सामग्रीमा जानुहोस्

अङ्ग्रेजी गृहयुद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अङ्ग्रेजी गृहयुद्ध

नासेबीको युद्ध, १४ जुन १६४५; संसदवादीको विजयले अंग्रेजी गृहयुद्धमा निर्णायक मोड लियो।
मितिAugust १६४२ देखि September १६५२
स्थान
परिणाम संसदवादी बीजय, चार्ल्स प्रथमलाई मृत्युदण्ड, इङ्गल्याण्डको राष्ट्रमंडलको स्थापना
योद्धा

राजावादी

  • अङ्ग्रेजी र वेल्श राजतन्त्रवादीहरू
  • Scots Covenanters (1649 to 1652)

संसदवादी

  • अंग्रेजी र वेल्श सांसदहरू
  • Scots Covenanters (1643 to 1647)
मृत्यु र क्षति
  • ५०,७०० मृत्यु
  • ८३,४६७ बन्दी [१]
  • ३४,१३० मृत्यु
  • ३२,८२३ बन्दी [१]
127,000 non-combat deaths (including some 40,000 civilians)[२]

अङ्ग्रेजी गृहयुद्ध १६४२ देखि १६५२ सम्म इङ्गल्यान्ड र वेल्समा राजावादी र सांसदहरू बीचको गृहयुद्धको शृंखलाको लागि प्रचलित शब्दावली हो। १६३९ देखि १६५३ युद्धमा, पहिलो अङ्ग्रेजी गृहयुद्ध, दोस्रो अङ्ग्रेजी गृहयुद्ध, र तेस्रो अङ्ग्रेजी गृहयुद्ध भए। तेस्रो गृहयुद्धलाई सामान्यतया एंग्लो-स्कटिश युद्ध (१६५०–१६५२) भनेर पनि चिनिन्छ, किनकि अधिकांश लडाइँ स्कटल्यान्डमा भएको थियो।

जबकि "इंग्ल्यान्ड र वेल्स", "स्कटल्यान्ड" र "आयरल्यान्ड" को तीन राज्यमा द्वन्द्व समानता थियो, प्रत्येकको आफ्नै विशिष्ट मुद्दा र उद्देश्यहरू थिए। पहिलो अङ्ग्रेजी गृहयुद्ध मुख्यतया संसद र राजा चार्ल्स प्रथम बीचको शक्तिको सङ्घर्षको लागि लडिएको थियो। जून १६४६ मा राजावादीको पराजय र राजा हिरासतमा लिए सँगै यो गृहयुद्ध समाप्त भयो।

त्यसपछि

[सम्पादन]

युद्ध पछि, इङ्गल्याण्ड, स्कटल्याण्ड र आयरल्याण्ड राजा नभएका युरोपका केही देशहरू मध्ये एक भए। इङ्गल्याण्डको राष्ट्रमंडलको गणतन्त्र सरकारले १६४९ देखि १६५३ र १६५९ देखि १६६० सम्म इङ्गल्याण्ड (र पछि सम्पूर्ण स्कटल्याण्ड र आयरल्याण्ड) मा शासन गर्‍यो। दुई अवधिहरू बीच, र संसदमा विभिन्न गुटहरू बीचको झगडाको कारण, ओलिभर क्रोमवेल (एक सैन्य तानाशाह) ले १६५८ मा आफ्नो मृत्यु नभएसम्म शासन गरे।[३]

ओलिभर क्रमवेलको मृत्युपछि, उनका छोरा रिचर्ड लर्ड प्रोटेक्टर बने, तर सेनालाई उनीमाथि थोरै विश्वास थियो।[४] सात महिना पछि सेनाले रिचर्डलाई हटायो। मे १६५९ मा यसले रम्प संसदलाई पुन: स्थापना गर्‍यो।[५] त्यसको केही समयपछि सेनाले यसलाई पनि विघटन गर्‍यो। रम्प संसदको दोस्रो विघटन पछि, अक्टोबर १६५९ मा, पूर्ण रूपमा अराजकतामा झर्ने सम्भावना देखियो।[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 Clodfelter, Micheal (२००२), Warfare and Armed Conflicts: A Statistical Reference to Casualty and Other Figures 1500–1999, McFarland & Co., पृ: ५२, आइएसबिएन 978-0-7864-1204-4।
  2. ↑ While it is notoriously difficult to determine the number of casualties in any war, it has been estimated that the conflict in England and Wales claimed about 85,000 lives in combat, with a further 127,000 noncombat deaths (including some 40,000 civilians) (EB staff 2016b).
  3. ↑ Harvnb & Sherwood 1997, पृष्ठ. 7–11.
  4. ↑ Keeble 2002, पृष्ठ 6.
  5. ↑ Keeble 2002, पृष्ठ 9.
  6. ↑ Keeble 2002, पृष्ठ 34.

यो पनि हेर्नुहोस्

[सम्पादन]