सामग्रीमा जानुहोस्

मासेयो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मासेयो
मासेयो नगरपालिका
ईपीओका तट (माथिल्लो) र पाजूसारा तट (तल्लो)
मासेयोको झण्डा
मासेयोको प्रतीक चिह्न
उपनाम: 
"ब्राजिलियन क्यारेबियन"
Location of Maceió in the State of Alagoasको अवस्थिति
Location of Maceió in the State of Alagoas
निर्देशाङ्क: ९°३९′५७″द॰ ३५°४४′०६″प॰ / ९.६६५८३°S ३५.७३५००°W / -9.66583; -35.73500निर्देशाङ्कहरू: ९°३९′५७″द॰ ३५°४४′०६″प॰ / ९.६६५८३°S ३५.७३५००°W / -9.66583; -35.73500
Country Brazil
State Alagoas
MesoregionLeste Alagoano
MicroregionMaceió, Alagoas, Brasil
Founded५ डिसेम्बर १८१५
सरकार
 • मेयरजुआँ हेन्रीकी काल्दस (लिबेरल पार्टी)
क्षेत्रफल
 • जम्मा५११ किमी (१९७ वर्ग माइल)
उन्नतांश
७ मिटर (२३ फिट)
जनसङ्ख्या
 (२०२२)
 • जम्मा९५७.९१६[]
 • घनत्व१८८०.७७/किमी (४८७१.२/वर्ग माइल)
वासिन्दाMaceioense
समय क्षेत्रयुटिसी−३ (Brasilia Time)
Postal code
५७०००-००१ a ५७०९९-९९९
Area code+५५ ८२
HDI (२०१०)०.७२१ – high[]
वेबसाइटwww.maceio.al.gov.br

मासेयो (पोर्तुगीज उच्चारण: [masejˈjɔ]) ब्राजिलको अलागोआस राज्यको राजधानी र सबैभन्दा ठूलो शहर हो। "मासेयो" भन्ने नाम एउटा आदिवासी शब्द हो, जसको अर्थ पानीको स्रोत वा प्राकृतिक झरना हो।

अधिकांश मासेयो (प्राकृतिक झरना) समुद्रमा विलिन हुन पुग्छन् भने केही बीचमै कतै अल्झिएर/अड्किएर/फँसेर ताल बन्न पुग्छन्। ब्राजिलको यस स्थानमा यस्ता कैयौँ झरना र तालहरू छन् जसका कारण यस शहरको नाम नै मासेयो रहन गयो र राज्यको नाम अलागोआस नामाकरण गरियो। मासेयोमा एउटा नयाँ हवाई अड्डा पनि छ जसलाई ज़ुम्बी डस पामारेस अन्तर्राष्ट्रिय हवाई अड्डा भनिन्छ। यो हवाई अड्डाले शहरलाई ब्राजिलका कैयौँ स्थान र केही अन्तरराष्ट्रिय गन्तव्यहरूलाई समेत जोड्दछ। यस शहरमा अलागोआसको सङ्घीय विश्वविद्यालय पनि अवस्थित छ।

व्युत्पत्ति

[सम्पादन गर्नुहोस्]

"मासेयो" नाम टुपी भाषा(टुपी आफैँमा भाषा होइन अपितु भाषा परिवार हो)को "मासायो" वा "मासायोक" भन्ने शब्दबाट आएको हो जसको अर्थ "दलदललाई ढाक्ने" भन्ने हुन्छ। अउरेलियो शब्दकोशका अनुसार, "मासेयो" भन्नाले समुद्रको छेउमा रहेको अस्थायी ताललाई जनाउँछ, जुन सानो नदीको प्रवाह हुँदा बालुवाको बारले अवरुद्ध भइ बन्ने गर्छ। यो ताल ज्वारभाटाको बेला समुद्रसँग मिसिन्छ र मौसम, नदीको प्रवाह र चन्द्रचक्रको आधारमा परिवर्तन हुन्छ।

उन्नाइसौं शताब्दीका जहाजका प्रतिवेदनहरूमा, जसमा मासेयाबाट कपास ल्याउने जहाजहरूबारे उल्लेख गरिएको थियो, यो नामलाई प्रायः "माकायो" भनेर लेखिएको पाइन्थ्यो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. IBGE 2022
  2. "Archived copy", United Nations Development Programme (UNDP), मूलबाट जुलाई ८, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १, २०१३