अञ्जली सुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अञ्जली सुद
सुद सन् २०१८ मा
जन्मसन् १९८३
मिचिगन संयुक्त राज्य अमेरिका
राष्ट्रियताभारतीय
जातीयताभारतीय
कार्यकालसन् २००५ – हाल
कामदारभिमिओ
चिनारीको कारणभिमिओकी प्रमुख कार्यकारी अधिकृत

अञ्जली सुद [१][२] एक भारतीय अमेरिकी व्यवसायी महिला हुन् र विश्वको सबैभन्दा ठूलो अनलाइन विज्ञापन रहित श्रव्य दृश्य साझेदारी मञ्च भिमिओकि प्रमुख कार्यकारी अधिकृत हुन्। उनी भिमिओको अभिभावक कम्पनी आइएसीकी कुनैपनि ब्राण्डहरूका अधिकृत भन्दा सबैभन्दा कम उमेरकी प्रमुख कार्यकारी अधिकृत पनि हुन्। सुद जुलाई २०१७ मा यो पदमा नियुक्त गरिएकी थिइन्। उनले यस अघि कम्पनीको प्राथमिक व्यवसायको नेतृत्व गरेकी थिइन्।[३]

बाल्यकाल र शिक्षा[सम्पादन गर्नुहोस्]

सुद डेट्रोइट, मिचिगनमा जन्मिएका थिइन्। उनी भारतीय आप्रवासीकी छोरी हुन्।[१] उनी फ्लिण्ट, मिसिगनमा हुर्किएकी थिइन्। सन् १९९७ मा जब उनी १४ वर्षको थिइन्, उनले फ्लिण्ट छोडेकी थिइन् र मेसाचुसेट्समा अवस्थित फिलिप्स एण्डोभर एकेडेमीमा पढ्नका लागि गएकी थिइन्।[२]

सुदले सन् २००५ मा पेन्सलभेनियामा रहेको ह्वार्टन विश्वविद्यालयबाट वित्त र व्यवस्थापनमा स्नातक हासिल गरेकी थिइन्।[४] सन् २०११ मा उनले हर्भार्ड व्यापारीक विद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर हासिल गरेकी थिइन्।[५]

कार्यकाल[सम्पादन गर्नुहोस्]

सन् २००५ देखि २०१४ सम्म, सुदले सर्जेण्ट एड्भाईजर्स, टाइम वार्नर र अमेजन लगायतका कम्पनीमा वित्तीय माध्यम र ई-वाणिज्यको पद सम्हालेकि थिइन्।[५][६]

सन् २०१४ मा, आइएसीको सहायक कम्पनी भिमिओसँग विश्वव्यापी बजारशास्त्रकी प्रमुखको रूपमा आवद्ध भएकी थिइन्।[७][८] उनले पछि भिमिओको मुख्य व्यवसायको महाप्रबन्धकको रूपमा सेवा गरिन्, जहाँ उनले भिमिओमा, भिडियो वितरण, साझेदारी र मुद्रीकरणको सेवा प्रस्ताव गरिन्। यो पदमा रहँदा, सुदले यस श्रव्य दृश्य साझेदारी मञ्चमा विभिन्न प्रक्षेपण गरिन्, जसमा उनले भिमिओ व्यावसाय (बजार र ब्राण्डहरूको सदस्यता योजना), ३६० श्रव्य दृश्य समर्थन, र श्रव्य दृश्य सहयोग र समीक्षा उपकरणहरू पनि थपेकी थिइन्। [९] कम्पनीले यसको सामग्री सफ्टवेयर र श्रव्य दृश्य सृजनाकारहरूको लागि उपकरण प्रदान गर्न मूल सामग्रीमा लगानी गर्न आफ्नो रणनीति पुन: पेश गर्ने योजनाको घोषणा गरेसँग‌[१०] सुदलाई जुलाई २०१७ मा भिमिओको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको थियो। सेप्टेम्बर २०१७ मा, सुदले भिमिओले गरेको लाइभष्ट्रिमको अधिग्रहणको निरीक्षण गरेकी थिइन्।[११][१२]

