एडल्फ हिटलरको यौनजीवन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इतिहासकार तथा विद्वानहरू लामो समयदेखि एडोल्फ हिटलरको यौन जीवनको विषयलाई लिएर बहस गरिरहेको पाइन्छ। भेटिएका केही प्रमाणहरूका अनुसार हिटलर आफ्नो जीवन भरी थुप्रै युवतीहरूसँग सम्बन्धमा रहेका थिए भने समलैङ्गीकता प्रति उनको घृणा रहेको थियो। यद्यपि धेरैले उनी समलिङ्गी भएको आरोप लगाए पनि उनी समलैङ्गीकतामा संलग्न भएको कुनै प्रमाण रहेको छैन। उनको नाम थुप्रै युवतीहरूको नामसँग सम्बन्धित छ, जसमध्ये दुईले आत्महत्या गरे, एकको आत्महत्या प्रयास गरेको ६ वर्ष पछि मृत्यु भएको थियो भने अर्कोको आत्महत्याको प्रयास गर्न असफल भएको थियो। हिटलर एक निर्जीव मानिस भनेर चिनिन्थे जसले आफ्नो सम्पूर्ण जीवन राजनीतिक उद्देश्य र राज्यमा समर्पण गरेका थिए। इभा ब्राउन नामक एक युवतीसँग उनी १४ वर्षसम्म प्रेम सम्बन्ध रहेका थिए जसको कसैलाई पनि ज्ञान थिएन।

एडल्फ हिटलर र इभा ब्राउन

इभा ब्राउनका जीवनी लेखक हाइक गोर्तेमाका अनुसार ती दम्पतीले सामान्य यौन जीवनको आनन्द लिएका थिए। हिटलर र ब्राउनको विवहा सन् १९४५ को अन्तमा भएको थियो भने उनीहरू आत्महत्या गर्नु भन्दा ४० घण्टा भन्दा कम समयका लागि विवाहित भएका थिए। युद्धको बेलामा एलिसबाट आएका दुई प्रतिवेदनहरूले हिटलरको मनोवैज्ञानिक विश्लेषण गर्ने प्रयास गरेको थियो। सन् १९४३ मा दि अमेरिकन अफिस अफ स्ट्रेटिजिक सर्भिसका वल्टर सि लेङ्गरका अनुसार हिटलरमा दमिन समलिङ्गी झुकाव रहेको थियो भने यसमा प्रतिवेदनमा उनी एक पुरुषत्वहीन व्यक्ति रहेका थिए भनिएको थियो। हेनरी मर्रे र एक नाजी विरोधी पार्टीका अट्टो स्ट्रेसरले पनि फरकफरक प्रतिवेदनहरूमा समान विचार व्यक्त गरेका थिए। बेलायती इतिहासकार सर इयान कार्सले पछि स्ट्रेसरको विचारलाई "हिटलरविरोधी प्रचार" भनेर उल्लेख गरेका थिए। [१]

हिटलरको मृत्यु पश्चात् विभिन्न अध्ययनहरूले देखाए अनुसार हिटलरको यौनजीवनका बारेमा फरकफरक मतहरू देखा परेका थिए। केही व्यक्तिहरूले उनी समलिङ्गी भएको ठान्दछन् भने धेरैले उनी उभयलिङ्गी भन्दै गर्दा असङ्ख्य व्यक्तिहरू उनी पूर्णरूपमा यौनमा निष्क्रिय भएका बाताइन्छ। यद्यपि यी विषयहरूमा कुनै पनि ठोस प्रमाणहरू रहेको छैन। अधिकांश इतिहासकारहरू उनी विपरीतलिङ्गी भएको भन्ने विश्वास गर्दछन्। पछि जिन मेरी लोरेट नामको एक नाजायज सन्तान रहेको अभियोग पछि हिटलर माथि लगाइएको थियो तर यसको विपरीत इयान कार्सा जस्ता मुख्यधाराका इतिहासकारहरूले ती आरोपहरूलाई आधारहीन भएको ठहर गरेका थिए। [२]

