आइटकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइटकी
उपलब्ध भाषा
बहुभाषि
  • अरबी
  • डेनमार्की
  • डच
  • अङ्ग्रेजी
  • फ्रान्सेली
  • जर्मनेली
  • युनानी
  • यहूदी
  • हिन्दी
  • इण्डोनेसियाली
  • इटालीयाली
  • जापानी
  • कोरियाली
  • चिनियाँ
  • नर्वेली
  • फारसी
  • पोल्याण्डी
  • पोर्चुगाली
  • रोमानियाली
  • रूसी
  • स्पेनी
  • स्वाहिलि
  • स्विडेनी
  • थाई
  • टुर्की
  • भियतनामी र वेल्स
मुख्यालयहरू,
चीन
संस्थापक (हरू)केभिन चेन, युङयु जियाङ
उद्योगभाषा शिक्षण
युआरएलआधिकारिक वेबसाइट
अलेक्सा क्रमPositive decrease ५,०८५ (नोभेम्बर २०१९)[१]
चालु भएको मिति२००७; १७ वर्ष अघि (२००७)
वर्तमान स्थितिचालू

आइटकी एक शैक्षिक प्रविधि वेबसाइट हो जसले विदेशी भाषाहरूको विद्यार्थीहरूलाई मातृभाषीहरूसँग भाषाको माध्यमबाट जडान गर्न मद्दत गर्दछ। आइटकी प्रयोगकर्ताहरूले शिक्षकको लागि खोजी गर्न, व्यवस्था गर्न र भाषा पाठहरूको लागि तिर्न सक्दछन्। आइटकी शिक्षकहरूले प्रोफाइल सृजना गर्न, र व्यक्तिगत प्रतिष्ठा निर्माण गर्न सक्दछन्। साइटले विद्यार्थीहरूलाई शिक्षणको लागि १ जना विद्यार्थीलाई एक जना अनलाइन शिक्षक उपलब्ध गराउँदछ।[२] वेबसाइटले शिक्षकहरूलाई स्वतन्त्र रूपमा स्वतन्त्र रकम आर्जन गर्न पनि अनुमति दिन्छ। कम्पनीको प्रधान कार्यालय हङकङसाङ्घाईमा रहेका छन्।

प्रयोगकर्ता वा पाठकहरूले एक व्यवसायीक शिक्षकद्वारा सिकाइएको अनलाइन भाषा पाठहरूलाई छनौट गर्न सक्दछ, जसले संरचनागत शिक्षा योजना वा एक समुदाय शिक्षक प्रदान गर्दछ।[३] विद्यार्थीहरूले यसलाई आपसी भाषा विनिमयको लागि एक मञ्चको रूपमा प्रयोग गर्न सक्दछन्।[४]

इतिहास[सम्पादन गर्नुहोस्]

सन् २००७ मा, केभिन चेन र योङ्ज्यु जियाङले आइटकीलाई एक अनलाइन भाषा विनिमय समुदायको रूपमा स्थापना गरेका थिए।[५][६] सुरुमा, यो जालस्थल समुदायको लागि निःशुल्क सुविधाहरू निर्माणमा केन्द्रित थियो। सन् २००९ मा, साइटले भाषा सिकाउने शिक्षकहरूका लागि सेवा प्रदान गरे वापत पैसा कमाउन अनुमति दिदै, शिक्षक बजारको सुरू गरेको थियो। आइटकीमा शिक्षकहरूले आफ्नै मूल्य र समय तालिका राख्न सक्छन्। [७][८]

सन् २०१२ मा, आइटकीले स्वतन्त्र लगानीकर्ताहरूबाट कोष सङ्कलन गरेको थियो। सन् २०१६ मा, आइटकीले १ करोड भन्दा बढी प्रयोगकर्ताहरूको साथ बैडुमा लगानी गरेको चिनियाँ शैक्षिक कम्पनी हुजियाङबाट ३० लाख अमेरिकी मिलियन डलर उठाएको थियो।[९]

