एकीकरणको कानुन १७०७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एकीकरणको कानुन ( स्कटिस गाइलिक: Achd an Aonaidh ) संसदका दुई ऐनहरू थिए: इङ्गल्याण्डको संसदले पारित गरेको स्कटल्याण्डसंग एकीकरणको कानुन १७०६ (Union with Scotland Act 1706) र स्कटल्याण्डको संसदले पारित गरेको इङ्गल्याण्डसँग एकीकरणको कानुन १७०७ (Union with England Act 1707)। दुई अधिनियमहरूद्वारा, इङ्गल्याण्डको अधिराज्य र स्कटल्याण्डको अधिराज्य  — जुन त्यस समयमा छुट्टाछुट्टै राज्य थिए, तर एउटै राजा गद्दीनसिन थिए  — " ग्रेट ब्रिटेनको नाममा एक राज्यमा एकीकरण " सन्धिका शब्दमा । [१]

इंलिस रानी एलिजाबेथ प्रथम पछी अङ्ग्रेजी सिंहासन स्कटल्याण्डका राजा जेम्स छैटौले प्राप्त गरे। त्यस समय यता दुवै देशमा एकै साझा राजा गद्दीनसिन थिए । यसलाई राजमुकुट एकीकरणको रूपमा वर्णन गरिएको छ, र जेम्सले दुवै देशाजो राज सिंहासन स्वीकार गरे तापनि, [२] इङ्गल्याण्ड र स्कटल्याण्ड आधिकारिक रूपमा १७०७ सम्म अलग राज्यहरू थिए । एकीकरणको कानुन भन्दा पहिले, दुई देशलाई एकताबद्ध गर्न तीन प्रयासहरू (१६०६, १६६७ र १६८९ मा) भएका थिए, तर यो १८ औं शताब्दीको प्रारम्भमा दुवै राजनीतिक शक्तिहरूले विचारलाई समर्थन गरेका थिएनन्। विभिन्न कारणले गर्दा पनि।

यो कानुन १ मे १७०७ मा लागू भयो। यस मितिमा, स्कटिश संसद र इंलिस संसदले ग्रेट ब्रिटेनको संसद गठन लन्डनको वेस्टमिन्स्टर दरबारमा भयो, जहाँ पहिले इंलिस संसद थियो । [३] यस विशिष्ट प्रक्रियालाई कहिलेकाहीँ स्कटल्याण्डमा "संसदको संघ" भनिन्छ। [४]

३०० औं वार्षिकोत्सव[सम्पादन गर्नुहोस्]

चित्र:2007£2union.jpg
£2 को सिक्का युनाइटेड किंगडममा 2007 मा एक्ट्स अफ युनियनको 300 औं वार्षिकोत्सवको सम्झनामा जारी गरिएको थियो।

संयुक्त अधिराज्यमा ३ मे २००७ मा स्कटिश संसदको आम चुनाव हुनुभन्दा दुई दिन अघि एकीकरणको ३०० औँ वार्षिकोत्सवको अवसरमा दुई पाउण्डको एउटा स्मारक सिक्का जारी गरिएको थियो [५]

स्कटिश सरकारले पुरातन र ऐतिहासिक स्मारकहरूमा शाही आयोगको नेतृत्वमा शिक्षा परियोजना, स्कटल्याण्डको राष्ट्रिय संग्रहालयमा संघ-सम्बन्धित वस्तुहरू र कागजातहरूको प्रदर्शनी र चित्रहरूको प्रदर्शनी सहित वर्षभरि धेरै स्मरणात्मक कार्यक्रमहरू आयोजना गर्यो। [६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Article I of the Treaty of Union
  2. "House of Commons Journal Volume 1: 31 March 1607", मूलबाट ३१ अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अक्टोबर २०२० 
  3. Act of Union 1707, Article 3
  4. "Glossary", archive2021.parliament.scot, २०१०-०५-२०, अन्तिम पहुँच २०२३-०१-१४ 
  5. House of Lords – Written answers, 6 November 2006, TheyWorkForYou.com
  6. Announced by the Scottish Culture Minister, Patricia Ferguson, 9 November 2006