एम्लि डिकिन्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एम्लि डिकिन्सन
जन्म(१८३०-१२-१०)डिसेम्बर १०, १८३०
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
मृत्यु१५ मे १८८६(1886-05-15) (उमेर ५५)
म्यासेचुसेट्स, संयुक्त राज्य अमेरिका
अल्मा मेटरMount Holyoke Female Seminary

एम्लि एलिजावेथ डिकिन्सन (डिसेम्बर १०, १८३० – मे १५, १८८६, Emily Dickinson) अमेरिकाली कवि थिइन् । एकल स्वभावकी डिकिन्सन असामान्य मानिन्थिन्; उनको सेतो लुगाको रोजाइ, पाहुनालाई सत्गार नगर्नु र पछि आफ्नै कोठाबाट बाहिर ननिस्किनु जस्ता व्यवहारबाट उनी परिचित थिइन् । डिकिन्सनको लेखन कला कसैलाई थाहा नभए पनि आफ्नै जीवनकालमा १८०० जति कविताहरु प्रकाशित भए । उनका कविता मृत्यु र अमरत्व जस्ता विषयमा आधारित छन् ।

डिकिन्सन लेख्छिन् भन्ने कुरा थोरैलाई थाहा भए पनि उनको मृत्यु पछि मात्र उनको कवि रुप बाहिर आयो । सन् १८९० मा उनको पहिलो कविता प्रकाशित भयो जसमा अन्य सम्पादकहरूले धेरै सम्पादन गरिदिए । उनको असम्पादित कविता संङग्रह भने सन् १९५० मा मात्र प्रकाशित भयो । १९ औँ शताब्दीको अन्त र बिसौँ शताब्दीको सुरुवात तिर उनको खण्डन गरिए पनि हाल उनलाई अमेरिकाको महत्त्वपूर्ण कविको रूपमा हेरिन्छ ।

सुरुवाती जीवन[सम्पादन गर्नुहोस्]

एम्लि डिकिन्सनको जन्म सन् १८३० डिसेम्बर १० मा अमेरिकाको मेस्यीचुयुट्स राज्यको एमहरस्टमा भयो । उनका बाबु डवर्ड वकिल थिए । एम्लिका बाबू पट्टिका हजुरबुबा एमहरस्ट कलेजका संस्थापक नै थिए । बाबु एडवर्ड आफ्ना छोराछोरी अध्ययनशील भएको चाहन्थे । सन् १८४०, सेप्टेम्बर ७ मा एम्लि र उनको दिदी लेटिभिया एमहर्स्ट एकडेमीमा भर्ना भए । सात वर्ष एम्लिले अङ्ग्रेजी, ल्याटिन, साहित्य, इतिहास, भूगोल, आदिको अध्ययन गरिन् ।

डिकिन्सनलाई सानै उमेरदेखि "मृत्यु" सम्बन्धित विषयले धेरै असर पार्यो, मुख्यत: उनी नजिकका व्यक्तिका मृत्युले । उनी नजिकका मित्र सोफियाको टाइफाइडले मृत्यु भए पछि उनलाई धेरै असर पर्न गयो कि उनलाई बाबुआमाले बोस्टोन लगिदिए ।

प्रकाशन[सम्पादन गर्नुहोस्]

एम्लिको बहिनि लेभिनियाले उनको १८०० कविता पत्ता लगाइसके पछि एम्लिको मृत्युको चार वर्ष पछि मात्र पहिलो कविता सङ्ग्रह प्रकाशित भयो । थोमस् एच जोन्सनद्वारा सन् १९५५ मा डिकिन्सनको कम्पिलट पोइम्स प्रकाशित भएपछि अन्य सम्पादित भागहरू सँग सन् १८९० देखि डिकिन्सनको कविताहरू छापिदैँ आएका छन् ।

डिकिन्सनको मृत्यु पश्चात्, लेभिनियाले आफुलाई अह्राए झैँ सम्पूर्ण कागजपत्रहरू जलाइन् तर बाँकी रहेका ४० नोटकिताब र अन्य कविता लेखिएका कागजहरु के गर्ने भन्ने बारे उनलाई थाहा भएन । लेभिनियाले कविताहरूको मुल्य बुझिन् र ती प्रकाशित भएको हेर्न चाहिन् ।

सन् १९८१ मा, The Manuscript Books of Emily Dickinson प्रकाशन भयो । यस प्रकाशनमा डिकिन्सनका कविताहरू रचनाका मिति अनुसार नै क्रमाङ्कका रूपमा ल्याइने प्रयास गरियो । धेरै समिक्षकहरूले यस प्रकाशन ठिक अर्थमा सही भएको मानेका छन् ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]