सम्मान तथा पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

१) नोभेम्बर २०१७ मा, सुदलाई द हलीउड रिपोटर्सको नेक्स्ट जेनले ३५ वर्ष मुनिकालाई प्रदान गरिने पुरस्कारद्वारा उनलाई सम्मानित गरेको थियो। [१३]

२) मार्च २०१८ मा, क्रेन नामक एक अमेरिकी प्रकाशन संस्थाले सुदलाई ४० अन्डर ४० (४० वर्ष मुनि) द्वारा सम्मानित गरेको थियो।[१४][१५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ हाम, मेलोडि (नोभेम्बर ९, २०१७), "How Anjali Sud became Vimeo's CEO at 34 years old", याहु! वित्त, अन्तिम पहुँच २०१९-०१-३० 
  2. २.० २.१ माइकल्स, म्याथ्युज; फेलोनी, रिचार्ज (अप्रिल २०, २०१८), "A piece of advice from her father helped the CEO of Vimeo land the job at 34", बिजनेस इन्साइडर, अन्तिम पहुँच २०१९-०१-३० 
  3. लवर, रायन (जुलाई २०, २०१७), "Vimeo promotes Anjali Sud to CEO after canceling SVOD plans", टेक क्रञ्च, अन्तिम पहुँच २०१९-०१-३० [dead link]
  4. "Stories - Alumni - Harvard Business School", अलुम्नि, अन्तिम पहुँच २०१९-०१-३० 
  5. ५.० ५.१ "अञ्जली सुद", आइएसी डटकम, अन्तिम पहुँच २०१९-०१-३० 
  6. विनर-ब्रोनर, ड्यानिएफ (मे २५, २०१८), "Anjali Sud was rejected from dozens of investment banks. Now she's the CEO of Vimeo", सिएनएन मनि, अन्तिम पहुँच २०१९-०१-३० 
  7. "कार्यकारी प्रोफाइल: अञ्जली सुद", ब्लुमबर्ग, अन्तिम पहुँच २०१९-०१-३० 
  8. जिपकिन, निना (अगस्ट १०, २०१८), "After She Trusted Her Instincts and Pursued a Different Strategy, She Became CEO of Vimeo", Entrepreneur, अन्तिम पहुँच २०१९-०१-३० 
  9. जिनिहुस, एमी (सेप्टेम्बर १३, २०१६), "Vimeo launches Vimeo Business - a video hosting & marketing plan aimed at SMBs", मार्केटिङ ल्यान्ड, अन्तिम पहुँच २०१९-०१-३० 
  10. सवेर्स, पल (जनवरी १८, २०१७), "Vimeo rolls out tools that let reviewers provide time-coded feedback and notes on individual frames", भेञ्चर बिट, अन्तिम पहुँच २०१९-०१-३० 
  11. "IAC Q2 2017 Shareholder Letter", आइएसी डटकम, अगस्ट २, २०१७। 
  12. पेरेज, साराह (सेप्टेम्बर २६, २०१७), "Vimeo acquires Livestream, launches its own live video product", टेक क्रञ्च, अन्तिम पहुँच २०१९-०१-३० [dead link]
  13. रोज, लेसी; फोर्ड, रेबेका (नोभेम्बर ८, २०१७), "Next Gen 2017: Hollywood's Up-and-Coming Execs 35 and Under", द हलिउड रिपोर्टर - सञ्जली सुद, ३४, अन्तिम पहुँच २०१९-०१-३० 
  14. "40 Under 40: The Most Influential Young People in Business 2018", फर्च्युन, जुलाई १९, २०१८, अन्तिम पहुँच २०१९-०१-३० 
  15. गियानटासियो, डेभिड (जुलाई २२, २०१८), "Adweek's 2018 Power List: 100 Cutting-Edge CEOs in Marketing, Media, Branding and Tech", एड्विक, अन्तिम पहुँच २०१९-०१-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]