अल्सरेटिभ कोलाइटिस
स्वरूप
अल्सरेटिभ कोलाइटिस | |
---|---|
अल्सरेटिभ कोलाइटिस लागेको ठूलोआन्द्राको कोलोनोस्कोपी गर्दाको तस्वीर | |
विशिष्टता | ग्यास्ट्रोएन्टेरोलजी |
लक्षणहरू | पेट दुख्ने, रगत मिसिएको पखाला हुने, तौल घट्ने, ज्वरो र रक्तअल्पता [१] निर्जलीयता, खाना खान मन नलाग्ने, थकान, छालामा घाउ पैदा हुने, दिसा लागे जस्तो भइरहने, दिसा लागे पनि दिसा गर्न गारो हुने, मलाशय दुख्ने[२] |
देखापर्ने समय | १५–३० वर्ष वा ६० वर्षपछि [१] |
अवधि | लामो अवधिको[१] |
कारक | अज्ञात [१] |
पहिचान | बायोप्सीसहितको कोलोनोस्कोपी [१] |
समान रोगहरू | आउँ, क्रोन्स डिजिज, इसकेमिक कोलाइटिस[३] |
उपचार | खाना परिवर्तन, औषधी, सल्यकृया[१] |
औषधि | सल्फासालाजाइन, मेसालाजाइन, स्टेरोइड, इम्युनोसप्रेसान्ट [१] |
बारम्बारता | २-२९९ प्रति १,००,००० [४] |
मृत्यु | क्रोन्स डिजिजसहित ४७,४००(२०१५) [५] |
अल्सरेटिभ कोलाइटिस मानिसको ठूलोआन्द्रा र मलाशयमा देखापर्ने एक दीर्घकालीन स्वास्थ्य समस्या हो। यसले ठूलोआन्द्रा र मलाशयमा इन्फ्लामेसन (सुजन) तथा अल्सर पैदा गर्दछ।[१][६] अल्सरेटिभ कोलाइटिस भएपछि मुख्यतया पेट दुख्ने र रगत मिसिएको पखाला हुने हुन्छ।[१] त्यस्तै तौल घट्ने, ज्वरो र रक्तअल्पता पनि हुन सक्छ। प्राय जसो अल्सरेटिभ कोलाइटिसका लक्षणहरू बिस्तारै आउँछन् र हल्कादेखि गम्भीर हुन सक्छन्।[१]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.०० १.०१ १.०२ १.०३ १.०४ १.०५ १.०६ १.०७ १.०८ १.०९ "Ulcerative Colitis", NIDDK, सेप्टेम्बर २०१४, अन्तिम पहुँच ३ अगस्ट २०१६।
- ↑ "Ulcerative Colitis", Autoimmune Registry Inc., अन्तिम पहुँच १५ जुन २०२२।[स्थायी मृत कडी]
- ↑ Netter's Internal Medicine E-Book (अङ्ग्रेजीमा), Elsevier Health Sciences, २००८, पृ: ४२८, आइएसबिएन 9781437727722।
- ↑ "Increasing incidence and prevalence of the inflammatory bowel diseases with time, based on systematic review", Gastroenterology 142 (1): 46–54.e42; quiz e30, जनवरी २०१२, डिओआई:10.1053/j.gastro.2011.10.001, पिएमआइडी 22001864।
- ↑ Wang, Haidong et al. (अक्टोबर २०१६), "Global, regional, and national life expectancy, all-cause mortality, and cause-specific mortality for 249 causes of death, 1980-2015: a systematic analysis for the Global Burden of Disease Study 2015", Lancet 388 (10053): 1459–1544, डिओआई:10.1016/s0140-6736(16)31012-1, पिएमआइडी 27733281, पिएमसी 5388903।
- ↑ "Ulcerative colitis", BMJ 346: f432, फेब्रुअरी २०१३, डिओआई:10.1136/bmj.f432, पिएमआइडी 23386404।
विकिमिडिया कमन्समा अल्सरेटिभ कोलाइटिस सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।