इभा ब्राउन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
इभा ब्राउन
Eva Braun walking dog.jpg
सन् १९४२ मा ब्राउन
जन्मइभा आना पउला ब्राउन
(१९१२-०२-०६)६ फेब्रुअरी १९१२
मुन्छेन, जर्मनेली साम्राज्य
मृत्यु३० अप्रिल १९४५(१९४५-०४-३०) (३३ वर्ष)
बर्लिन, जर्मनी
मृत्युको कारणसाइनाइड सेवनद्वारा आत्महत्या
अन्य नामइभा हिटलर
पेशातस्वीर चित्रणकर्ता; हेनरिच होफम्यान कार्यालय र प्रयोगशालामा सहयोगी
चिनारीको कारणआडल्फ हिटलरकी साथी र श्रीमती
जीवनसाथी
(
वि १९४५; मृत्यु १९४५)
आफन्तइल्से ब्राउन (दिदी)
ग्रेटेल ब्राउन (बहिनी)

इभा आना पउला हिटलर (जन्म: ६ फेब्रुअरी १९१२ - ३० अप्रिल १९४५) आडोल्फ हिटलरको लामो समय देखिको साथी र ४० घण्टा भन्दा पनि कम समयसम्म उनकी श्रीमती थिइन्। ब्राउनले १७ वर्षको उमेरमा जर्मनीको सहर मुन्छेनमा हिटलरलाई भेटेकी थिइन्। उनीहरूको प्रारम्भिक सम्बन्धमा उनले दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। सन् १९३६ देखि उनी ब्यागतिसगादन नजिकैको ब्यागओफ उनको घरको एक सदस्य बनेकी थिइन् थिइन् भने दोस्रो विश्वयुद्ध भरि त्यहाँ उनले भित्री जीवन बिताएकी थिइन्। ब्राउन एक तस्वीर चित्रणकर्ता थिइन्, र उनले हिटलरका धेरै तस्वीर र श्रव्य दृश्यहरू कैद गरेकी थिइन्। उनी हिटलरको आन्तरिक सामाजिक घेरामा महत्त्वपूर्ण व्यक्तित्व थिइन्। उनीहरूको विवाह २९ अप्रिल १९४५ मा भएको थियो भने उनीहरू दुबैले आफ्नो आत्महत्याको १ दिन अगाडि विवाह गरेका थिए।

उनले हिटलरसँग एक छोटो नागरिक समारोहमा विवाह गरेकी थिइन्। विवाह गर्दा उनी ३३ वर्षकी थिइन् र हिटलर ५६ वर्षका थिए। ४० घण्टा भन्दा कम समय पछि उनीहरूले इन्धन राखिने कोठामा गई सँगै आत्महत्या गरेका थिए। उनले साइनाइडको गोली निलेर आत्महत्या गरेकी थिइन् भने उनका श्रीमान हिटलरले आफ्नै टाउकोमा गोलीले हानी आत्महत्या गरेका थिए। जर्मनेली जनताहरू उनको मृत्यु हुनु भन्दा अगाडि हिटलरसँग सम्बन्ध रहेको बारेमा अज्ञात थिए।

प्रारम्भिक जीवन[सम्पादन गर्ने]

