अरबी ब्वाँसो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अरबी ब्वाँसो
वैज्ञानिक वर्गीकरण e
जगत: जन्तु
सङ्घ: हाड भएका
वर्ग: स्तनधारी प्राणी
गण: मांसहारी
परिवार: Canidae
वंश: Canis
प्रजाति: C. lupus
उपप्रजाति: C. l. arabs
त्रिपद नाम
Canis lupus arabs
Pocock, १९३४
अरबी ब्वाँसोको बासस्थान दायरा

अरबी ब्वाँसो अरिबी प्रायद्विपमा बसोबास गर्ने खैरो प्रजातिको ब्वाँसोको उप प्रजाति हो। यस प्रजातिका ब्वाँसोहरू मरुभूमि क्षेत्रमा पनि बाँच्न सक्छन् भने यी प्राणीहरू मांशाहारी हुन्छन्। यी ब्वाँसोहरू सानो समूहमा बसोबास गर्छन्। यस प्रजातिको ब्वाँसोले मध्य जनावर तथा सरिसृपको सिकार गर्ने गर्दछ।[१] यी ब्वाँसोहरू हाल सानो समूहमा दक्षिणी इजरायल, दक्षिणी र पश्चिमी इराक, अोमान, जोर्डन साउदी अरब, अोमन, यमन र मिश्रका केही जङ्गल क्षेत्रमा पनि भेटिएका छन्।

शारीरिक विवरण[सम्पादन गर्ने]

Arabian Wolf Al Ain Zoo 1 leicht verbessert.jpg

अरबी ब्वाँसो खैरो ब्वाँसो प्रजातिको एक सानो ब्वाँसको हो जसको अौसत लम्बाइ २५-२६ इञ्च (६४-६६ सेमी) हुन्छ भने यसको तौल अौसतमा ४५ पाउण्ड (२०.४१ किलोग्राम) हुन्छ।[२] खैरो ब्वाँसो प्रजातिका अन्य ब्वाँसोको तुलनामा यसको कान सामान्यतया अलिक लामो हुन्छ।[३] यो जीव प्रायः गर्मी क्षेत्रमा बस्ने भएकाले यसको शरीरमा बाक्लो भुत्लाहरू हुँदैनन्। यी ब्वाँसोहरू प्राय सानो समूहमा बसोबास गर्छन् भने सिकार गर्ने क्रममा ३ देखि चार ब्वाँसोहरू संलग्न हुन्छन्।[४] भारतीय ब्वाँसोको जस्तै यी ब्वाँसोको पनि छोटो भुत्ला हुन्छ। अरबी ब्वाँसो अन्य ब्वाँसो प्रजातिको जस्तै भुक्ने तथा कराउने गर्दछ, यद्यपि यसले विरलै यस्तो आवाज निकाल्छ। यस प्रजातिका ब्वाँसोहरू मरुभूमि जस्तो सुख्खा क्षेत्रमा पनि बाँच्न सक्दछन्।[५] भारतीय ब्वाँसो र अरबी ब्वाँसको हेर्दा खेरी एउटै देखिने गर्छन् तर यस ब्वाँसोक‍ शरीर रङ्ग द्वारा भारतीय ब्वाँसो र अरब ब्वाँसोलाई छुट्याउन सकिन्छ।[६][७] यस प्रजातिको ब्वाँसोको ठूलो टाउको शक्तिशाली बङ्गारा, हड्डी-चपाउने दाँत, र लामो कुकुर दाँत हुन्छ। यस ब्वाँसोको कान छोटो तथा त्रिकोणीय आकारको हुन्छन् भने यसको घाँटीको भागमा बाक्लो भुत्लाहरू हुन्छन्। यस ब्वाँसोको केही उपप्रजाति चिसो मौसममा बस्ने भएकाले ती प्रजातिको बाक्लो भुत्ला हुन्छ।[८] यी ब्वाँसोहरू एक क्षेत्रदेखि अर्कोमा बासस्थान क्षेत्रमा बस्नो ब्वाँसोको आकारमा ठूलो भिन्न पाइन्छ। यस प्रजातिको ब्वाँसोको प्राय भाले जाति पोथी भन्दा अलिक ठूलो देखिन्छ।[९] अरबी ब्वाँसो यूरोपेली र उत्तर अमेरिकी ब्वाँसो भन्दा हल्का सानो हुन्छ यद्यपि आकारमा ठूलो भिन्नता भने रहेको हुँदैन। यी ब्वाँसोहरू भारतीय ब्वाँसो भन्दा हल्का ठूलो हुन्छन्।

