उमा सिंह
स्वरूप
उमा सिंह | |
---|---|
जन्म | २०३९ रजौल, जनकपुर, नेपाल |
मृत्यु | २०६५ पुस २७ रजौल, जनकपुर |
मृत्युको कारण | हत्या |
नागरिकता | नेपाली |
पेशा | पत्रकार |
मातापिता | रञ्जित सिंह (बुवा) |
आफन्त | सञ्जय सिंह (दाजु) |
उमा सिंह नेपालकी रेडियो पत्रकार थिइन । रेडियो टुडेमा काम गर्ने सिंह २०६५ पुस २७ गते जनकपुरमा उमेश यादव नामको व्यक्तिले धारिलो हतियार प्रहार गरी हत्या गरेको थियो । सिंहको हत्याको अभियोगमा २०७० सालमा पक्राउ परेको उमेश यादवलाई जिल्ला अदालत धनुषाले २०७२ बैशाखमा जन्मकैदको फैसला सुनाएको छ। सोही अभियोगमा उनकी भाउजू ललिता सिंह र नेवलाल पासवानको पनि संग्लनता रहेको हुनाले, उनीहरूलाई पनि जन्मकैदको फैसला भएको छ। [१][२]
सिंहको स्मृतिमा उमा सिंह पत्रकारिता पुरस्कारको स्थापना भएको छ ।[३][४][५]
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "पत्रकार उमासिंहका हत्यारालाई जन्मकैद", अन्तिम पहुँच अप्रिल २०१५। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२५ मिति
- ↑ "उमासिंहका हत्यारालाई जन्मकैद", अन्तिम पहुँच अप्रिल २०१५।[स्थायी मृत कडी]
- ↑ कान्तिपुर दैनिक[स्थायी मृत कडी]
- ↑ नेपालटाइम्स डटकम
- ↑ नेपालटाइम्स डटकम
बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]