इवाते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इवाते प्रदेश (जापानिः 岩手県, अङ्रेजीः Iwate-ken) जापानको दोस्रो ठूलो जापानी प्रदेश हो। यस प्रदेशको क्षेत्रफल १५,२७५ वर्ग किलोमिटर रेहेको छ। इवातेको उत्तरमा आओमोरी, पश्चिममा अकिता र दक्षिणमा मियागी प्रदेश रहेको छ। इवाते प्रदेशको राजधानी र सबैभन्दा ठूलो शहर मोरियोका हो। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

हालको इवाते क्षेत्रमा जोमोन कालमा (२,८००–१,९०० ईसापूर्व) पनि मानिसहरूले बसोबास गर्थे। त्यस अवधिमा गाडिएका चिजहरू जस्तै ढुङ्गाका "तरवारहरू", ट्याब्लेटहरू र औजारहरू साथै माटोका मूर्तिहरू, झुम्काहरू र भाँडाहरू यहाँ फेला परेका छन्। जापानी इतिहासमा यो क्षेत्रको प्रारम्भिक उल्लेख लगभग ६३० मा भएको मानिन्छ। यस समयमा विभिन्न जापानी व्यापारीहरू, शिकारीहरू, साहसीहरू, पुजारीहरू र अपराधीहरू इवातेमा पुगेका थिए। ७१२ ताका यो क्षेत्र देवा प्रान्तका रूपमा चिनिन्थ्यो। मेइजी पुनर्स्थापना सम्म, इवाते क्षेत्र मुत्सु प्रान्तको हिस्सा थियो। १८७६ मा बोशिन गृहयुद्ध पछि, इवातेको सिर्जना गरिएको थियो। [१]

जनसंख्या[सम्पादन गर्नुहोस्]

२०२२ मा, इवातेको जनसंख्या ११,८०,५९५ थियो। [२]

यो पनि हेर्नुहोस‍‍[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Frédéric, "Morioka" in Japan Encyclopedia pageः 661
  2. "Current Population Estimates as of October 1, 2019", अक्टोबर १, २०१९।