नारद पोखरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नारद पोखरी
गूगल अर्थबाट देखिएको नारद पोखरी
रहेको स्थानगोरखा जिल्ला
भौगोलिक निर्देशांक२८°२०′१२″N ८४°४३′०२″E / २८.३३६७१९२°N ८४.७१७२९२८°E / 28.3367192; 84.7172928निर्देशाङ्कहरू: २८°२०′१२″N ८४°४३′०२″E / २८.३३६७१९२°N ८४.७१७२९२८°E / 28.3367192; 84.7172928
अन्तर्वाहunknown
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाईकिलोमिटर
अधिकतम चौडाईकिलोमिटर
सतहको क्षेत्रफलवर्ग किलोमिटर
अधिक गहिराईमिटर
पानीको आयतनघन किलोमिटर
सतहको उचाई१३,५०० फिट (४,१०० मी)

नारद पोखरी गोरखा जिल्लामा अवस्थित पोखरी हो । प्रशिद्द गाउँ बार्पाकबाट करिब १९ किलोमिटर उत्तरमा बुद्ध हिमालको काखमा रहेको यो पोखरी १३,५०० फिट उचाईमा अवस्थित छ । यो पोखरीमा प्रत्येक वर्ष जनै पूर्णीमाका दिन ठूलो मेला लाग्ने गर्दछ ।

जनैपुर्णिमाको अवसरमा गोरखाको वारपाक गाउँ विकास समितिको माथिल्लो क्षेत्रमा पर्ने नारद पोखरीमा ठुलो मेला लाग्ने गर्छ । नारद पोखरी कुन गाविसमा पर्छ भन्ने विषयमा भने एकमत पाइदैन । वारपाक वासिले वारपाक गाविसको वडा नम्बर ४ मा पर्ने दावी गरेका छन्। भने केहीले उहिया गाविसमा पर्ने पनि बताएका छन् । यस विषयमा सरकारी निकायबाट स्पष्ट जानकारी आउन सकेको छैन । तर सो पोखरी जाने एकमात्र सजिलो बाटो वारपाक गाउँ भएर जाने नै हो । विभिन्न कारणले गाउँ छाडेका र वसाइ सरेर अन्यत्र गएकाहरु पनि जनैपुर्णिमाको बेला भने मेला भर्न आइपुग्छन् । जनैपुर्णिमामा पोखरीमा नुहाएमा विभिन्न छालाका रोगहरु दीर्घरोगहरु निको हुने र मागेको वर पाइने विश्वासले गोरखाको वारपाक लाप्राक सिम्जुङ मुच्चोक श्रीनाथकोट जौवारी स्वाँरा सौरपानी लगायतका गाविसबाट ४ सय भन्दा बढी तीर्थयात्रीहरु हरेक वर्ष पोखरीमा पुग्ने गर्छन् । साउन महिनामा जनैपुर्णिमा परेको वर्ष पोखरीमा नुहाउन जानेहरूको भीड अझै बढी हुन्छ । साउनमा पोखरी जाँदा लेक नलाग्ने विभिन्न मनमोहक फूलको दृश्य हेर्न पाइने हुनाले पनि मानिसहरु भदौ महिनामा भन्दा साउनमा जनैपुर्णमा परेको वर्ष धेरै जाने गर्छन् । जनैपुर्णिमाको अवसरमा पोखरी पुग्नेहरूले विहान नुहाइ धुवाइ गरी विशेष मन्त्रले पुजा गरिएको जनै र डोरो बाधेर पुजाआजा गरी भगवानसंग वर माग्ने गर्छन् । त्यहा गएर मागेको सबै बर पुरा हुने विश्वास समेत गरिन्छ । पोखरीमा तीर्तयात्रीहरु ५१ सालदेखि मात्रै जान थालेका हुन् । थोरै रूपमा मानिसहरु जाने आउने गरेपनि कसैले चासो देखाएका थिएनन् पछि सबैले जानुपर्छ भन्ने विश्वास गरे वारपाकका पुरबहादुर घलेले बताए । वारपाकीहरु सबै एक पटक नारद पोखरी पुग्ने गरेका छन् । घर कुर्ने र नावालक बाहेक सबै नुहाउन जान्छनू उनले भने । पोखरी क्षेत्रमा प्रायजसो तीर्थयात्रीहरु अघिल्लो दिन साँझनै पुगिसकेका हुन्छन् । अघिल्लो दिन पुगेकाहरु रातभर गीत गाएर रमाइलो गरी बस्छन् । वस्तीदेखि निकै टाढा रहेकाले सुत्ने ठाउँको अभाव पनि छ । त्यसैले जनैपुर्णिमाको अघिल्लो रात युवायुवतीहरु रातभर दोहोरी गाएर बस्छन् । नारद पोखरी निकै प्रसिद्ध तीर्थस्थल भएपनि प्रचार प्रसारको अभावमा पछाडी परेको वारपाक महिला समाजकी संयोजक दलकुमारी घलेले बताइन् । पोखरीको प्रचार प्रसारका लागि सकि्रय भइ लागि परेका महिलाहरूको टोली यसवर्ष नारद पोखरी पुगेको छ । उनीहरूले नारद पोखरीको यथार्थ कुरा वाहिर ल्याउन सकेमा दुधपोखरी गोसाइकुण्ड भन्दा नारद पोखरी कम महत्त्वको नभएको दावी गरेका छन् । नारद पोखरीको अर्को महत्त्वपुर्ण आकर्षण पोखरी जाने वाटोमा पाइने प्राकृतिक सुन्दरता हो । सो ठाउँमा विभिन्न मनमोहक र वास्नादार फूलहरु पाइन्छ । अन्य ठाउँमा नपाइने गोरखाली फूल पनि सो ठाउँमा देख्न सकिन्छ । अरु ठाउँमा नपाइने र गोरखामा मात्रै पाइने भएकाले पनि सो फूलको नाम गोरखाली फूल राखिएको स्थानियहरूले बताउँछन् । नारद पोखरी जाने समयनै जनैपुर्णिमाको बेला हो । उक्त समयमा वारपाकीहरूको भेडा नारद पोखरीको लेक वरपरनै चराउन लैजाने गरिन्छ । भेडीगोठ र विभिन्न चराचुरुङ्गीहरूको अवलोकन गर्दै नारद पोखरी पुग्न सकिने संयोजक घलेले बताइन् ।

