy of Sciences |
Technical specifications | |
Major radius | १.८५ मी (६ फिट १ इन्च) |
Minor radius | ०.४५ मी (१ फिट ६ इन्च) |
Magnetic field | ३.५ T (३५,००० G) |
Heating power | ७.५MW |
Discharge duration | १०२s |
Plasma current | १.०MA |
Plasma temperature | १००×१०६K |
History | |
Year(s) of operation | 2006–present |
Preceded by | HT-6M |
एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक | |||||||
---|---|---|---|---|---|---|---|
चिनियाँ | 先进超导托卡马克实验装置 | ||||||
हान्यु फिनयिन | xiānjìn chāodǎo tuōkǎmǎkè shíyàn zhuāngzhì | ||||||
अनुवादित अर्थ | उन्नत सुपरकन्डक्टिङ टोकामक एक्सपेरिमेन्टल डिभाइस | ||||||
|
एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक, इस्ट चीनको हेफेइमा रहेको सुपरकन्डक्टिङ टोकामक चुम्बकीय फ्युजन उर्जा रियाक्यर हो। यो सन् २००६ देखि सञ्चालनमा आएको छ।
सुपरकन्डक्टिङ टोरोइडल र पोलोइडल चुम्बकको उपयोग गर्ने यो पहिलो टोकामक हो।
इतिहास
[सम्पादन गर्नुहोस्]"एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक" चीनको दोस्रो सुपरकन्डक्टिङ टोकामक हो।
यो परियोजनाको प्रस्ताव १९९६ मा गरिएको थियो र १९९८ मा स्वीकृत गरियो। २००३ को समय तालिका अनुसार,[१] भवन र साइट २००३ भित्रमा निर्माण सकिनु थियो। २००३ देखि २००५ सम्म टोकामक जडानको काम गर्नु थियो।
२००६ मार्चमा निर्माण पूरा भयो र २००६ सेप्टेम्बर २८ मा, "पहिलो प्लाज्मा"को उपलब्धि हासिल भयो।[२]
आधिकारिक प्रतिवेदन अनुसार, यो परियोजनाको बजेट ¥३० करोड चिनियाँ येन (करिब ३७ मिलियन अमेरिकी डलर) रहेको छ। यो अन्य देशमा रियाक्टर निर्माण खर्चको १/१५ देखि १/२० हिस्सा हो। [३]
पहिलो चरण
[सम्पादन गर्नुहोस्]२००६ सेप्टेम्बर २९ मा, पहिलो प्लाज्माको उपलब्धि हासिल भयो- यो पहिलो परिक्षण लगभग ३ सेकेन्ड आयम भयो र २०० किलो एम्पियरको विद्युतीय करेन्ट पैदा गर्यो।[२]
२००७ जनवरीमा, रियाक्टरले पाँच सेकेन्डसम्म टिकेको प्लाज्मा उत्पन्न गर्यो र ५०० किलो एम्पियरको विद्युतीय करेन्ट उत्पादन भयो।"[४]
२०११ मेमा, यो टोकामक ५ करोड केल्भिन तापक्रममा ३० सेकेन्ड सम्म प्लाज्मा स्थिर गराउने पहिल टोकामक बन्यो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Project/6.doc [मृत कडी]
- ↑ २.० २.१ "China's New Thermonuclear Fusion Reactor Test Successful", China.org.net, सेप्टेम्बर २९, २००६।
- ↑ "China to build world's first "artificial sun" experimental device", People's Daily Online, २००६-०१-२१।
- ↑ Xinhua article Jan 15, 2007 Chinese scientists conduct more tests on thermonuclear fusion reactor. 2007-Jan-15