इभाकी आमा, फ्रान्सिस्का ब्राउन

इभा ब्राउनको जन्म मुन्छेनमा भएको थियो र उनी स्कुलका शिक्षक फ्रेडरिक "फ्रिट्ज" ब्राउन [१](सन् १८७९–१९६४) र फ्रान्सिस्का "फनी" कोनब्याग (१८८५–१९७६) को माहिली छोरी थिइन्।[२] उनकी आमाले बिहे गर्नु अघि कपडा सिलाउने काम गर्दथिन्। उनकी दिदी इल्से (सन् १९०९– १९७९) र बहिनी मार्गारेट ( ग्रेटल ) (१९१५–१९८७) हुन्।[३] ब्राउनका बाबु आमाको अप्रिल १९२१ मा सम्बन्ध विच्छेद भएको थियो,[४] तर नोभेम्बर १९२२ मा संभवत आर्थिक कारणले गर्दा उनीहरू बीच पुनर्विवाह भएको थियो।[५] ब्राउनले मुन्छेनको क्याथोलिक माध्यमिक विद्यालयमा पठनपाठन गरेकी थिइन्,[६] र त्यसपछि उनी एक वर्षको लागि सिम्बाच एम् इनमा रहेको एक विद्यालयमा व्यापार सङ्काय तर्फ अध्ययन गर्नका लागि गएकी थिइन्,[७] जहाँबाट उनको मध्यम अङ्क प्राप्त गरेकी थिइन् र उनको खेलकुद प्रतिभाको पनि विकास भएको थियो।[८]

हिटलरसँग कसरी सम्पर्कमा आइन्[सम्पादन गर्ने]

१७ वर्षको उमेरमा, उनले राष्ट्रिय समाजवादी जर्मनेली श्रमिक दलका आधिकारिक तस्वीर चित्रणकर्ता हेनरिक होफम्यानको लागि काम गरेकी थिइन्।[९] उनलाई हिटलरले प्रायः सँगै खाना खान र सेवन गर्न बोलाउने गर्दथे।[१०][११] उनी सुरुमा पसल र बिक्री सहायकको रूपमा कार्यरत थिइन् र उनले छिट्टै क्यामराको प्रयोग गर्ने र तस्वीरहरू कसरी विकास गर्ने भनेर सिक्ने अवसर प्राप्त गरेकी थिइन्।[१२] उनले आफू भन्दा २३ वर्षले जेठो हिटलरलाई मुन्छेनमा अक्टोबर १९२९ मा भेटेकी थिइन्।[१३] इभाकी बहिनी ग्रेटलले सन् १९३२ पछि होफम्यानको लागि काम गरेकी थिइन्[१४] र उनीहरू दुबैले केही समय बस्नका लागि कोठा भाडामा लिएका थिए।[१५] ग्रेटलले उनको दिदी र हिटलरसँग उबाजजब्यागको यात्रामा उनीहरूलाई साथ दिएकी थिइन्।[१६] सन् २००० मा, इभा ब्राउनको काकाका छोरा गर्ताउद विस्करले उनको समयमा उनले गरेका विभिन्न गतिविधिहरूको वारेमा वर्णन गरेका थिए।[१७]

हिटलरसँगको सम्बन्ध[सम्पादन गर्ने]

त्यसपछिका वर्षहरूमा इभा ब्राउन र हिटलरबीच गहिरो सम्बन्ध रहेको थियो जुन दोस्रो विश्वयुद्धको अन्त्यसम्म जनताबाट गोप्य राखिएको थियो।[१८] हिटलर उनीसँग कहिल्यै सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनलाई ब्यागओफकी अर्थशास्त्री भनेर पनि घोषणा गरिएको थियो जहाँ जहाँ ब्राउन र हिटलर सन् १९३६ देखि सँगै बसेका थिए, यद्यपि यस सम्बन्ध सम्बन्धवादीहरूको नजिकको घेराको रूपमा परिचित थियो। हिटलर प्राय: उसँग बिवाहाका लागि समय नभएको दावी गर्दथे।[१९] वास्तवमा, ३० जनवरी १९३३ भन्दा अघि उनले महिला मतदाताहरूको सहमतिलाई आफूले पालना गर्न सक्ने एकल पुरुष भएको तथ्यलाई स्वीकारेका थिए भने यसका साथै आफ्नो रोगवैज्ञानिक संरचनाको कारण, हिटलरको जीवनलाई सामान्य रूपमा वर्णन गर्दा उनको कुनैपनि महिलासँग एकल सम्बन्ध नरहेको मानिन्थ्यो।