ऐतिहासिक तथ्य[सम्पादन गर्नुहोस्]

हिटलरको यौन जीवनको बारेमा गरिएका खुलासाहरू सबै अफवाह तथा अनुमानहरू हुन् जसलाई हिटलरका राजनीतिक विपक्षीहरूद्वारा फैलाइएको थियो। हिटलरको निकटतम व्यक्तिलाई उनको यौन प्राथमिकताहरूको बारेमा थाहा थियो भने यसको विपरीत उनको यौनिकताको बारेमा कुनै ठोस प्रमाणहरू उपलब्ध छैनन्। हिटलरको व्यक्तिगत जीवनीका लागि जुटाइएको प्राय: सबै प्रमाणहरू उनका निकटतम व्यक्तिहरूद्वारा उपलब्ध गराइएको थियो। उसका निकटतम व्यक्तिहरू मध्ये उनका सहायक, उनका सेक्रेटरी, अल्बर्ट स्पियर, रिचर्ड वागनरको परिवार र अन्य व्यक्तिहरू थिए।[३][४][५] हिटलर आफ्नो जीवनकालमा थुप्रै युवतीहरूसँग सम्बन्धमा रहेको प्रमाणहरू प्राप्त भएका छन् भने प्रमाणहरू अनुसार उनको समलैङ्गिकता प्रति तीव्र घृणा देखिएको थियो। बेलायती इतिहासकार सर इयान कर्साले पनि हिटलरलाई भियनाको एक युवा व्यक्तिको रूपमा वर्णन गरेका थिए जसले समलैङ्गिकता र वेश्यावृत्ति सहित सबै प्रकारको यौन गतिविधिहरूबाट टाढा राखेको थियो। उनी वास्तवमा यौनजन्य क्रियाकलापहरूबाट सर्ने रोगहरूबाट डाराउँदथे। [६]

हर्मन राउसनिङले लगाएको आरोपका अनुसा हिटलरले पहिलो विश्वयुद्धको अदालत सैन्य विषयमा सैनिक प्रतिवेदनका रहेको एक अनुच्छेदमा एक अधिकारीसँग गोप्य समलिङ्गी सम्बन्ध राखेका थिए। राउसिङले त्यसको साथसाथै थप आरोपहरू लगाउँदै हिटलर म्युनिखको अनुच्छेद १७५ को उल्लङ्घन गरेकोमा दोषी रहेको भनेका थिए जुन समलिङ्गी विषय थियो यद्यपि उक्त आरोपहरूलाई पुष्टि गर्ने कुनै पनि प्रमाणहरू भेटिएका थिएनन्।[७]

हिटलर एक युवा रूपमा केही अस्थायी प्रेम सम्बन्धमा रहेका थिए। उनी १९ वर्षीया भतिजी गेली राउबलको साथ घनिष्ठ सम्बन्धमा रहेका थिए। जब १९२५ मा सोही युवतीको आमालाई हिटलरको गृहकर्मी रूपमा काममा राखिएको तब उनी हिटलरको घरमा बस्न सुरु गरेकी थिइन्। यद्यपि हिटलर र उक्त युवती बीचको सम्बन्धको वास्तविक प्रकृति र सीमाको बारेमा निकै थोरै जानकारीहरू रहेतापनि कार्साले यसलाई अव्यक्त यौन निर्भरता भन्दै आएका छन्।[८] समकालीन समयमा उनीहरूको बीच प्रेम सम्बन्ध रहेको भन्ने अफवाहहरू पनि फैलिएको थियो। सन् १९३१ को सेप्टेम्बरमा गेलीले हिटलरको बन्दुक प्रयोग गरी म्युनिख भवनमा आत्महत्या गरेकी थिइन् जसकारण हिटलर निकै दुःखी भएका थिए।[९] म्युनिखको आफ्नो सुरुवाती दिनहरूमा हिटलरसँग सम्बन्धित निकटतम व्यक्तिहरूमा अर्नेस्ट हनाफस्टेङ्गी थिए।