जुलाई २०१७ सम्म, आइटकीसँग १०० भन्दा बढी देशका ३० लाख भन्दा बढी प्रयोगकर्ताहरू, र ५००० भन्दा बढी शिक्षकहरू रहेका छन्। अङ्ग्रेजी अध्ययन गर्ने सबैभन्दा लोकप्रिय भाषा हो र त्सस पछि स्पेनी, फ्रान्सेली , चिनियाँ, र जापानी भाषा रहेका छन्।[१०] साइटले जोखिममा परेको दक्षिण अफ्रिकी भाषा खोसाको साथ १०० भन्दा बढी भाषाहरू प्रस्ताव गर्दछ।[११]

फेब्रुअरी २०१६ मा, आइटकीले नयाँ लोगो र बनावटको साथ आफ्नो वेबसाइटलाई पुन सुरु गरेको थियो। सोही महिनामा, आइटकीले आफ्नै स्वतन्त्र एन्ड्रोइड अनुप्रयोग पनि सुरू गरेको थियो।

आइटकीका फाइदाहरू[सम्पादन गर्नुहोस्]

यसका केहि फाइदाहरूले गर्दा यो भाषा सिक्ने संसाधनहरूको रूपमा पहिलो स्थानमा रहेको छ। एक व्यक्तिसँग कुरा गर्न सक्षम हुनुले दिमागी जडानमा विकास गर्दछ जुन अन्य स्रोतहरूसँग प्राप्त गर्न नसकिने विचारहरूले गर्दा यो उत्तम उपकरण हो भनेर दावी गरेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "आइटकी डटकम साइटको जानकारी", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच २०१७-०९-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-१०-१९ मिति
  2. "Online alternatives to language classrooms open up to students," Nik Peachey, The Guardian, https://www.theguardian.com/education/2011/jul/05/online-english-language-learning-peachey, ५ जुलाई २०११
  3. https://support.italki.com/hc/en-us/articles/206352758-What-is-the-difference-between-a-Professional-Teacher-and-a-Community-Tutor- वेब्याक मेसिन अभिलेखिकरण २०१९-०४-१६ मिति
  4. https://www.sbs.com.au/news/the-strangers-helping-each-other-learn-a-new-language-via-whatsapp
  5. "italki.com Free Skype VoIP and IM Language Partner Community," Freelanguage.org, https://freelanguage.org/learn/italki-com-free-skype-voip-and-im-language-partner-community, 2007
  6. "Redes Sociales Para Aprender Idiomas" [भाषा शिक्षणका लागि समाजिक सञ्जाल] (स्पेनीमा), El Pais, ६ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १० मे २०२० मिति
  7. "Social networking sites take language learning out of classroom", साउथ चाइना मर्निङ पोष्ट, ८ जुलाई २००८, अन्तिम पहुँच २०१७-०९-२८ 
  8. "How to Successfully Learn a New Language This Year," Benny Lewis, Lifehacker, https://lifehacker.com/5974670/how-to-successfully-learn-a-new-language-this-year/, १ अक्टोबर २०१०
  9. “Language Learning Marketplace italki Gets Seed Funding,” Steven Millward, Tech in Asia, https://www.techinasia.com/italki-seed-funding/, ३ अगष्ट २०१२
  10. “आइटकी केभिन चेन:做语言学习的“淘宝”, 陆家嘴, सिना, http://finance.sina.com.cn/money/lczx/2017-07-13/details-ifyiakwa3999680.shtml, July 13th, 2017
  11. ”Shanghai-based startup italki raises US$3M to help Chinese students find language tutors,” Yon Heong Tung, e27, https://e27.co/this-shanghai-based-startup-has-raised-us3m-to-help-chinese-students-find-language-tutors-20160624/, २३ जून १०१६

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]