ब्राउन र हिटलर, सन् १९४२

१० वा ११ अगस्ट १९३२ मा, इभा ब्राउनले आफ्नो बुबाको पेस्तोलले छातीमा गोली ताक्दै आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। इतिहासकारहरू यसलाई आत्मघाती अभिप्रायहरूलाई पछ्याउँदै हिटलरको नजिक जाने प्रयासको रूपमा हेर्दछन्।[२०] उक्त उनको आत्मघाती परीक्षणको घटना पछि उनीहरूको सम्बन्धलाई थप सुदृढ गरेको थियो। यो उनको पहिलो आत्महत्याको प्रयासले हिटलर उनको सम्बन्धित विषयहरूमा कर्तव्यपरायण भएको प्रमाणित गरेको इतिहासकारहरूको भनाई रहेको छ। ६ नोभेम्बर १९३२ को जर्मनेली सङ्घीय निर्वाचनको भ्रमणमा उनी व्यस्त रहेका थिए। उनलाई हिटलरले बेवास्ता गरेको महसुस गरी उनले, १ नोभेम्बर १९३२ मा, उनले आफ्नो घाँटीमा पिस्तोलले गोली प्रहार गरेकी थिइन्।[२१]

सन् १९३२ को अन्तमा, उनीहरूले प्रेम प्रसङ्ग निकै गोप्य रूपमा सुरु गरेका थिए।[२२] हिटलर म्युनिखमा रहेको आफ्नो कोठामा रहेको समयमा, इभा प्रायः हिटलरसँग रात बिताउने विश्वास लिइएको छ।[२३] हिटलरको आधिकारिक रूपमा कुनै प्रेम सम्बन्ध थिएन र इभा ब्राउनलाई उनको पक्षमा महिलाको रूपमा आफूलाई सार्वजनिक रूपमा देखाउन निषेध गरिएको थियो। ब्यागअफमा उनीहरूको छुट्टाछुट्टै कोठा रहेको थियो तर ति कोठाहरू एक आपसमा जोडिएका थिए।[१८][२४] संभवत हिटलरलाई उनको प्रेमको आश्वासन दिनका लागि उनले मे १९३५ को अन्तमा फेरि गोली सेवन गरी साथ आत्महत्या गर्न प्रयास गरेकी थिइन्।[२५][२६] यो आत्महत्याको प्रयासलाई मुख्यतया पुनरावेदन आत्महत्याको रूपमा पनि लिइन्छ, जसले मृत्युतिर भन्दा बढी ध्यान दिनु पर्ने तिर भाव केन्द्रित गर्छ।[२७] आत्महत्याको प्रयास पछि, हिटलरले उनलाई एउटा भवन दिएका थिए, जसको मूल्य ३०,००० राइचमार्क रहेको थियो।[२८] उनी हिटलरको व्यक्तिगत तस्वीर चित्रणकर्तम हेनरिक होफम्यानसँग काम गर्न पनि गएकी थिइनन्, तर प्रति महिना ४५० राइचमार्कका साथ युद्धको अन्त्य नभएसम्म उनी आफ्नो भवन मै रहेकी थिए।[२९]

जीवनीकार हेइक गर्तमाकेरले राष्ट्रिय समाजवादी जर्मनीमा महिलाको खासै ठूलो भूमिका नरहेको जनाएका थिए।[३०] हिटलरमा ब्राउनको राजनीतिक प्रभाव कम रहेको थियो;[३१][३२] व्यापार वा राजनितिक वार्तालाप भएको बेलामा उनीलाई कोठामा बस्न अनुमति दिइएको थिएन र मन्त्री वा अन्य प्रतिष्ठित व्यक्तिहरू उपस्थित हुँदा उनलाई कोठाबाट बाहिर पठाइने गरिएको थियो।[१९] उनी राष्ट्रिय समाजवादी जर्मनेली श्रमिक दलको सदस्यको रूपमा पनि रहेकी थिइनन्।[३३][३४] युद्धपश्चातका उनका संस्मरणहरूमा होफम्यानले ब्राउनको दृष्टिकोणलाई चिनाएका थिए। उनको मुख्य रुचि खेलकुद, कपडा, र चलचित्रमा रहेको थियो। [३५]

