शीर्षस्तर क्षेत्राधिकार
स्वरूप
इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार (Top-level domain) या टी॰एल॰डी॰ इन्टरनेट को डोमेन नाम प्रणाली मा सबैभन्दा उच्चस्तरको डोमेन हो । यो इन्टरनेट ठेगानामा साधारणतया अन्तिममा राखिन्छ, जस्तोकि '.com' या '.edu'।[१] उदाहरणको लागि 'ne.wikipedia.org' मा '.org' उच्चतम डोमेन हो। ईन्टरनेट ठेगानाहरूलाई निर्धारित गर्ने अन्तरराष्ट्रिय निकाय आईक्यान (ICANN), ले अलग-अलग संस्थाहरूलाई तिनीहरूको इन्टरनेट शीर्षस्तर क्षेत्राधिकार को व्यवस्थापन गर्ने अधिकार दिने गर्दछ। '.np' डोमेनले त्यो वेवसाइट नेपालको हो भन्ने जनाउँछ। त्यसको व्यवस्थापन गर्ने अधिकार आइक्यानले नेपाल सरकारलाई दिईएको छ।
ईन्टरनेट शीर्षस्तर क्षेत्राधिकार टेलिफोनको एरिया कोड जस्तै कोड हो । सामान्यतया यो अङ्ग्रेजी अक्षरमा दिईन्छ। अन्य लिपिका अक्षरहरूमा पनि यसको प्रयोग गर्ने विषयमा छलफल जारी छ।
यो पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ Domain Name System Structure and Delegation, Request for Comments, Jon Postel, Network Working Group, Accessed 2011-02-07, ... This memo provides some information on the structure of the names in the Domain Name System (DNS), specifically the top-level domain names; and on the administration of domains ...
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा शीर्षस्तर क्षेत्राधिकार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।