अन्री मटिस
स्वरूप
अन्री मटिस | |
---|---|
![]() Matisse in 1913 | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | Henri Émile Benoît Matisse |
जन्म | Le Cateau-Cambrésis, France | ३१ डिसेम्बर १८६९
मृत्यु | ३ नोभेम्बर १९५४ Nice, France | (उमेर ८४)
अन्री मटिस फ्रान्सका एक महान चित्रकार थिए। अन्री मटिसको जन्म फ्रान्सको के लेकेतू प्रान्तमा भएको थियो। उनका पिता अन्नका व्यापारी थिए र उनी अन्री मटिसलाई कानूनी शिक्षा दिलाउन चाहन्थे। तर मटिस भने लुकीचोरी पेन्टिङ् गर्ने गर्थे। केही समयपछि मटिसले वकिलको मुन्सी भएर काम गरे। जब मटिसका पितालाई मटिसको कलाप्रतिको रूचीका बारेमा थाहा भयो तब उनले मटिसलाई कला सम्बन्धी विविध शिक्षा प्राप्त गर्नका लागि मोरोंको चित्रशालामा भर्ना गराए। प्रारम्भिक रूपमा मटिसको झुकाव फाववाद तर्फ भएपनि पछि उनको ध्यान भिन्सेन्ट भान हअका चित्रतर्फ गयो र उनैबाट प्रभावित भइ पेन्टिङ् गर्न थाले।