एओएल डाँक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एओएल डाँक
Aol Mail logo.png
एअोएल डाँकको पर्दा चित्रण.png
सन् २०१४ मा लिइएको एअोएल डाँकको पर्दा चित्रण
साइटको प्रकार
वेब अनुप्रयोग (इ-डाँक, वेब डाँक)
उपलब्ध भाषा५४ भाषाहरू
मालिकएअोएल
वेबसाइटmail.aol.com
व्यावसायिकहो
दर्ताआवस्यक
वर्तमान अवस्थासक्रिय
सामग्री इजाजतपत्र
स्वामित्व सफ्टवेयर


एओएल डाँक एक नि: शुल्क वेब-आधारित ई-मेल सेवा हो जुन एओएलद्वारा प्रदान गरिएको छ। यो भरिजोन सञ्चारको एक विभाजन हो। 

विशेषताहरू[सम्पादन गर्ने]

एअोएल डाँकसँग निम्न सुविधाहरू उपलब्ध छन्:

  • ई-डाँक अनुलग्नक सीमा: २५ मेगाबाइट[१]
  • अधिकतम डाँक बाकस आकार: १,००० नयाँ सन्देश, ४,००० पुराना सन्देश र ४,००० पठाइएका सन्देश, यदि सबै सन्देशहरूमा २५ मेगाबाइट अनुलग्नक छन् भने अधिकतम २५० गिगाबाइटको क्षमता यसमा रहेको छ।[२]
  • सामर्थित प्रोटोकुल: पिअोपि३, एसएमटिपी, आइएमटिपी।[३][४]
  • अन्य डाँक सेवा प्रदायकहरू (जस्तै जिमेल र हटमेल) बाट अन्य ई-डाँक खाताहरूमा सूत्रवद्ध गर्न मिल्ने सुविधा।[५]

विज्ञापन: विज्ञापनहरू ई-डाँक खाताहरूसँग काम गर्ने क्रममा प्रदर्शित हुन्छन्। ई-डाँक भित्र लुकेका सूत्रहरू स्वत: असक्षम पारिएका छन् र ई-डाँक प्रयोगकर्ताहरूद्वारा मात्र सक्रिय गर्न सकिन्छ।[६]

  • स्प्याम सुरक्षा
  • भाइरस सुरक्षा
  • हिज्जे जाँच
  • डोमेन: @एअोएल डटकम र अतिरिक्त @लभ डटकम, @वाइजिएम डटकम (अङ्ग्रेजी - यु ह्याभ गट मेलको छोटो रूप ), @गेम्स डटकम, र @वाउ डटकम।
  • सेवाले एसएसएल / एचटिटिपिएसलाई प्रवेश पछि समर्थन गर्दछ।[७]
  • यदि एअोएल मेल खाता ९० दिनको लागि निष्क्रिय"अवस्थामा छ भने यो खाता निस्क्रिय हुन सक्छ र पठाइएको कुनै पनि ईमेल पुग्न सक्दैन र प्रेषकलाई फिर्ता हुन पनि सक्छ। १८० दिनको निष्क्रियता पछि, खाता मेटिन सक्छ। [८]

इतिहास[सम्पादन गर्ने]

सन् १९९३ मा, दुबै अमेरिका अनलाइन (एअोएल) र डेल्फीले उनीहरूको स्वामित्व इ-डाँक सेवाहरू इण्टरनेटमा जडान गर्न सुरु गरेका थिए।[९]

अक्टोबर १९९७ सम्म, एओएल मेल विश्वको सबैभन्दा ठूलो ई-डाँक प्रदायक थियो जसमा करीव ९० लाख ग्राहकहरू रहेका थिए (एओएल सदस्यहरूको सङ्ख्याको पर्यायवाची)।[१०][११]

सन् १९९७ मा, एओएलले, यसको ई-डाँक सेवा अन्तर्गतको वेब-आधारित संस्करण नेटमेलको सुरुवात गरेको थियो।[१२] यसको सुरुवातमा यो इण्टरनेट एक्सप्लोररमा मात्र काम गरेकोमा यसको आलोचना गरिएको थियो, तर पछि जाभामा लिखित संस्करणले नेटस्केप नेभिगेटरसँग अनुकूलता सुनिश्चित गरेको थियो। डिसेम्बर १९९९ मा यस सेवाको नाम एअोएल मेल राखिएको थियो।[१३]

