अर्न्तराष्ट्रिय व्यापार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आफ्नो देशका लागि आवश्यक पर्ने सबै वस्तु तथा सेवाहरू आफ्नो देशमा नै उत्पादन गर्न नसक्दा कुनै पनि देशले अर्को देशबाट परिपूर्ति गर्नुपर्दछ । आफ्नो देशले उत्पादन गरेका वस्तु तथा सेवाहरू अर्को देशमा निर्यात गर्ने र आफूले उत्पादन गर्न नसकेका वस्तु तथा सेवाहरू अर्को देशबाट आयात गर्ने गरिन्छ । यसरी विभिन्न देशहरू बीच वा फरक देशका नागरिकहरू बीच वस्तु तथा सेवाहरूको कारोबार भैरहेको हुन्छ । यसरी निरन्तर अन्तर्राष्ट्रिय स्तरमा भैरहने वस्तु तथा सेवाहरूको करोवारलाई अन्तर्राष्ट्रिय व्यापार भनिन्छ । अन्तर्राष्ट्रिय व्यवसाय भन्नाले एउटा नागरिक वा कम्पनी वा फर्मले विदेशमा व्यापार गर्ने वा लगानि गर्ने कार्यलाई बुझ्नुपर्दछ ।आधुनिक विश्वमा अन्तर्राष्ट्रिय व्यवसायको दायरा बढ्दै छ । अन्तर्राष्ट्रिय व्यवसायको दुई महत्वपुर्ण पक्षहरु छन् । (क) पहिलो पक्ष हो व्यावसायिक कारोबारले अन्तर्राष्ट्रिय सीमाना पार (Transaction cross the international border) गर्दछ किनकि यसमा कारोबारहरु एक देशभित्र होइन दुई वा धेरै देशका व्यावसायिहरुबिच हुन्छन् । (ख) दोस्रो पक्ष के हो भने यसमा हुने कारोबारको भुक्तानी धेरैजसो विदेशी मुद्रा (Payments are in foreign currency ) मा गरिन्छ।