ठेकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ठेकीमा मही पार्दै

ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो। यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दहि राख्ने काममा प्रयोग गरिन्छ। ठेकी सामान्यतया दार अथवा देवदारु नामको रूखको काठबाट बनाइन्छ। ठेकीमा मोही पार्न मदानीलाई काठको घुर्रोमा अड्याएर नेती नामको डोरीले दुईतिर तान्दै मदानीघुमाउने गरिन्छ। स्टिलको भाडामा जमाएको दही भन्दा काठको ठेकीमा जनाएको दही मिठो हुने र कम समयमानै नअमिल्लिने हुन्छ। आधुनिक प्रविधि भित्त्रिने क्रमसँगै ठेकीको प्रयोग घर-घरमा कम हुदै गएको छ। काठलाई खोपेर बनाइने ठेकी बनाउने पेशा पनि संकटमा पर्न थालेको छ। झापाको शनिस्चरेमा कुनैबेला ठेकीको मात्र बेग्लै बजार लाग्ने गर्दथ्यो। त्यस बजारमा हाटको २५ देखि ३० वटा ठेकी बिक्री हुन्थ्यो भने हाल त्यस बजारमा हाटको ४ देखि ५ वटा ठेकी मुस्किलले बिक्रि हुने गरेको छ।[१]



सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. गोरखापत्र,२०७० चैत १७ गते सोमबार

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]