सामग्रीमा जानुहोस्

अश्लील चलचित्रका कलाकार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अश्लील चलचित्रका कलाकार
अश्लील चलचित्र अभिनेत्रीहरू:राइली स्टिल, स्टोया, बिबी जोन्स, केडेन क्रस र जेस्सी जेन
पेशा
नामअश्लील चलचित्र अभिनेता/अभिनेत्री, पोर्न स्टार
क्रियाकलाप क्षेत्र
मनोरन्जन/अश्लील चलचित्र क्षेत्र
विवरण
दक्षताक्यामरा अगाडि याैन क्रिया गर्न सक्षम
रोजगारीको
क्षेत्र
चलचित्र
सम्बन्धित कार्य
कलाकार

अश्लील चलचित्रका पात्र (पोर्न स्टार) भन्नाले त्यस्ता व्यक्ति भन्ने बुझ्नुपर्दछ जसले अश्लील चलचित्रमा विभिन्न किरदारहरू निभाउने गर्दछन् । त्यस्ता चलचित्र विभिन्न किसिम/शैलीका हुन्छन् जसको मुख्य लक्ष्य अवलोकनकर्तालाई यौन आनन्द प्रदान गर्नु हुन्छ । तोकिएको भूमिकाका लागि कलाकारको चयन गर्दा कलाकारले उक्त फेन्टासी कतिको सक्षमता साथ गर्न सक्छ भन्ने कुरा हेरिन्छ । अश्लील चलचित्रको गुण वर्णन गर्ने दुई शब्द छन् - 'हार्डकोर' र 'सफ्टकोर' । सफ्टकोर भिडियोमा यौनसम्पर्क गर्दै गरेको दखाइँदैन तर विपरित लिङ्गीहरूको शारीरिक अङ्गहरूको माड-मर्दन गर्दै गरेको भने देखाइन्छ । हार्डकोर भिडियोमा यौनसम्पर्क तथा यौनाङ्ग खेलाएका दृश्यहरू अवलोकनकर्ता लाइ हस्तमैथुन नै गर्नसम्म तुल्याउने गरिको बनाइएको हुन्छ । यस्ता चलचित्रका शैली (जेनर) माग अनुसार निर्धारण गरिन्छ । अधिकांश कलाकार विशेष genre का पारखी हुन्छन् , जस्तै 'गे सेक्स (दुइ पुरूष बीचमा हुने शारीरिक सम्पर्क)', 'एनल सेक्स (गुद्दद्वार सम्बन्धी)', लेस्बियन सेक्स (दुइ महिला बीच शारीरिक सम्बन्ध)', 'ओरल सेक्स (महिलाको मुखमा पुरूषको लिङ्ग घुसाएर गरिने शारीरिक सम्पर्क) आदि । अधिकांश कलाकार चलचित्रहरूमा नग्न प्रश्तुत हुन्छन् ।

स्वास्थ्य समस्या

पोर्न फिल्म बनाउँदा त्यहाँ अभिनय गर्ने कलाकारहरूले प्राय: कण्डमको प्रयोग गर्दैनन् जसका कारण कलाकार पनि विभिन्न यौन रोगहरूको सिकार हुन जान्छन् । लस एन्जलस बोर्ड अफ पब्लिक हेल्थ का अनुसार सन् २०००-२००१ मा स्क्रिनमा काम गर्ने ८२५ कलाकार मध्ये ७.७% महिला र ५.५ % पुरूषमा chlamydia , र लगभग २% मा gonorrhea देखिएको थियो । यो दर परिवार नियोजन केन्द्र धाउने मानिसहरू भन्दा एकदमै धेरै हो ।

इतिहास

अभिनेत्रीहरू

अश्लील चलचित्रहरूमा मुख्यतया महिलाको भूमिका रहेको वा अभिनेत्रिहरूलाई पहिलो प्राथमिकता दिएको हुन्छ। अश्लील चलचित्रमा महिला पात्र नै आकर्षणको केन्द्रविन्दु हुन्छिन् । यस्ता चलचित्रको कोसिस यौन आनन्द देखाउने हुन्छ र उक्त फेन्टासीमा आफ्नो सत् प्रतिशत दिन सक्ने महिलालाई नायिका चुनिन्छ । फेन्टासी भन्नेबित्तिकै महिलाले गर्ने नाटकीय यौन मात्र नभएर शारीरिक बनावट , फिगर, स्तनको आकार, हेयर-स्टायल, सम्बन्धका दौरान निकाल्ने चित्कार आदिबाट समेत दर्शकलाइ यौन आनन्द दिलाउने कौशल भन्ने बुझ्नुपर्दछ ।

पारिश्रमिक

यो पनि हेर्नुहोस

सन्दर्भ सूची

बाह्य कडीहरू