दृश्य चित्रणमा उनको संलग्नता[सम्पादन गर्ने]

इभा ब्राउनले बनाएको तस्वीर र श्रव्य दृश्य छायाङ्कनको निश्चित ऐतिहासिक महत्त्व रहेको छ साथै उनले ठूलो मात्रामा रङ्गीन श्रव्य दृश्यहरू पनि कैद गरेकी थिइन्। [३६]उनले निर्माण गरेको श्रव्य दृश्य मार्फत हिटलरको बाहिरी विशेषताहरूको वर्णन गरिएको पाइन्छ। उनले १६ मिलिमिटर एग्फा मोभेक्स क्यामराको प्रयोग गरी दृश्य चित्रण गरेकी थिइन्। उनले आफुले गरेका कैदहरूलाई दि बुन्ता फिल्मसाओको नाम दिएकी छिन्।[३७]

विवाह र मृत्यु[सम्पादन गर्ने]

इभा ब्राउन ७ मार्च, १९४४ मा म्युनिखबाट बर्लिन आएकी थिइन् र अप्रिलको मध्य तिर सुहाबुङ्खामा रहेको कोठामा सरेकी थिइन्।[३८] उनी हिटलरको इच्छाविरूद्ध बर्लिन आएकी थिइनन् भन्ने कुरा स्पष्ट छैन।[३९] उनको परिवारले बर्लिन छोड्ने अनुरोधको बाबजुद पनि, उनी अन्तसम्म त्यही बसेकी थिइन्।[४०] २९ अप्रिल १९४५ को रात इभा ब्राउन र आडोल्फ हिटलरले विवाह गरेका थिए।[४१] यो विवाह सहर परिषद् र जिल्ला अदालतका प्रमुख वाल्टर वागनरद्वारा गरिएको थियो [४२]जसमा उनका साक्षीहरू जोसेफ गोबेल्स र मार्टिन बोरम्यान समावेश थिए।[४३] विवाह पश्चात् उनको आधिकारिक नाम इभा हिटलर रहन गएको थियो।[४४][४५] दोस्रो विश्वयुद्धबाट पराजित भएको अनुभूति गर्दै उनीहरूले विवाहको एक दिन पछि ३० अप्रिल १९४५ मा एकसाथ आत्महत्या गरेका थिए।[४६][४७] उनको मृत्युको आधिकारिक समय हिटलरको भन्दा दुई मिनेट अगाडि मानिएको छ।[४८][४९]

युद्ध पश्चत् उनको मूल्याङ्कन[सम्पादन गर्ने]

तानाशाही हिटलर र उनको मृत्यु पछि देशमा राष्ट्रिय समाजवादको अन्त भएको थियो। इभा हिटलरले सङ्घीय समाजवादी जर्मनेली युगको समयमा सङ्घीय समाजवादी जर्मनीको अपील कक्षलाई बोझको रूपमा वर्गीकृत गरेकी थिइन्। हिटलरको चन्दाबाट आएको पत्ता लागेपछि उनको सम्पत्तिलाई पूर्ण रूपमा जफत गरिएको थियो। मरणोत्तर प्रकाशित पुस्तकमा जालसाजी हुन गएको थियो र उक्त पुस्तकको सन् १९३५ का केही पृष्ठहरूलाई मात्र सुरक्षित गरिएको छ जुन सन् १९६८ मा लेखक तथा पत्रकार नेरिन ई गनले पहिलो पटक प्रकाशित गरेका थिए।[५०]

