उबुद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उबुद को सरस्वती मन्दिर

उबुद (Ubud), [[इन्डोनेसिया) को बाली द्वीप को उबुद जिल्लाको एक शहर हो । यो शहर को विकास कलासंस्कृति को केन्द्र को रूप मा रहि आएको छ । यो विश्व का पर्यटहरूको आकर्षणको धेरै नै ठुलो केन्द्र को रूपमा बनेर अघाडी बढ्दै छ । यो शहरले पर्यटन उद्योगमा निकै विकसित छ ।[१]

उबुद को जनसङ्ख्या लगभग ३० हजार छ । यो शहर १३ बटा गाउँहरूले घेरिएर रहेकोछ जसले गर्दा यो शहरमा आउने आगन्तुकहरूका लागि यो गाह्रो हुन सक्छ यी गाउँहरूबाट यो शहरलाई अलग सम्झिन को लागि। शहर वरपरका क्षेत्रहरू साना खेतीहरू, धान खेतहरू र घना जङ्गलले घेरिएर बनेको छ । [२]



इतिहास[सम्पादन गर्नुहोस्]

करिव सन् १९१२ मा उबुद बजारको दृश्य

आठौँ शताब्दीमा पौराणिक कथा अनुसार एक जाभानिज पुजारी, ऋषी मार्केन्डेय जसले दुई नदीहरूको संगम उबुदको स्थानीय भेक क्यम्पौंन ध्यान गरेका थिए । यहाँ उनले भ्याली फ्लोरमा गुनुंग लेबहा मन्दिरको स्थापना गरे, जून साइट एक तीर्थ स्थान हो।[३]


यो शहर मूलतः औषधी जन्य जडिबुटीहरु र बिरुवाको लागि महत्त्वपूर्ण रहेको छ । उदुबको नाम बालीनिज शब्द उदब(औषधि) प्राप्त भएको हो ।[३]


१९६० दशक मा रचनात्मक ऊर्जाको एक नयाँ प्रस्फुटन भयो, डच चित्रकला अरी स्मिटको आगमन पछि र युवा कलाकारहरूको आन्दोलनको बिकाश भयो । सन् १९६० को साधक देखि बाली पर्यटनको यो शहरमा धेरै नै बिकाश भएको छ, तथापि यो कलात्मक खोज को एक केन्द्र बनेको छ।



सडक[सम्पादन गर्नुहोस्]

मुख्य सडक जलान राया उदुब (जलान राया भनेको मुख्य सडक), जून शहर को मध्ये भागबाट पूर्वी पश्चिम गएको छ । दुइ लामा सडकहरु जलान मंकी फरेस्ट र जलान हनोमान जलान राया उदुबबाट बिस्तारित भएका छन् ।


अर्थतन्त्र[सम्पादन गर्नुहोस्]

उबुदको अर्थव्यवस्था अत्यधिक रूपमा पर्यटन मा निर्भर छ, जो खरीदारी, रिसोर्ट्स, सङ्ग्रहालय र चिडियाघर मा केन्द्रत छ । दक्षिणी बाली को मुख्य पर्यटक क्षेत्र को तुलनामा उदुब क्षेत्र कम घना जनसङ्ख्या रहेको छ । धेरै सानो बुटीक-शैली होटलहरु जस्तै ऐतिहासिक तजमपुहान होटेल उदुब वरपर अवस्थित छन् जहाँ स्पा उपचार, मालिश पार्लर, ट्याक्सीहरु वा नजिकैको पहाडहरु माथि ट्रेक सामान्यतया प्रस्तावित गरिन्छ।




चित्र दिर्घा[सम्पादन गर्नुहोस्]



सन्दर्भ सामाग्रीहरु[सम्पादन गर्नुहोस्]

  1. "Ubud, Bali", Sydney Morning Herald, २००५-०३-०२, अन्तिम पहुँच मार्च ६, २०१३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०१-०३ मिति
  2. "World Gazetteer: Ubud", World Gazetteer, मूलबाट जनवरी ५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०८-३१  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) = Archive.today अभिलेखिकरण २०१३-०१-०५ मिति
  3. ३.० ३.१ Picard (1995)


बाह्य कडीहरु[सम्पादन गर्नुहोस्]

निर्देशाङ्कहरू: ८°३०′२४.७५″द॰ ११५°१५′४४.४९″पू॰ / ८.५०६८७५०°S ११५.२६२३५८३°E / -8.5068750; 115.2623583