उत्तरजीवी पूर्वाग्रह
स्वरूप
उत्तरजीवी पूर्वाग्रह एक तार्किक त्रुटि हो जसमा असफल र सफल मानिस, व्यापार र वस्तुमा बराबर ध्यान जानुको साटो हाम्रो ध्यान सफलता प्राप्त गर्नेतिर मात्र जान्छ। उत्तरजीवी पूर्वाग्रहको कारण हामी सही निस्कर्षको सट्टा गलत निस्कर्ष ठम्याउन सक्छौँ। यो पूर्वाग्रहको उत्पत्ति मानिसले तार्किक र सहि तथ्यमा आधारित विश्वास राख्नुको साटो आशावादी विश्वास राख्ने प्रवित्तिबाट हुन सक्छ।
उदाहरणहरू
[सम्पादन गर्नुहोस्]वित्तमा, असफल कम्पनीहरूलाई प्रदर्शन अध्ययनबाट छाडेर ती कम्पनीहरू बिना नै अध्ययन गरिन्छ किनभने असफल कम्पनी बन्द भइसकेका हुन्छन् र तिनीहरूको अस्तितव कागजबाट हराइसकेको हुन्छ। यस्ता अध्ययनहरूले कम्पनीहरूले वास्तविक रूपमा जुन दरमा सफलता प्राप्त गरिरहेका हुन्छन् त्यो भन्दा ठुलो दर निकालिदिन्छ। [१]
सन्दर्भ सामाग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "How to think about diversification - Page 3 - Bogleheads.org", www.bogleheads.org, अन्तिम पहुँच २०२०-१०-२६।