अक्टोपस
अक्टोपस सामयिक शृङ्खला: Early Pennsylvanian – Recent[१] | |
---|---|
![]() | |
The common octopus, Octopus vulgaris. | |
वैज्ञानिक वर्गीकरण ![]() | |
जगत: | जन्तु |
सङ्घ: | Mollusca |
वर्ग: | Cephalopoda |
Superorder: | Octopodiformes |
गण: | {{{1}}} |
Suborders | |
पर्याय | |
|
अक्टोपस (/[invalid input: 'icon']ˈɒktəpʊs/ or /[invalid input: 'icon']ˈɒktəpəs/) शंखेकीराको वर्ग मोलस्कामा पर्ने जनावर हो, यसको शारीरिक संरचना अचम्मको हुन्छ। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो। जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ। विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो, जसको तौला १५ किलो र खुट्टाको लम्बाई ४ मिटरभन्दा बढी छ। अक्टोपसका तीनवटा मुटु र आठ वटा हात नियन्त्रण गर्न ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन् र उनीहरू आफूभन्दा ठूला सामुदि्रक जीवको समेत सिकार गर्छन्।
सन् १९७०मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको स्नायुप्रणाली निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ। जीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑
This citation will be automatically completed in the next few minutes. You can jump the queue or expand by hand - ↑ ITIS Report: Octopoda Leach, 1818
- ↑ Helsinki.fi, Mikko's Phylogeny Archive: Coleoidea – Recent cephalopods
![]() |
विकिमिडिया कमन्समा अक्टोपस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |