जेट बोट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पंखा (propeller)को सट्टा पानीको मुस्लो (jet of water)ले पछाडिबाट धकेलेर गति लिने डुङा | नेपालको सप्त कोशी र नारायणी नदीमा पनि यो डुङाको प्रयोगको सुरुवात भएको छ | सर एडमण्ड हिलारीले सन् १९७७मा गङा नदीको तल्लो बिन्दु बाट मुहान सम्म जेट बोटबाट यात्रा ('Ocean to Sky')गरे पछि दक्षिण एसियामा यसको चर्चा खुबै चलेको थियो तर खर्चालु , कम भार बहन क्षमता(इन्जिनको तुलना मा), जटिल प्रविधिको कारण यसको प्रयोग यस क्षेत्रमा खासै बढन सकेन |

जेटबोट, न्युजिल्याण्ड मा

यो एक जनाले प्रयोग गर्न सकिने स्कूटर देखि १५० मिटर लामो (द.अफ्रिका) सम्म हुन्छ |

जेट बोटको सर्व प्रथम विल ह्यमिल्टन Sir William Hamiltonले सन् १९५४मा न्यूजिल्याण्ड्को ढुङ्गे जल खोचहरू जहा परम्परागत जहाज चलाउन गार्हो हुन्थ्यो , त्यस्तो जल क्षेत्रमा चलाउनको लागि विकास गरेका थिए |

अमेरिकि सेना (मरीन कोर)को प्रयोगात्मक जेट बोट
जलक्रिडामा प्रयोग हुने सानो जेटबोट (स्कूटर)
रग ‍रिभर, अरेगन्,अमेरिका


स्रोत[सम्पादन गर्नुहोस्]