एम्ली ग्रिन बाल्च
एम्ली ग्रिन बाल्च | |
---|---|
जन्म | बोस्टन, अमेरिका | जनवरी ८, १८६७
मृत्यु | ९ जनवरी १९६१ क्याम्ब्रिज, अमेरिका | (उमेर ९४)
राष्ट्रियता | अमिरिकी |
पेशा | लेखक, अर्थसास्त्री, प्राध्यापक |
चिनारीको कारण | नोबेल शान्ति पुरस्कार |
एम्ली ग्रिन बाल्च (८ जनवरी, १८६७ - ९ जनवरी, १९६१) एक अमेरिकी अर्थशास्त्री, समाजशास्त्री तथा शान्ति सम्बन्धि विशेषज्ञ थिइन्। बाल्चले वेल्सली कलेजबाट गरीबी, बाल श्रम र आप्रवासन जस्ता सामाजिक मुद्धामा लामो समय देखि रुचिका साथ सम्बद्ध रहँदै गरीब आप्रवासिहरूको उत्थान र किशोर अपराधीलाई कम गर्ने कार्य पनि गरेकी थिइन्।
उनी सन् १९१४ मा प्रथम विश्व युद्ध को सुरुमा शान्ति आन्दोलनमा सामेल हँदै सिकागोका जेन एडम्सलाई साथ सहयोग गर्न लागी परेकी थिइन्। उनी स्विट्जल्यान्ड अवास्थित अन्तर्राष्ट्रिय महिला शान्ति तथा स्वतन्त्र सङ्घको केन्द्रिय नेता बनिन् भने त्यसका लागि उनले सन् १९४६ मा नोवेल शन्ति पुरस्कार जित्न सफल भएकी थिइन्।
बाल्यकाल तथा शिक्षाजीवन
[सम्पादन गर्नुहोस्]एम्लीको जन्म संयुक्त रूपमा अमेरिकाको बोस्टनस्थित जमैकाको एक धनी परिवारमा भएको थियो। उनको बुवा एक सफल वकील र संयुक्त राज्य अमेरिकाको सिनेटर चार्ल्स सुमनेरको एक समयका सचिव थिए। उनी सन् १८८९ मा ब्रिन मोर कलेजका प्रथम स्नातकमध्ये एक थिइन्। उनले युरोप र अमेरिकामा समाजशास्त्र र अर्थशास्त्रको अध्ययन गरेकी थिइन्। शैक्षिक रूपमा सफल एम्ली सन् १९८६ मा वेलेस्ली कलेजमा अर्थशास्त्र तथा समाजशास्त्र सङ्कायमा भर्ना भएकी थिइन्। एम्लीले प्रथम विश्वयुद्धको समयमा संयुक्त राज्य अमेरिकालाई द्वन्द्वमा फस्नबाट रोक्न थुप्रै अभियानहरू चलाउँदै राष्ट्रसङ्घको स्थापना गर्न सहयोग गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- एम्ली ग्रिन बाल्चसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।