भीम विराग
स्वरूप
भीम विराग (वि.सं. १९९१ - वि.सं. २०६८) नेपाली गीतकार हुन्। उनको खास नाम भीमबहादुर महर्जन हो।
जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म वि.सं. १९९१ माघ १५ गते माईस्थान, वीरगञ्जमा भएको हो। विराग पत्रकारका रूपमा पनि चिनिन्छन्। उनले आइ.ए. सम्म पढेका छन्। उनी आफ्ना लोकप्रिय कविता र गीतका लागि चिनिन्छन्।
कृति
[सम्पादन गर्नुहोस्]उनका प्रकाशित कृतिहरू
- दुखेको इन्द्रेनी (गीतसंग्रह, वि.सं. २०२०)
- अतृप्त स्पर्श (गीतसंग्रह, वि.सं. २०४३)
- तातो सुस्केरा (कविता सङ्ग्रह, वि.सं. २०३२)
- आठटुक्रे बादल (कथा सङ्ग्रह, २०३५)
- इन्द्रेणी (वि.सं. २०२५)
- भीम विरागका कविता (कवितासङ्ग्रह, वि.सं. २०५४)
- अज्ञात प्रारम्भ (खण्डकाव्य, वि.सं. २०५६)
- भीम विरागका गीत-गजल (वि.सं. २०५७)
- स्वरसम्राटको सम्झना (संस्मरण सङ्ग्रह, वि.सं. २०५७)
- मोहभंग (महाकाव्य, वि.सं. २०५९)
उनले नारायणी साप्ताहिक र बिगुल साप्ताहिक सम्पादन गरेका छन्।
उनका विभिन्न पत्रपत्रिकामा कविता, लेख, निबन्ध, कथा प्रकाशित छन्।
पुरस्कार/सम्मान
[सम्पादन गर्नुहोस्]- नारायणी अंचलस्तरीय कविता प्रतियोगिता (वि.सं. २०२३)मा प्रथम
- गोदबा चौथो (वि.सं. २०२७)
- छिन्नलता गीति पुरस्कार (वि.सं. २०४३)
- ज्ञानपूर्ण पुरस्कार (वि.सं. २०५४)
- मकवानपुर संगीत प्रतिभा पुरस्कार (वि.सं. २०५५)
- नारायणी वाङ्मय पुरस्कार (वि.सं. २०५५)
- लेखनाथ राष्ट्रिय प्रतिभा पुरस्कार
- गद्दी आरोहण रजत महोत्सव पदक
निधन
[सम्पादन गर्नुहोस्]उनको वि.सं. २०६८ फागुनमा निधन भयो।