सामग्रीमा जानुहोस्

एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
EAST
Experimental Advanced Superconducting Tokamak
Device typeTokamak
LocationHefei, China
AffiliationHefei Institutes of Physical Science, Chinese Academy of Sciences
Technical specifications
Major radius१.८५ मी (६ फिट १ इन्च)
Minor radius०.४५ मी (१ फिट ६ इन्च)
Magnetic field३.५ T (३५,००० G)
Heating power7.5 Mवॉट
Discharge duration102 s
Plasma current1.0 MA
Plasma temperature100×106 K
History
Year(s) of operation2006–present
Preceded byHT-6M
एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक
चिनियाँ 先进超导托卡马克实验装置
हान्यु फिनयिन xiānjìn chāodǎo tuōkǎmǎkè shíyàn zhuāngzhì
अनुवादित अर्थ उन्नत सुपरकन्डक्टिङ टोकामक एक्सपेरिमेन्टल डिभाइस
इस्टको प्राविधिक स्केच
EAST vacuum vessel
Plasma in EAST

एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक, इस्ट चीनको हेफेइमा रहेको सुपरकन्डक्टिङ टोकामक चुम्बकीय फ्युजन उर्जा रियाक्यर हो। यो सन् २००६ देखि सञ्चालनमा आएको छ।

सुपरकन्डक्टिङ टोरोइडल र पोलोइडल चुम्बकको उपयोग गर्ने यो पहिलो टोकामक हो।

"एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ टोकामक" चीनको दोस्रो सुपरकन्डक्टिङ टोकामक हो।

यो परियोजनाको प्रस्ताव १९९६ मा गरिएको थियो र १९९८ मा स्वीकृत गरियो। २००३ को समय तालिका अनुसार,[] भवन र साइट २००३ भित्रमा निर्माण सकिनु थियो। २००३ देखि २००५ सम्म टोकामक जडानको काम गर्नु थियो।

२००६ मार्चमा निर्माण पूरा भयो र २००६ सेप्टेम्बर २८ मा, "पहिलो प्लाज्मा"को उपलब्धि हासिल भयो।[]

आधिकारिक प्रतिवेदन अनुसार, यो परियोजनाको बजेट ¥३० करोड चिनियाँ येन (करिब ३७ मिलियन अमेरिकी डलर) रहेको छ। यो अन्य देशमा रियाक्टर निर्माण खर्चको १/१५ देखि १/२० हिस्सा हो। []

२००६ सेप्टेम्बर २९ मा, पहिलो प्लाज्माको उपलब्धि हासिल भयो- यो पहिलो परिक्षण लगभग ३ सेकेन्ड आयम भयो र २०० किलो एम्पियरको विद्युतीय करेन्ट पैदा गर्यो।[]

२००७ जनवरीमा, रियाक्टरले पाँच सेकेन्डसम्म टिकेको प्लाज्मा उत्पन्न गर्यो र ५०० किलो एम्पियरको विद्युतीय करेन्ट उत्पादन भयो।"[]

२०११ मेमा, यो टोकामक ५ करोड केल्भिन तापक्रममा ३० सेकेन्ड सम्म प्लाज्मा स्थिर गराउने पहिल टोकामक बन्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]