अनारकली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनारकलीको काल्पनिक तस्विर

अनारकली (उर्दु: انارکلی (सहमुखी); अनारकली ) (अनारको फूल) विभिन्न किम्बदन्तिहरूमा वर्णित यिनी हाल पाकिस्तानमा रहेको पन्जाब प्रान्तको लाहोरकी एक दासी थिइन । हिन्दी चलचित्र मुगल-ए-आजममा दर्शाइए अनुसार मुगल साम्राज्यको समयमा उनलाई अकबरले आफ्नो छोरा नुरुद्दिन सलिम(जो पछि गएर जहाँगिरको नामले प्रख्यात भए)संग अनैतिक सम्बन्ध बनाएको आरोप लगाएर पर्खालमा जिउँदै गाड्न लगाएका थिए ।