आहारा[सम्पादन गर्ने]

Canis lupus arabs head front.JPG

अरबी ब्वाँसाहरू मुख्यत: मांसाहारी हुन्छन् तर कहिलेकाँही यीनिहरू सर्वपक्षी पनि हुन सक्छन्।[१०] यी ब्वाँसोहरू सिकारको अभावका कारण मानव द्वारा गरिएको फोहर तथा अधिक उत्पादनमा निर्भर हुन्छन्। यस प्रजातिको ब्वाँसोले मुख्यतया साना जीव जस्तै खरायो, ठूलो मुसा, बिरालो, हरिनको पाठो लगाएको सिकार गर्ने गर्छन् भने कहिलेकाँही यीनिहरूले माछा, चिप्लेकीरा तथा सानो प्रजातिको बाँदरको पनि सिकार गर्ने गर्दछ।[११] यी ब्वाँसोहरूले कहिलेकाँही मानव बस्तीमा प्रवेश गरि घरपालुवा जनावर जस्तै; बाख्रा, भेडाको पनि सिकार गर्छन् जसकारण मानिसहरूले यी ब्वाँसोहरूलाई गोली हान्ने, पासो थाप्ने तथा बिष पनि दिने गरेका छन् जसकारण यसको मृत्यु हुने गरेको छ।[१२]

संरक्षण स्थित तथा बासस्थान[सम्पादन गर्ने]

