सन् २०२२ फ्रान्सेली राष्ट्रपतीय निर्वाचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ फ्रान्सेली राष्ट्रपतीय निर्वाचन

← २०१७ १० अप्रिल २०२२ (पहिलो चरण)
२४ अप्रिल २०२२ (दोश्रो चरण)
२०२७ →
मत सर्वेक्षण
दर्तावाल मतदाता४८,७४७,८७६ (पहिलो चरण)[१]
४८,७५२,५०० (दोश्रो चरण)[१]
कुल मतदान७३.६९% (पहिलो चरण)[१]
७१.९९% (दोश्रो चरण)[१]
  Emmanuel Macron Marine Le Pen
नामाङ्कित एमानुएल माक्रोँ मरिन ले पेन
दल LREM RN
जम्मा मत १८,७७९,६४१ १३,२९७,७६०
प्रतिशत ५८.५% ४१.५%

पहिलो चरणमा क्षेत्र र विभाग द्वारा फ्रान्सेली राष्ट्रपति चुनाव परिणाम को नक्सा

दोस्रो राउन्डमा क्षेत्र र विभाग अनुसार फ्रान्सेली राष्ट्रपति चुनावको नतिजाको नक्सा

अघिल्लो निर्वाचनमा निर्वाचित राष्ट्रपति

एमानुएल माक्रोँ
LREM

निर्वाचित राष्ट्रपति

एमानुएल माक्रोँ
LREM

फ्रान्सको २०२२ को राष्ट्रपतीय निर्वाचनको पहिलो चरण १० अप्रिलमा भएको थियो। शीर्ष दुई उम्मेद्वारहरू बीचको दोस्रो चरणको चुनाव २०२२ अप्रिल २४ मा सम्पन्न भयो। यो चुनावमा ला रिपब्लिक एन मार्चे (LREM) बाट बाहालवाला राष्ट्रपति, इमानुएल म्याक्रोनले प्रतिद्वन्द्वी मारिन ले पेनलाई हराउंदै फ्रान्सको राष्ट्रपति निर्वाचित भएका थिए[२]म्याक्रोनले २०१७ को राष्ट्रपतीय निर्वाचन जितेका थिए र र पहिलो कार्याकाल २०२२ मे १३ सम्म रहनेछ,ले ३ मार्च २२२२ मा फ्रान्सको संविधान अनुसार दोस्रो पाँच वर्षको कार्यकालको लागि उम्मेदवारी को घोषणा गरे। दोस्रो चरणमा उनको प्रतिद्वन्द्वी मारिन ले पेन, नेसनल र्‍याली (आरएन) को नेता थिइन्, जसलाई उनले २०१७ मा पराजित गरेका थिए। [३] [४] [५]

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

निर्वाचनको आधिकारिक लोगो

फ्रान्सको संविधानको धारा ७ अन्तर्गत , गणतन्त्रको राष्ट्रपति दुई चरणको निर्वाचनमा पाँच वर्षका लागि निर्वाचित हुन्छ। यदि पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न सकेन भने, सबैभन्दा बढी मत प्राप्त गर्ने शीर्ष दुई उम्मेदवारहरू बीच दोस्रो चरणको निर्वाचन दुई हप्ता पछि हुन्छ। [६] फ्रान्सको संविधान अनुसार राष्ट्रपतिको पहिलो चरणको निर्वाचन वर्तमान पदाधिकारीको पाँच वर्षको कार्यकालको अन्त्यमा सत्ता हस्तान्तरण हुनुभन्दा २० देखि ३५ दिनको बीचमा हुनुपर्नेछ।

इमानुएल म्याक्रोनले २०१७ मे १४ मा पदभार ग्रहण गरेकाले , शक्तिको हस्तान्तरण १३ मे २०२२ मा हुने अपेक्षा गरिएको छ।

तदनुसार, राष्ट्रपति निर्वाचनको पहिलो चरणको निर्वाचन ८ र २३ अप्रिल २०२२ को बीचमा हुनेछ, पहिलो चरणको दुई हप्ता पछि दोस्रो चरणको निर्वाचन हुनेछ। [७] १३ जुलाई २०२१ मा, सरकारका प्रवक्ता गेब्रियल अटलले पहिलो राउन्डको लागि क्रमशः १० अप्रिल २०२२ र अन्तिम दोस्रो राउन्डको लागि २४ अप्रिल २०२२ मा चुनावको मिति घोषणा गरे। [८]

नतिजा[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Election présidentielle 2022", www.resultats-elections.interieur.gouv.fr, अन्तिम पहुँच २४ अप्रिल २०२२ 
  2. Clinch, Silvia Amaro,Matt (२०२२-०४-२४), "Macron beats far-right rival Le Pen in French presidential election", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०४-२४ 
  3. "Nerves for EU and NATO as Le Pen heads into second round clash with Macron", POLITICO (en-USमा), २०२२-०४-१०, मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१० 
  4. Corbet, Sylvie, Leicester, John (अप्रिल १०, २०२२), "In France, it's Macron vs. Le Pen, again, for presidency", Boston Globe, मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल १०, २०२२ 
  5. Cohen, Roger (२०२२-०४-१०), "Macron to Face Le Pen for President as French Gravitate Toward Extremes", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, मूलबाट १० अप्रिल २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०४-१० 
  6. "Constitution du 4 octobre 1958 – Article 7", Légifrance, मूलबाट ८ डिसेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 
  7. "Comment les dates de l'élection sont-elles choisies ?", Conseil constitutionnel présidentielle 2017, मूलबाट १२ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ डिसेम्बर २०१७ 
  8. "France to hold presidential election in April 2022 – spokesman", Reuters, १३ जुलाई २०२१, मूलबाट १५ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]