उच्च शिक्षा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उच्च शिक्षा (higher education) शिक्षाको उच्च स्तरको नाम हो जुन विश्वविद्यालयहरू , व्यावसायिक विश्वविद्यालयहरू, कम्युनिटी महाविद्यालयहरू, लिबरल आर्ट कलेजहरू एवं प्राविधिक संस्थानहरू आदि द्वारा दिने गरिन्छ। प्राथमिक एवं माध्यमिक पछि यो शिक्षा तृतीय स्तरको हो जुन प्राय: ऐच्छिक (non-compulsory) हुन्छ। यसको अन्तर्गत स्नातक, परास्नातक (postgraduate education) एवं व्यावसायिक शिक्षा एवं प्रशिक्षण आदि आउँछन्।

भारतको उच्च शिक्षा तन्त्र[सम्पादन गर्नुहोस्]

भारतको उच्च शिक्षा तन्त्र विश्वको तेस्रो सबै भन्दा ठूलो उच्च शिक्षा तन्त्र हो। विगत ५० वर्षमा देशका विश्वविद्यालयका संख्यामा ११.६ गुना, महाविद्यालयहरूमा १२.५ गुना, विद्यार्थीहरूको संख्यामा ६० गुना र शिक्षकहरूको संख्यामा २५ गुना वृद्धि भयो। सबैलाई उच्च शिक्षाको समान अवसर सुलभ गराउने नीति अन्तर्गत सम्पूर्ण देशमा महाविद्यालयहरू एवं विश्वविद्यालयहरूको संख्यामा उल्लेखनीय वृद्धि भएको हो र साथ नै उच्च शिक्षाको अवस्थापना सुविधाहरूमा विनियोग पनि तदनुरूप बढेको छ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]