सम्भावित सम्पर्कहरू[सम्पादन गर्नुहोस्]

इभा ब्राउन बाहेक हिटलरसँग सम्बन्धित केही युवतीहरूको सूची

नाम जीवनकाल मृत्यु हुँदा वर्ष मृत्युको कारण हिटलरसँग सम्बन्ध सम्पर्क सन्दर्भ
स्टेफ्नी र्‍याबस अज्ञात अज्ञात सन् १९०५ किशोर प्रेम [१०][११]
क्यारोलेट लबजय सन् १८८६-१९५१ ५३ सन् १९१७ उनी माथि प्रेमी र हिटलरको जीन-मेरी लरेट नामक नाजायज सन्तान भएको आरोप रहेको छ। [१२] एन्टोन जोआकिमस्टालर[१३], इयान कार्सा, र बेल्जियमका पत्रकार जिन-पल मलदर्स[१४] जस्ता इतिहासकारहरूले व्यक्त गरेको प्रबल दृष्टिकोणहरूमा हिटलरको लोरेट माथिको पितृत्व असम्भव छ।[१]
एना हम्स्टाङ्गेल सन् १८८५-१९५१ ९६ प्राकृतिक सन् १९२० को दशक प्रेमिकाको रूपमा अफवाह फैलाइएको [१५]
मारिया रेइटर २३ डिसेम्बर, सन् १९११-१९९२ ८१ प्राकृतिक (सन् १९२८ मा आत्महत्या गर्ने प्रयास गरेको सन् १९२५ सम्भावित प्रेमिका [१६][१७][१८]
गेली रुइबल ४ जुन १९०८ - १८ सेप्टेम्बर १९३१ २३ आत्महत्या सन् १९२५ मा मृत्यु हुनुभन्दा अगाडि उनी हिटलरको साथ सम्बन्धिमा थिइन्। प्रेमिका [१९][२०]
इभा ब्राउन ६ फेब्रुअरी १९१२ - ३० अप्रिल १९४५ ३३ हिटलरको साथ आत्महत्या सन् १९२९ को बसन्त दीर्घकालीन प्रेमिका तथा हिटलरकी श्रीमाती [२१]
युनिटी मिरफोल्ड ८ अगस्ट १९१४ - २८ मे १९४८ ३३ बेलायत जर्मनी विरुद्ध युद्ध घोषणा गरेपछि उनले पागल भएर आत्महत्या गर्ने कोसिस गरेकी थिइन् जसकारण उनको ९ वर्ष पछि उनको मृत्यु भएको थियो।[२२] सन् १९३४ साथी तथा प्रेमिकाको रूपमा [२३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Kershaw 2001, पृष्ठ 635.
  2. Kershaw 2008, पृष्ठ 219.
  3. Nagorski 2012, पृष्ठ 81.
  4. Kershaw 2008, पृष्ठ. 22–23, 219.
  5. Joachimsthaler 1999, पृष्ठ 264.
  6. Kershaw 2008, पृष्ठ. 23–24.
  7. Langer 1972, पृष्ठ. 137–138.
  8. Kershaw 2008, पृष्ठ. 218–219.
  9. Bullock 1999, पृष्ठ. 393–394.
  10. Kubizek 2011, पृष्ठ 67.
  11. Kershaw 2008, पृष्ठ. 12–13.
  12. Allen 2012.
  13. Joachimsthaler 1989, पृष्ठ. 162–164.
  14. Het Laatste Nieuws 2008.
  15. Large 1997, पृष्ठ 191.
  16. Rosenbaum 1998, पृष्ठ. 111–116.
  17. TIME 29 June 1959.
  18. Hamilton 1984, पृष्ठ 213.
  19. Kershaw 2008, पृष्ठ. 218–222.
  20. Görtemaker 2011, पृष्ठ 43.
  21. Kershaw 2008, पृष्ठ. 219, 378, 947, 955.
  22. Hamilton 1984, पृष्ठ 194.
  23. Bright 2002.