इतिहासकारहरू, ब्राउनले एउटा भ्रमात्मक संसारको निर्माण गरीरहेकी जहाँ उनले तानाशाह र उनको शासनका सबै नकारात्मक पक्षहरूलाई ओगटेको कुरामा जोड दिन्छन्। जनसङ्ख्या र विश्वयुद्धको आवश्यकताको समयमा हिटलरको कारणले उनी एक भवन भित्र सुरक्षित विलासी परिस्थितिमा स्थायी बिदामा रहेकी थिइन्। हवाइ जहाजबाट हिटलर बिदाको समयमा इटाली गएका बेला उनले यो कुरा आफ्ना आमाबुबालाई बताएकी थिइन्।[५१]

साहित्य[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Görtemaker २०११, p. ३१.
  2. Lambert २००६, p. ४६.
  3. Görtemaker २०११, pp. ३१–३२.
  4. Görtemaker २०११, p. ३५.
  5. Lambert २००६, pp. ४९, ५१–५२.
  6. Görtemaker २०११, p. १३.
  7. Lambert २००६, p. ५५.
  8. Görtemaker २०११, pp. १२–१३.
  9. Kershaw सन् २००८, pp. २२०–२२१.
  10. Kershaw सन् २००८, p. २१९.
  11. Görtemaker सन् २०११, p. ५३.
  12. Görtemaker सन् २०११, p. १२.
  13. Görtemaker सन् २०११, p. १५.
  14. Görtemaker सन् २०११, p. २२३.
  15. Görtemaker सन् २०११, p. 19.
  16. Görtemaker सन् २०११, pp. ९४–९६.
  17. Görtemaker सन् २०११, pp. १००, १७३.
  18. १८.० १८.१ Lambert सन् २००६, p. ३२४.
  19. १९.० १९.१ Görtemaker सन् २०११, pp. १६८–१७१.
  20. Connolly सन् २००१.
  21. Görtemaker सन् २०११, p. ५१.
  22. Görtemaker सन् २०११, p. ८८.
  23. Görtemaker सन् २०११, pp. ९७–९९.
  24. Speer सन् १९७१, pp. १३८–१३९.
  25. Lambert सन् २००६, p. ३३८.
  26. Görtemaker सन् २०११, p. ६५.
  27. Hoffmann सन् १९५५, p. १६१.
  28. Speer सन् १९७१, p. ३३७.
  29. Guest सन् २००६.
  30. Görtemaker सन् २०११, pp. १७१–१७३.
  31. Speer सन् १९७१, p. १८४.
  32. Görtemaker सन् २०११, p. १९२.
  33. Beevor सन् २००२, pp. ३४१–३४२.
  34. Bullock सन् १९९९, p. ७९२.
  35. Görtemaker सन् २०११, p. २३८.
  36. Görtemaker S. 214.
  37. Manfred Görtemaker (सन् १९९९), "Geschichte der Bundesrepublik Deutschland: Von der Gründung bis zur Gegenwart", C. H. Beck, München, आइएसबिएन 3-406-44554-3 
  38. Speer सन् १९७१, p. ५८७.
  39. Beevor सन् २००२, p. ३४२.
  40. Beevor सन् २००२, p. ३४३.
  41. Kershaw सन् २००८, p. ९५४.
  42. Lambert २००६, p. ४५९.
  43. Linge सन् २००९, p. १९९.
  44. Kershaw सन् २००८, p. ९५५.
  45. Joachimsthaler १९९९, pp. १६०–१८२.
  46. Kershaw सन् २००८, p. ९५८.
  47. Eberle & Uhl सन् २००५, p. २८२.
  48. Lambert सन् २००६, p. ४६३.
  49. Vinogradov सन् २००५, pp. ३३३–३३६.
  50. TV-Dokumentation von Michael Kloft: Hitler privat – Das Leben des Diktators. Spiegel TV, Hamburg 2009 (Erstausstrahlung auf VOX, 27. März 2010; Skizze auf Spiegel Online).
  51. Nerin E. Gun: Eva Braun-Hitler. Leben und Schicksal. Blick + Bild, Velbert/Kettwig 1968.

बाह्य सूत्रहरू[सम्पादन गर्ने]