इथर (रसायन)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्राङ्गारिक यौगिकको अणुमा -O- समूह रहेको छ भने त्यसलाई इथर भनिन्छ । उदाहरण : डाइमिथाइल इथर(CHOCH), डाइइथाइल इथर(CHOCH) । साधारणतया डाइइथाइल इथरलाई नै इथर भनिन्छ । यो रङघिन, प्रज्वनशिल र वास्पशिल पदार्थ हो । यो अल्कोहलमा घूलनशिल छ तर पानीमा कम मात्रामा घुल्छ । कडा सल्फ्युरिक अम्लको मद्धतले अल्कोहलबाट पानी निकालेर इथर बनाइन्छ ।

इथरको संरचना

इथरको उपयोगिता[सम्पादन गर्नुहोस्]

  1. ज्यादै वाष्पशिल पदार्थ भएकाले चिस्याउने पदार्थका रूपमा यसलाई प्रयोग गरिन्छ ।
  2. सानोतिनो घाउखटिरा चिर्चा दुखेको थाहा नपाउने औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।
  3. विभिन्न वस्तुहरु विशेष गरी जैविक यौगिकहरू घुलाउन सक्ने क्षमता भएकाले यसलाई घोलकको रूपमा प्रयोग गरिन्छ ।