यी ब्वाँसोहरू हाल सानो समूहमा दक्षिणी इजरायल, दक्षिणी र पश्चिमी इराक, अोमान, जोर्डन साउदी अरब, अोमन, यमन र मिश्रका केही जङ्गल क्षेत्रमा पनि भेटिएका छन्।[१३] यस प्रजातिको ब्वाँसोको बासस्थान दायरा भित्रै मानव बस्ती तथा मानवको आतङ्कका कारण यीनिहरूको बासस्थान दायरा सिमित बन्न पुगेको छ। अोमानमा यस प्रजातिको ब्वाँसोलाई सिकार गर्नबाट रोक लगाएपछि यसको सङ्ख्या अोमानमा वृद्धि भएको छ जसकारण यी ब्वाँसोहरू अाफ्नो पूर्व बासस्थान दायरामा फैलिँदै गएका छन्।[१४] इजरायलको नेगभ र अारभामा यस प्रजातिको ब्वाँसोको सङ्ख्या १०० देखि १५० रहेको छ।[१५] संयुक्त अरब इमिरेट्स र इजिप्टमा यस प्रजातिको ब्वाँसोको सङ्ख्या वृद्धि गर्नका लागि विभिन्न स्थानहरूमा प्रजनन स्थलहरू खोलिएका छन् भने अोमान र इजरायलमा पनि यी ब्वाँसोहरूलाई सुरक्षा दिइएको छ।[१६] साउदी अरबमा पनि यी ब्वाँसोहरूलाई सुरक्षा दिइएको छ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Hefner, R.; Geffen, E. (१९९९), "Group Size and Home Range of the Arabian Wolf (Canis lupus) in Southern Israel", Journal of Mammalogy 80 (2): 611–619, आइएसएसएन 1545-1542, जेएसटिओआर 1383305, डिओआई:10.2307/1383305 
  2. Pocock, R.I. (1934). "LXVI.—Preliminary diagnoses of some new races of South Arabian mammals". Journal of Natural History Series 10. 14 (84): 635. doi:10.1080/00222933408654939.
  3. Bray, Timothy C.; Mohammed, Osama Badri; Butynski, Thomas M.; Wronski, Torsten; Sandouka, Mohamed Abdelkader; Alagaili, Abdulaziz Nasser (२०१४), "Genetic variation and subspecific status of the grey wolf (Canis lupus) in Saudi Arabia", Mammalian Biology - Zeitschrift für Säugetierkunde 79 (6): 409–413, आइएसएसएन 1616-5047, डिओआई:10.1016/j.mambio.2014.06.005 
  4. T. K. Fuller (२००४), Wolves of the World, Voyageur Press, आइएसबिएन 978-0-89658-640-6 
  5. Mills, Clarence A. (१९४५), "INFLUENCE OF ENVIRONMENTAL TEMPERATURES ON WARM-BLOODED ANIMALS", Annals of the New York Academy of Sciences 46 (1 Animal Colony): 97–105, आइएसएसएन 0077-8923, डिओआई:10.1111/j.1749-6632.1945.tb36162.x 
  6. Natural Emirates: Wildlife and Environment of the United Arab Emirates, Trident Press Ltd., १९९६, पृ: 219–, आइएसबिएन 978-1-900724-02-9 
  7. Hefner, R.; Geffen, E. (1999). "Group Size and Home Range of the Arabian Wolf (Canis lupus) in Southern Israel". Journal of Mammalogy. 80 (2): 611–619. ISSN 1545-1542. doi:10.2307/1383305.
  8. Pocock, R. I. (१९३५), "The Races of Canis lupus.", Proceedings of the Zoological Society of London 105 (3): 647–686, आइएसएसएन 0370-2774, डिओआई:10.1111/j.1096-3642.1935.tb01687.x 
  9. Walter W. Ferguson; Susan Menache (२००२), The Mammals of Israel, BERTRAMS p. 73, आइएसबिएन 978-965-229-278-0 
  10. Heinrich Mendelssohn; Y. Yom-Tov (१९९९), Mammalia of Israel, Israel Academy of Sciences and Humanities, आइएसबिएन 978-965-208-145-2  PG. 186
  11. http://nwrc.gov.sa/NWRC_ARB/mzyd_files/1-1994-005.pdf Biquand, S., V. Urios, A. Baoug, C. Vila, J. Castroviejo, and I. Nader. 1994. Fishes as diet of a wolf (Canis lupus arabs) in Saudi Arabia. Mammalia 58 (3):492–494.
  12. "Archived copy", मूलबाट २०१६-०८-२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०८-२८ 
  13. Cohen, Orly; Barocas, Adi; Geffen, Eli (२०१३), "Conflicting management policies for the Arabian wolf Canis lupus arabs in the Negev Desert: is this justified?", Oryx 47 (2): 228–236, आइएसएसएन 0030-6053, डिओआई:10.1017/S0030605311001797 
  14. http://journals.tubitak.gov.tr/zoology/issues/zoo-01-25-1/zoo-25-1-3-9909-8.pdf
  15. Gecchele, Lisa V.; Bremner-Harrison, Samantha; Gilbert, Francis; Soultan, Alaaeldin; Davison, Angus; Durrant, Kate L. (२०१७), "A pilot study to survey the carnivore community in the hyper-arid environment of South Sinai mountains", Journal of Arid Environments 141: 16–24, आइएसएसएन 0140-1963, डिओआई:10.1016/j.jaridenv.2017.01.009 
  16. http://www.middleeasteye.net/in-depth/features/conservation-conflict-isis-advancement-and-arabian-wolf-811485183

बाह्य सूत्रहरू[सम्पादन गर्ने]