सामग्रीमा जानुहोस्

उत्तम नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उत्तम नेपाली

उत्तम नेपाली (जन्म नाम: उत्तम प्रसाद कर्माचार्य; १८ वैशाख १९९४—६ श्रावण २०७८) एक नेपाली चित्रकार, लेखक, र अभिनेता थिए।[][]

उत्तम नेपालीको जन्म १८ वैशाख १९९४ मा काठमाडौँ, नेपालमा भएको थियो। उनका बुबाले उनलाई व्यापारी बनोस् भन्ने चाहन्थे तर, उनी चित्रकार बन्ने संकल्पमा थिए। उनले लखनऊ कलेज अफ आर्ट्स एण्ड क्राफ्ट्ससर जमशेदजी जीजेभोय स्कूल अफ आर्ट, मुम्बईमा कला पढेका थिए।[]

नेपालीको ६ श्रावण २०७८ मा हृदयघातका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "यी थिए उत्तम नेपाली", हिमालखबर, ६ साउन २०७८, अन्तिम पहुँच २६ श्रावण २०७९ 
  2. विवश, ज्ञानेन्द्र (१ असार २०७७), "क्यानभासका बादशाह अर्थात् कलाकार उत्तम नेपाली", हिमालखबर, अन्तिम पहुँच २६ श्रावण २०७९ 
  3. राई, गणेश (६ श्रावण २०७८), "रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली", कान्तिपुर, अन्तिम पहुँच २६ श्रावण २०७९ 
  4. ढुंगाना, स्मृति (७ श्रावण २०७८), "अस्ताए क्यानभासका बादशाह उत्तम नेपाली", नागरीक, अन्तिम पहुँच २६ श्रावण २०७९