नारद पोखरी जाने बाटो गोरखा सदरमुकामबाट नारद पोखरी ४ दिनमा पुग्न सकिन्छ । सदरमुकामबाट श्रीनाथकोटको भालुस्वाँरासम्म वसमा गएपछि विस्तारै हिडेर जाँदा पहिलोरात सिम्जुङको वालुवामा वास वस्न सकिन्छ । भोलीपल्ट विहानै उठेर हिडेपछि विभिन्न झरना र खोलाहरु हेर्दै खाना खान वारपाक गाविसकै वडा नम्बर २ मान्द्रेमा पुगिन्छ । त्यसपछिको एक घण्टाको पैदल यात्रामा वारपाक गाउँ पुगिन्छ । वारपाकीहरूको स्वागत सत्कार संगै गहुँको केक र मकैको सेलको स्वाद लिदै वारपाक वसेपछि तेश्रो दिन वास वस्न पैचे लेक पुगिन्छ । फुस्रद भएमा एकदिन बारपाक नै बस्नु राम्रो हुन्छ । त्यहाँको घले संस्कृति र गाउँका विभिन्न विशेषताले २/४ दिन वारपाकमा नै अलमलिन अफ्ठेरो हुने छैन । वारपाकदेखि माथि जाँदा खानेकुराहरु साथमै लिएर जानु राम्रो हुन्छ । चामल र तरकारीहरु लिएर गएमा भेडी गोठमा भेटिने गोठालाहरूले पनि खाना बनाउन सहयोग गरिदिन्छन् । चिसो मौसम र मानव वस्ती नभएकाले सुत्नको लागि आफैले आवश्यकता अनुसारको न्यानो कपडा लिएर जानु राम्रो हुन्छ । चौथो दिन विहान हिडेपछि समयमै पोखरी पुग्न सकिन्छ । पोखरीको छेउमा वारपाकीहरूले काठमाडौ लगायत देशका विभिन्न शहरमा मारुनी नाच देखाएर आर्जन गरेको पैसाले निर्माण गरेको एउटा भवन छ । त्यसमा आराम गर्न पनि पाइन्छ । तर धेरै तीर्थालुहरु भएको बेला समस्या पनि हुन्छ । नारद पोखरी पुग्न नसक्नेहरु बाटोमा रहेका साना पोखरीहरूमा नुहाएर पनि फर्कने गरेको स्थानियहरु बताउँछन् । बाटाको पोखरीमा नुहाउँदा पनि उत्तिकै पुण्य मिल्ने उनीहरूको भनाइ छ । सो ठाउँको प्रचारका लागि वारपाकी महिलाहरू सरकारी तथा गैह्र सरकारी सङ्घ संस्थाहरूको सहयोगको आश गरेका छन् । गोरखाको उत्कृष्ट पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने यो पोखरीको प्रचारमा सबैको ध्यान जाओस् ।