राष्ट्रिय अनुसन्धान विभाग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
National Investigation Department
राष्ट्रिय अनुसन्धान विभाग
निकाय विवरण
गठनवि.सं २००८
अधिकार क्षेत्रनेपाल
प्रधान कार्यालयसिंहदरवार, काठमाण्डौ
निकाय कार्यकारी
  • हुतराज थापा,
    मुख्य अनुसन्धान निर्देशक
भगिनी निकायप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
वेबसाइटnidept.gov.np

राष्ट्रिय अनुसन्धान विभाग नेपालको संविधानमा व्यवस्था भए वमोजिम संघमा रहने गरी स्थापित इन्टेलिजेन्स संस्था हो । राष्ट्रिय हित एवं सुरक्षाका बारे आवश्यक खबर संकलन गर्ने र संकलित खबरहरुको अध्ययन, मुल्याङ्कन, बिश्लेषण र सम्पादन गरी सरकारलाई पूर्व जानकारी दिने उद्देश्यले स्थापित रहेको छ ।
नेपाल राज्यको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन एवं सम्वर्द्धन गर्नका निम्ति सरकारलाई आवश्यक पर्ने सबै प्रकारका सूचना उपलव्ध गराउने यो संगठनको जिम्मेवारी हो । राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका अतिरिक्त आर्थिक एवं वित्तीय अपराध, आतंकवाद, संगठित अपराधलगायतका अपराध, धर्म, सस्कृति, भाषा, समुदायवीचको सद्भावमा खलल पुर्‍याउने पक्षसंग सम्वन्धित सूचना संकलन पनि विभागको महत्वपूर्ण कार्यभार हो ।

हालसम्मका प्रमुखहरू[सम्पादन गर्नुहोस्]

  1. रोमबहादुर थापा
  2. पदमबहादुर शाह
  3. धुन्डीराज शर्मा
  4. हर्क बहादुर थापा
  5. रामप्रसाद श्रेष्ठ
  6. चन्दबहादुर राई
  7. लेखबहादुर पाण्डे
  8. विष्णुराज पन्त
  9. गोविन्दकर्म थापा
  10. हरिबाबु चौधरी
  11. देवीराम शर्मा
  12. धनसिंह कार्की
  13. अशोकदेव भट्ट
  14. मोतीबहादुर गुरुङ
  15. जितबहादुर केसी
  16. दिलीपराज रेग्मी
  17. गणेशप्रसाद अधिकारी
  18. यदुलाल खरेल
  19. हुतराज थापा


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]