आदितमारी उपजिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आदितमारी
আদিতমারি
उपजिल्ला
आदितमारी is located in बङ्गलादेश
आदितमारी
आदितमारी
बङ्गलादेशको नक्सामा यस उपजिल्लाको अवस्थिति
निर्देशाङ्क: २५°५५.५′उ॰ ८९°२१′पू॰ / २५.९२५०°N ८९.३५०°E / 25.9250; 89.350निर्देशाङ्कहरू: २५°५५.५′उ॰ ८९°२१′पू॰ / २५.९२५०°N ८९.३५०°E / 25.9250; 89.350
देशबङ्गलादेश बङ्गलादेश
विभागरङ्पुर विभाग
जिल्लालालमनिरहाट
क्षेत्रफल
 • जम्मा१९५.०३ किमी (७५.३० वर्ग माइल)
जनसङ्ख्या
 (सन् १९९१)
 • जम्मा१७६,७६०
 • घनत्व९१०/किमी (२३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
वेबसाइटआधिकारिक नक्सा

आदितमारी बङ्गाली: আদিতমারী बङ्गलादेशको लालमनिरहाट जिल्लाको एक उपजिल्ला हो। यो उपजिल्ला रङ्पुर विभाग अन्तर्गत पर्दछ।[१]

भूगोल[सम्पादन गर्नुहोस्]

आदितमारी उपजिल्ला बङ्गलादेशको पूर्वी मध्ये भागमा पर्छ भने यो उपजिल्ला २५°५१' देखि २६°०३' उत्तर अक्षांश र ८९°१७' देखि ९९°२८' पूर्वी देशान्तरणमा अवस्थित छ। आदितमारी उपजिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १९५.०३ वर्ग किलोमिटर ओगटेको छ। यस उपजिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, गङ्गाछाडालालमनिरहाट सदर उपजिल्लाले दक्षिण, लालमनिरहाट सदरउपजिल्लाले पूर्व र कालीगञ्ज उपजिल्लाले पश्चिमबाट घेरेको छ। धरला र टिस्टा यस जिल्लाका प्रमुख नदीहरू हुन्।

इतिहास[सम्पादन गर्नुहोस्]

बङ्गलादेश मुक्ति अभियान सन् १९७१ अप्रिल ४ का दिनबाट देश व्यापी रूपमा शुरू भएको थियो भने तात्कालिक समयमा यस उपजिल्ला क्षेत्र ६ मा अवस्थित थियो। ४ अप्रिल १९७१ का दिन पाकिस्तानी सेनाले यस उपजिल्लामा अचानक आक्रमण गरी थुप्रै घरटहराहरूमा पूर्णतया आगजनी गरेका थिए जसका कारण थुप्रै मात्रामा क्षति पुगेको थियो। पाकिस्तानी सेनाले पछि आदितमारि रेलवे स्टेसनको पूर्वी छेउमा रहेको लालपुरका थुप्रै सर्वसाधारणहरूको सामूहिक हत्या गरेका थिए। आदितमारि उपजिल्ला ६ डिसेम्बर १९७१ का दिन स्वतन्त्र भएको थियो।

जनशाङ्खिकि[सम्पादन गर्नुहोस्]

जिल्ला विभाग प्रतिवेदनका अनुसार यस जिल्लाको कुल जनसङ्ख्या २०३७४२ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या १०३३१६ छ भने महिलाको जनसङ्ख्या १००४२६ रहेको छ। धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मवलम्बीको जनसङ्ख्या १६७६०७ छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या ३५९७३ छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ३७ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या १३५ रहेको छ। यस जिल्लामा ५२५ मस्जिद, ८० हिन्दु मन्दिर र १ चिहान रहेका छन्। खेतु महम्मद सरकार जामे मस्जिद, शेर महमुद जामे मस्जिद, शरानामती शिवआश्रम आदि यस उपजिल्लाका लोकप्रिय धार्मिक स्थलहरू हुन्। यस उपजिल्लाका ८९.७४% जनसङ्ख्याले शुद्ध पिउने पानीका लागि पानी तान्ने मोटर र धारोको प्रयोग गर्दै आएका छन् भने ०.१६% ले पोखरी, ०.३७% ले टुटी र ९.७३% ले अन्य माध्यमबाट पानीको प्रयोग गर्दै आएका छन्। यस उपजिल्लाका धाराका पानीहरूमा आर्सनिकको कमी रहेको पाइएको थियो। यस उपजिल्लाको कुल घरहरू मध्ये ४२.६९% घरहरूमा अझै पनि सुविधा सम्पन्न अर्थात पक्की सौचालय सुविधा रहेको छैन।[२]

अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

यस उपजिल्लाको अर्थतन्त्र मुख्यतया कृषिमा आधारित छ। यस उपजिल्लाका अधिकांश मानिसहरू किसान हुन्। यस उपजिल्लामा धान, गहुँ, मकै, आलु, प्याज, खैनी, तोरीको बीउ तथा अन्य अन्न बालीहरू उत्पादन गरिन्छ। यस उपजिल्लामा मुख्यतया आँप, केरा, मेवा, खरबुजा, अङ्गुर, नरिवल, अम्बा आदि उत्पादन हुँदै आएको छ। यस उपजिल्लामा धान कुटानी केन्द्र, बरफ कारखाना, फलाम तथा वेल्डिङ उद्योग, पाउरोटी उद्योग, बिँडी उद्योग, बाँसका सामाग्री उत्पादन केन्द्र, काठका सामग्री उत्पादन केन्द्र तथा अन्य उद्योग कलकारखानाहरू पनि सञ्चालनमा रहेका छन्। यस उपजिल्लाले मुख्यतया खैनी, बिँडी, आलु, मकै लगायत मौसमी तरकारी र अन्य फलफूलहरू निर्यात गर्दै आएको छ। यस उपजिल्लामा लोपोन्मुख रहेको आलसको तिल र अस धान पनि निम्न मात्रमा उत्पादन गरिन्छ। यस उपजिल्लामा २१ हाटबजार तथा मेलाहरू सञ्चालन रहेका छन्। यस उपजिल्लामा लोपोन्मुख ठेला, गोरू गाडा र रथहरू सामान ओसारपसार तथा यातायातका साधन बन्द‌ै आएका छन्। यस उपजिल्लामा थुप्रै माछापालन केन्द्र, दुग्ध सङ्कलन केन्द्र तथा कुखुरापालन केन्द्रहरू रहेका छन्।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ७७.३२% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै २.४०% मजदुरीमा, उद्योग तथा व्यापारमा ०.३६% वाणिज्यमा ९.५५%, सञ्चार र यातायातमा २.३१%, निर्माण क्षेत्रमा ०.४८%, सुविधामा ३.२६%, धार्मिक सेवामा ०.२३%, वैदेशिक रोजगारी तथा भाडामा ०.२८% र अन्यमा ३.८१% रहेका छन्।

प्रशासन[सम्पादन गर्नुहोस्]

प्रशासन रङ्पुर सङ्घको सन् १७६९ मा इष्ट इण्डिया कम्पनीको प्रशासनलाई सजिलो बनाउन स्थापना भएको थियो। यस सङ्घ अन्तर्गत फुरुनबाडी थानको गठन भएको थियो जुन सन् १८७२ मा कालीगञ्जमा सारिएको थियो। आदितमारी थानाको स्थापना सन् १९८० मा कालीगञ्ज थानको केही अंश समावेश गरी भएको थियो भने सन् १९८३ नोभेम्बर ७ का दिन यसलाई उपजिल्लामा परिणत गरिएको थियो।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस जिल्लाको कुल साक्षरता दर ३९.८% रहेको छ जसमध्ये पुरुषको साक्षरता ४५.७% छ भने महिलाको साक्षरता दर ३३.८% रहेको छ। यस उपजिल्लामा ३ क्याम्पस, ३८ माध्यमिक विद्यालय, १०७ प्राथमिक विद्यालय र ३८ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट शिक्षण संस्थाहरू यस प्रकार छन्; आदितमारि डिग्री क्याम्पस (सन् १९९१), सापटीबाडी डिग्री क्याम्पस (सन् १९९२), आदितमारि कान्तेश्वरी बरमान कन्या माध्यमिक विद्यालय तथा क्याम्पस (सन् १९८६), महेशकोछा इएम विद्यालय (सन् १९३१), आभदाई गिरिजा शङ्कर उच्च विद्यालय (सन् १९४२), आदितमारी गिरिजा शङ्कर उच्च विद्यालय (सन् १९४२), कुमडीरहाट एससी बहुभाषिक उच्च विद्यालय (सन् १९४९), सापटीबाडी उच्च विद्यालय (सन् १९५६), भेलाबाडी उच्च विद्यालय (सन् १९६०), उत्तर गोभदा दाखिला मदरसा (सन् १९८६) आदि।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. ताञ्जिमुल नयन (सन् २०१२), "আদিতমারী উপজেলা", in सिराजुल इसलाम र आहमेद ए जमाल, बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (दोस्रो संस्करण), बङ्गलादेशको एसियाली समाज। 
  2. "बङ्गलादेशको राष्ट्रिय जनगणना", मूलबाट २००५-०३-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १०, २००६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]