ट्रमा सेन्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ट्रमा सेन्टर चोटपटकबाट मृत्युको मुखमा पुगेका घाइतेहरूलाई जीवन दिने ठाउँ हो। चिकित्सकहरूका अनुसार, रोग र चोटपटक फरक कुरा भएकाले यसका उपचार विधि, उपकरण र विशेषज्ञ पनि फरक हुन्छन्। दुर्घटना वा प्रकोपस्थलबाट सामान्य अस्पतालका आकस्मिक कक्षमा पुर्‍याइने घाइतेले आवश्यक सबै किसिमका विशेषज्ञ सेवा पाउँदैनन्। गम्भीर घाइतेलाई उचित ढङ्गले ट्रमा सेन्टर पुर्‍याउन सके चोटपटकका बिरामीहरू पहिलाकै अवस्थामा फर्किन र काम गर्न सक्छन्।