ईश्वरी राज्यलक्ष्मी देवी शाह
ईश्वरी राज्यलक्ष्मीदेवी शाह (सन् १९०७ सेप्टेम्बर-१९८३ जुन २७) नेपालको महारानी तथा राजा त्रिभुवनको कान्छी पत्नी थिइन्। उनी अधिराजकुमार बसुन्धारा र अधिराजकुमारी नालिनी राज्य लक्ष्मीको आमा पनि हुन्।
जीवन
[सम्पादन गर्नुहोस्]ईश्वरी राज्यलक्ष्मी छतारा, बाह्रगाउँ र अवधका राजा अर्जुन सिंह साहिब र रानी कृष्णवती देवी साहिबाका छोरी हुन्। सन्न १९१९ मार्चमा उनको र उनकी सहोदर दिदी कान्तिको विवाह पनि राजा त्रिभुवन सँग नै भएको थियो।[१]
बि.सं २०१६ मा त्रिभुवन विश्वविद्यालयको स्थापना भएपछि मुमा महारानी कान्ति र ईश्वरी विश्वविद्यालयको पहिलो कुलपति भएका थिइन्। त्रिभुवन विश्वविद्यालयको स्थापनापछि सन् १९६२ मा आयोजित दोस्रो दीक्षान्त समारोहमा विश्वविद्यालय प्रशासनले विश्वविद्यालय स्थापनामा योगदान गर्ने दुवै बडामहारानीहरूलाई कानुनमा मानार्थ विद्यावारिधिको प्रदान गर्ने निर्णय गरेको थियो । तर बडामहारानीहरूले स्थापित विश्वविद्यालयमा आम विद्यार्थीहरूले पढेर उक्त विद्यावारिधि हासिल नगरेसम्म आफूहरूलाई मानार्थ डिग्री लिँदैनौं भनी लिन अस्वीकार गरे। [२][३]
जिजुमुमा बडामहारानी ईश्वरी राज्यलक्ष्मी देवीको निधन १९८३ को जुन महिनामा भएको थियो। जिजु मुमाबडामहारानी सन् १९८३ मा स्वर्गवास मूल ढोकाबाट शव लाने प्रचलन नभएको हुँदा केशरमहल तर्फको हाल नेपाल एस बि आइ बैंक अगाडि नारायणहिटी दरबारको पर्खाल भत्काएर शवयात्रा निकालिएको थियो।[४]
सम्मान
[सम्पादन गर्नुहोस्]- ओजस्वी राजन्य[५]
- राजा महेन्द्र राज्याभिषेक पदक (बिसं २०१३).
- राजा बिरेन्द्रको राज्याभिषेक पदक (बि.सं २०३१)
शाही प्रसस्ती
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "King Tribhuvan and Queen Kanti", मूलबाट २०१७-०५-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-१०-०२।
- ↑ दी इन्डियन एक्स्प्रेस १५ मार्च १९६२
- ↑ "राजा त्रिभुवनको निधनपछि उनका रानीहरूको अमेरिका र युरोप यात्रा", अन्तिम पहुँच २०२१-११-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२१-११-२० मिति
- ↑ बिन्देश खनाल
- ↑ Omsa.org (PDF)