एन्डी वर्हाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एन्डी वर्हाल (/ˈwɔːrhɒl/;[१] जन्म एन्ड्रयु वर्हाल जुनियर; अगस्ट ६, १९२८ – फेब्रुअरी २२, १९८७) अमेरिकी चित्रकार, चलचित्र निर्देशक, निर्माता, र पप कला आन्दोलनका प्रमुख व्यक्ति थिए। उनका कार्यहरूले कलात्मक अभिव्यक्ति, विज्ञापन र सेलिब्रेटी संस्कृति बीचको सम्बन्धको अन्वेषण गर्दछ जुन १९६० को दशकमा फस्टाएको थियो।

पिट्सबर्ग मा जन्मे र हुर्केका वर्हालले सुरुमा व्यवसायिक चित्रकारको रूपमा सफल करियर बनाए। १९५० को दशकको अन्तमा धेरै आर्ट ग्यालरीमा आफ्नो काम प्रदर्शन पछि, उनले एक प्रभावशाली र विवादास्पद कलाकारको रूपमा मान्यता पाउन थाले। उनको न्युयोर्क स्टुडियो, द फ्याक्ट्री, प्रतिष्ठित बुद्धिजीवीहरू, ड्र्याग क्वीन्स, नाटककारहरू, बोहेमियन सडकका मानिसहरू,सेलिब्रेटीहरू, र धनी संरक्षकहरूसँग हलिउड एकै ठाउँमा भेला हुने ठाउँ बन्यो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]