जनवरी २००१ मा, पाठमा आधारित अङ्कीय सेलफोन र पेजरहरूको लागि एक इ-मेल सचेत सेवाको सुरूवात गरिएको थियो।[१४]

सन् २००४ मा, एअोएलले सदस्यता लिने ग्राहकहरूको आवश्यकता बिना नै सार्वजनिकको लागि नयाँ नि: शुल्क वेबमेल सेवाको परिक्षण गरेको थियो। यसको सृजना आउटलुक, याहु र जिमेलको बिरूद्धमा प्रतिस्पर्धा गर्ने उद्देशका साथ गरिएको थियो।[१५]मे २००५ मा सेवा एआइएम मेलको नामले शुरू भएको थियो। यसको सेवा सन् २००४ मा कम्पनीले अधिग्रहण गरेको प्रविधि मेलब्लक्समा आधारित छ।[१६]

अगष्ट २००६ देखि, एओएल विस्तृत पट्टि प्रयोगकर्ताहरूको लागि पूर्ण रूपमा निःशुल्क रूपमा उपलब्ध बनाइएको थियो।[१७][१८] सोही महिना, नेटस्केप मेल एआइएम मेलमा सारिएको थियो।[१९]

नोभेम्बर २०१० मा, एओएलले फिनिक्स नामक परियोजनाको सार्वजनिक गरेको थियो।[२०] सन् २०१२ मा, एअोएलले अल्टो मेल सफ्टवेयर जारी गरेको थियो। जुलाई २०१२ सम्म, एअोएल मेलका २ करोड ४० लाख प्रयोगकर्ताहरू रहेका थिए।[२१] १६ मार्च २०१७ मा, भेरिजनले एओएललाई अधिग्रहण गरेको थियो।[२२]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "AOL Postmaster", postmaster.aol.com, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  2. Eitelbach, David (सेप्टेम्बर १९, २०१४), "Yahoo Mail vs. Outlook.com vs. Gmail vs. AOL Mail", Laptop 
  3. Nick Davis, "How to Block Email Addresses in AOL", Houston Chronicle, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  4. "America Online Acquires Mailblocks", अगस्ट ४, २००४, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  5. Help.aol.com Archived April 23, 2013, at the वेब्याक मेसिन.
  6. AOL's 'Project Phoenix' e-mail overhaul is here, CNET, अक्टोबर १४, २०१०, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  7. Help.aol.com Archived August 19, 2014, at the वेब्याक मेसिन.
  8. "Does my AOL Mail account get deactivated if I don’t use it for 90 days?", help.aol.com, AOL, जुन १, २०१६, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  9. Email History Retrieved February 20, 2019.
  10. Richard Wray and Dan Milmo (अगस्ट ३, २००६), "AOL tries to survive by going free", The Guardian (Guardian Media Group)। 
  11. "Hotmail (1) - Land of the free", Irish Times, अक्टोबर २७, १९९७। 
  12. Paul Festa (डिसेम्बर १५, १९९७), "AOL's NetMail not universal", CNET। 
  13. "America Online Launches AOL Mail on the Web", Warner Media, नोभेम्बर २२, १९९९। 
  14. "AOL Launches E-Mail Alert Service", ABC News, जनवरी ९, २०११, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  15. Jim Hu (डिसेम्बर २२, २००४), "AOL gets ready to launch free Web e-mail", ZDNet। 
  16. "AOL Launches E-Mail Alert Service", ABC News, जनवरी ९, २०११, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  17. Joseph Weisenthal (अगस्ट २, २००६), "About Time: AOL Goes Free", अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  18. Saul Hansell and Richard Siklos (अगस्ट ३, २००६), "In a Shift, AOL Mail to Be Free", The New York Times (The New York Times Company), अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  19. Fernando Cassia (जुलाई १९, २००६), "Netscape WebMail to be killed by AIM after Calacanis experiment", The Inquirer, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  20. Caroline McCarthy (नोभेम्बर १४, २०१०), "AOL's Project Phoenix overhaul is here", CNET, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  21. Sean Ludwig (जुलाई २६, २०१२), "To keep its 24M users from fleeing, AOL redesigns Mail with much sharper look", VentureBeat, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 
  22. Jeff Baumgartner (मार्च १६, २०१७), "Verizon Dropping Its Email Business", Multichannel News, अन्तिम पहुँच फेब्रुअरी २०, २०१९ 

बाह्य सूत्रहरू[सम्पादन गर्ने]