ह्यग्रिव भैरव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बुन्ङमतिमा मच्छिन्द्र बहालकै दक्षिण कुनामा दुईतल्ले ह्यग्रिव भैरवको मन्दिर छ। यो मन्दिर ने.सं. ७ सय ७०मा निर्माण भएको मानिन्छ। भनिन्छ मच्छिन्द्रनाथलाई नेपाल भित्र्याइसकेपछि ह्यग्रिव भैरवले नै बुङ्मतीमा विराजमान गराउन ठूलो भूमिका खेलेका थिए।

ह्यग्रिव भैरव बहालबाट ठीक विपरीत दिशाको गल्लीभित्र ह्यग्रिव भैरवकी अर्धाङ्गिनी मनकामनाको मन्दिर रहेको छ। मुननि चोकमा अवस्थित मनकामनाबारे अनेकन किम्बदन्ती छन्। बुङ्मतीका ह्यग्रिवभैरव गोर्खा मनकामना पुग्दा दुवैमा प्रेम सम्बन्ध बस्न पुगेछ र कुरा मिलाएर विवाह गरेछन्। त्यसपछि मनकामना त्यहीं बसेको र असली मनकामना यहीं भएको बताइन्छ। चारतल्ले मनकामना मन्दिरको माथि पेगोडाशैलीको एक स्तम्भ र चोकमा ने।सं। ८ सय २९मा स्थापित बुद्धचैत्य रहेको छ।

  • [१][dead link]:ह्यग्रिव भैरव र मनकामना