इस्लामआबाद चिडियाखाना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्लामआबाद चिडियाखाना
स्थापना मितिसन् १९७६
स्थानइस्लामआबाद, पाकिस्तान पाकिस्तान
निर्देशांक३३°४४′३.४७″उ॰ ७३°३′३२.८१″पू॰ / ३३.७३४२९७२°N ७३.०५९११३९°E / 33.7342972; 73.0591139निर्देशाङ्कहरू: ३३°४४′३.४७″उ॰ ७३°३′३२.८१″पू॰ / ३३.७३४२९७२°N ७३.०५९११३९°E / 33.7342972; 73.0591139
क्षेत्रफल८२ एकड (३३ हेक्टर)
जनावर संख्या~६००
बार्षिक पर्यटक~१० लाख

इस्लामआबाद चिडियाखाना (उर्दु: اسلام آباد چڑیا گھر‎) पाकिस्तानको इस्लामआबाद राजधानी क्षेत्रमा अवस्थित एक चिडियाखाना हो जुन ८२ एकड (३३ हेक्टर) क्षेत्रफलमा फैलिएको छ। यो चिडियाखाना सन् १९७८ मा स्थापना गरिएको थियो भने यो हाल पाकिस्तान प्रशासकीय विकास आयोगको अधिनमा रहेको छ। यस चिडियाखानामा हाल सुतुर्मुर्ग, पानी हाँस, मयुर, सुगा, चितुवा, बाँदर, भालु, फ्याउरो, सिंह, गैँडा, हात्ती लगाएता पशुपन्छीहरू पालिएका छन् भने बालबालिकाको मुख्य आकर्षक भनेको हात्ती हो। सन् २०१३ मा राजधानी विकास आयोगले डायनासोर स्थल वा भ्रमण क्षेत्रको पनि स्थापना गरेको थियो।

इतिहास[सम्पादन गर्नुहोस्]

इस्लामआबाद चिडियाखाना १९७८ मा यस क्षेत्रमा पाइने चितुवा, हिरण र भारतीय हरिण लगायता केही जनावरको साथ स्थापन गरिएको थियो जुन पाकिस्तान राजधानी विकास आयोगको अधिनमा रहेको छ। यो चिडियाखाना मार्गलाला पहाडको तल्लो भूभागमा अवस्थित छ। यस चिडियाखानाले चाँडै नै लोकप्रियता प्राप्त गर्‍यो र जापानी बगैचाको एक हिस्सा बन्यो। पछि एक पन्छीशालाको पनि निर्माण गरिएको थियो। प्रशासकीय विकास प्राधिकरणले अगस्ट २००८ मा चिडियाखानालाई मनोरञ्जन क्षेत्र र वन्यजन्तु आरक्षको रूपमा स्तरवृद्धि गर्न विस्तार गर्ने योजना बनाएको थियो। यस आयोजनाको अनुमानित लागत १४०७.८ मिलियन पाकिस्तानी रुपैयाँ थियो। सन् २०१९ मा पाकिस्तानकी जलवायु नेत्री तथा राज्यमन्त्री जरताज गुलले एक समितिलाई बताइन् कि उनले चिडियाखानाको राम्रो व्यवस्थापन र जनावरको हेरचाहको लागि इस्लामआबाद वन्यजीव व्यवस्थापन बोर्डलाई नियन्त्रण हस्तान्तरण गर्न सरकारलाई अनुरोध गरेकी थिइन्।[१]

विवाद[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०१६ मा यस चिडियाखानामा कैद गरिएको ३२ वर्षीय एक एसियाली हात्ती दुई दशक देखि साङ्लोमा बाँधिएको र एक्लै भएका कारण उक्त हात्तीमा मानसिक रोगबाट पीडित बनेको थियो भने उक्त घटना सार्वजनिक भएपछि यस चिडियाखानाको सामाजिक सञ्जालमा चर्को आलोचना गरिएको थियो।[२] कभान नाम गरेको उक्त हात्तीलाई चिडियाखानाका अधिकारीहरूले तत्काल उसको गृह क्षेत्र कम्बोडिया पठाउने निर्णय गरेको थियो।[३] विशेषज्ञका अनुसार लामो समयसम्म जोडीको अभावका कारण उक्त हात्तीको यस्तो समस्य आएको बताएका थिए।[४] जुलाई २०१७ मा सिंहका ४ बच्चाहरूको अस्वस्थकर खानपान र हेरचाहको कमी हुँदा मृत्यु भएको थियो।[५] चिडियाखानाका कर्मचारीहरूको लापरबाहीका कारण एक वयस्क सुतुर्मुर्गको पनि सन् २०१७ मा मृत्यु भएको थियो। सन् २०१८ मा ब्वाँसोले यस चिडियाखानाका ६ हरिन माथि आक्रमण गरी घाइते बनाएका थिए।[६]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Shahid, Jamal (२०१९-०२-२१), "Islamabad wildlife dept should take over Marghazar Zoo: minister", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-३० 
  2. (Pakistan Today)
  3. (Dunya News)
  4. (Pakistan Today)
  5. (PakObserver) वेब्याक मेसिन अभिलेखिकरण २०१७-११-१६ मिति
  6. Editorial (२०१९-०२-२३), "Marghazar Zoo", DAWN.COM (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०३-३० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]