सामग्रीमा जानुहोस्

इलेक्ट्रोन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्युदणु या इलेक्ट्रोन ऋणात्मक वैद्युत आवेश युक्त मौलिक उपपरमाणविक कण हो । जो परमाणुको नाभिक चारैतिर चक्कर लगाउँछ । जसको दर्व्यमान प्रोटोनको भन्दा १/१८३६ गुना हुन्छ । परम्परागत रूपदेखि यसका आवेशलाई ऋणात्मक मानिन्छ र यसमामान -१ परमाणु इकाई (e) निर्धारित गरिएको हो। अर्का परमाणुहरूका एलेक्ट्रोनहरूदेखि यिनको अन्तःक्रिया रासायनिक बंधनको मुख्य कारण हुन्छ। यसमा१.६E-१९ कूलाम्ब परिमाणको ऋण आवेश हुन्छ। यसको द्रव्यमान ९.११E−३१ किग्रा हुन्छ जो प्रोटोनका द्रव्यमानको लगभग १८३७ औँ भाग हो। कुनै उदासीन परमाणुमा विद्युदणुहरूको संख्या र प्रोटानहरूको संख्या समान हुन्छ।यिनको आन्तरिक संरचना ज्ञात छैन यसै कारण यसलाई प्राय:मूलभूत कण मानिन्छ। यिनको आन्तरिक कोणिय संवेग अर्थात स्पिन १/२ हुन्छ, अतः यो फर्मीअन हुन्छ। विद्युदणु का प्रतिकण पोजीट्रोन कहलाउँछ। द्रव्यमानका अतिरिक्त पोजीट्रोनका सबै गुण यथा आवेश, स्पिन इत्यादि विद्युदणुका बिलकुल विपरीत हुन्छन्। जब विद्युदणुपोजीट्रोनको टक्कर हुन्छ तब दुबै पूर्णतः नष्ट हुन जान्छन् एवं दुईगामा किरण (फोटोन) उत्पन्न हुन्छ।

विद्युदणु, लेप्टोन परिवारका प्रथम पीढीको सदस्य हो, जो कि गुरूत्वाकर्षण,विद्युत चुम्बकत्व एवं दुर्बल प्रभाव सबैमा भूमिका निभाउँदछ। विद्युदणु कण एवं तरङ्ग दुबै प्रकारका व्यवहार प्रदर्शीत गर्दछ। बिटा-क्षयका रूपमा यो तरङ्ग जस्तो व्यवहार गर्दछ,जबकि यसको संवेग जस्तो गुण यसको कणको प्रकृति दर्शाउँदछ। चूंकि यसको सांख्यिकीय व्यवहार फर्मिअन हुन्छ र यो पोली एक्सक्ल्युसन सिध्दाँतको पालन गर्दछ अतः सबै विद्युदणुओको क्वांटम अवस्था भिन्न हुन्छ।

आइरिस भौतिकविद जर्ज जनस्टोन स्टोनी ( George Johnstone Stoney )ले १८९४ मा electron नामको सुझाव दिईएको थियो, पछि यसलाई नेपालीमा विद्युदणु भन्न थालियो । विद्युदणुको कणका रूपमा पहचान १८९७मा जे जे थमसन ( J J Thomson ) र तिनको ब्रिटीश भौतिकविद दलले गरेका थिए ।

विभिन्न भौतिकीय घटनाहरू जस्तै-विध्युत ,चुम्बकत्व , उष्मा चालकता मा विद्युदणुको अहम भूमिका हुन्छ। जब विद्युदणु त्वरित हुन्छ त यो फोटानका रूपमा ऊर्जाको अवशोषण वा उत्सर्जन गर्दछ।प्रोटोन अनि न्यूट्रोनका साथ मिलेर परमाणुको निर्माण गर्दछ ।परमाणुका कुल द्रव्यमान मा विद्युदणुको भाग कमभन्दा कम् ०.०६ प्रतिशत हुन्छ। विद्युदणुप्रोटोनका बीच लाग्ने कुलाम्ब बल ( coulomb force ) को कारण विद्युदणु परमाणुदेखि बाँधिएको हुन्छ। दुई वा दुइभन्दा अधिक परमाणुहरूका विद्युदणुओका आपसी आदान-प्रदान वा साझेदारीका कारण रासायनिक बंध (Bond) बन्दछन्।

ब्रह्माण्डमा अधिकतर विद्युदणुओको निर्माण बिग-बैंगका बेला भएको मानिन्छ, यिनको निर्माण रेडियोधर्मी समस्थानिक ( radioactive isotope) देखि बीटा-क्षय र अन्तरिक्षीय किरणो (cosmic ray ) का वायुमण्डलमा प्रवेशका बेला उच्च ऊर्जा टक्करका कारण पनि हुन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]