मिखाइल बाकुनिन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिखाइल बाकुनिन

मिखाइल अलेक्सान्द्रोभिच बाकुनिन (सन् १८१४-१८७३) - रुसी क्रान्तिकारी, अराजकतावादका सिद्धान्तकार। उनले जर्मनीमा १८४८-१८४९ को क्रान्तिमा सक्रिय रूपले भाग लिएका थिए। इन्टरनेसनलको सदस्य रहेर उनले मार्क्स तथा एङ्गेल्सको विरोधमा फुटवादी क्रियाकलाप गर्ने गरेका थिए र अन्तर्राष्ट्रय मजदुर आन्दोलनको नेतृत्व आफ्नो हातमा केन्द्रित गर्न खोजेका थिए। सन् १८७२ मा उनी इन्टरनेसनलबाट निष्कासित गरिए। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलित रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१