सामग्रीमा जानुहोस्

अलेक्जान्डर पुस्किन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अलेक्जान्डर पुस्किन
ओरेस्ट किप्रेन्स्की द्वारा बनाइएको चित्र, १८२७
ओरेस्ट किप्रेन्स्की द्वारा बनाइएको चित्र, १८२७
मूल नाम
Александр Пушкин
जन्म(१७९९-०६-०६)६ जुन १७९९
मस्को, रूस
मृत्यु१० फेब्रुअरी १८३७(1837-02-10) (उमेर ३७)
सेन्ट पिटर्सबर्ग, रूस
पेशा
  • कवि
  • उपन्यासकार
  • नाटककार
भाषारूसी, फ्रेन्च
अल्मा मेटरत्सार्स्कोये सेलो लित्सेय
अवधिरूसी कविताको स्वर्ण युग
विधा
  • उपन्यास
  • पद्य उपन्यास
  • कविता
  • नाटक
  • लघुकथा
  • परी कथाहरू
साहित्यिक आन्दोलन
उल्लेखनीय कार्यहरू
जीवनसाथी
बच्चाहरू

हस्ताक्षर

६ जुन १७९९ मा रुसको मस्कोमा सम्भ्रान्त परिवारमा जन्मिएका पुस्किनलाई रुसी साहित्यका आदिकवि पनि भनिन्छ। साहित्यका विभिन्न विधाहरूमा उत्तिकै कलम चलाएका पुस्किनलाई रुस बाहिर भने विशेषत उनका प्रेम गीत (कविता)हरूका कारण चिनिन्छ। त्यसमाथि उनको जीवनी पढ्ने जो कोहि पनि उनीसँग प्रभावित नभइ रहन सक्दैन। ३७ वर्ष को कलिलो उमेरमा (१० फेब्रुवरी १८३७) मृत भएका घटनालाई रुसीहरू समान रूपमा रुसी साहित्य माथिको वज्रपातको रूपमा लिन्छन्। कवि, नाटककार, उपन्यासकार तथा कथाकार पुस्किनले आधुनिक रुसी साहित्यको जग बसाले। 'इभगेनी आनेगिन', 'जिप्सी', 'द क्याप्टेन्स डटर', 'बोरिस गुडुनभ' 'रूस्लान एन्ड लुदमिला' उनका चर्चित कृति हुन्। पुस्किनले आफ्नो छोटो समयमा २९ वटा द्वन्द युद्ध लडेका थिए।

उनले शाही परिवारका छोरा-छोरीले मात्रै अध्ययन गर्ने पिटर्सवर्गको महँगो विद्यालय पढे। पछि तत्कालीन जार शासकका परराष्ट्र मन्त्रालयमा जागिरे पनि भए। तर १४ वर्षको उमेरमा समालोचकहरूलाई चकित तुल्याउने गरी कविता लेख्ने यिनी प्रजातन्त्रको पक्षमा होमिए। उनका थुप्रै कविता साइबेरियामा निर्वासित प्रजातन्त्रवादीप्रति समर्पित छन्। तत्कालीन रुसी निरङ्कुश सत्ताविरोधी साहित्य लेख्ने क्रान्तिकारी कविका रूपमा प्रख्यात उनलाई प्रजातन्त्रवादीको आरोपमा साइबेरियामा निर्वासित पनि गरिएको थियो । जारले त उनलाई शाही दरबारमा तल्लो दर्जाको उपाधि दिएर अपमानजनक व्यवहार नै गरेका थिए। ३० वर्षको उमेरमा पुस्किनले छोटो परिचय पछि नै गान्छारुभा (Nataliya Nikolaevna Pushkina-Lanskaya) सँग मोहित भइ विवाह गरे। गान्छारुभा यति सुन्दरी थिइन् कि दरबारका सैन्य अधिकृतहरू उनलाई पाउने षड्यन्त्रमा जुटे। सुन्दरीमाथि जो कोहीले पनि 'द्वन्द्व-युद्ध' मा दाबी गरेर जित्न पाइने जारकालीन त्यो समयमा संवेदनशील पुस्किन पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा ढले, जतिबेला उनी ३७ वर्ष मात्रका थिए र यो उनको २९ औँ 'द्वन्द्व-युद्ध' थियो। पुस्किन ढलेकै स्थानबाट अर्का कवि लेमेन्तोभले विद्रोही कविता लेखे। 'कविको मृत्युमा' शिर्षकको उक्त कविता लेखेवापत उनी पनि निर्वासित भए र २८ वर्षको कलिलो उमेरमा उनी समेत सुन्दरी पत्नीकै अघिल्तिर 'द्वन्द्व-युद्ध' मा मारिए ।

मृत्यु को समय मा उनी यति प्रख्यात र लोकप्रिय थिए कि उनको शवयात्रालाई प्रशासनले अघोषित रुपमा प्रतिबन्ध लगाई नातेदार र मित्रहरू बाहेक अरू सहभागि नै हुन नपाउने गरी व्यवस्था गर्न वाध्य पार्यो।



कविता भिक्टोरियाको गीत

  1. Weststeijn, Willem G. (२००४), "Pushkin between Classicism, Romanticism and Realism", Two Hundred Years of Pushkin, Volume III, पृ: 47–56, आइएसबिएन 978-90-04-48405-4, डिओआई:10.1163/9789004484054_007