एस्पेरान्तो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एस्पेरान्तो
Esperanto
एस्पेरान्तोको झण्डा
उच्चारण/esperanto/
सृजनाकर्ता
मातृभाषी वक्ता१ लाखदेखि २० लाख (अनुमानित संख्या)
उद्देश्य
अन्तर्राष्ट्रिय दोस्रो भाषा
  • एस्पेरान्तो
ल्याटिन (एस्पेरान्तो शैली)
सरकारी दर्जा
आधिकारिक भाषा
कुनै
नियामक संस्थाएस्पेरान्तो प्रज्ञा-प्रतिष्ठान (Akademio de Esperanto)
भाषा सङ्केतहरू
आइएसओ ६३९-१eo
आइएसओ ६३९-२epo
आइएसओ ६३९-३epo

एस्पेरान्तो (अङ्ग्रेजी: Esperanto) सबैभन्दा व्यापक रूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन साजिलैसङ्ग सिक्न सकिने तरिकाले बनाइएको छ। यो भाषा पोल्याण्डका लेइजेर लुद्भिक जामेनहोफले बनाएका हुन्। संसारको विभिन्न भागमा बस्ने मान्छे एक अर्कोसँग सजिलै कुरा गरुन्, सबैले सिक्न सक्ने भाषा होस् भनेर उनले एस्पेरान्तो बनाएका हुन्।

सन् १८८७ मा जामेनहोफ भाषाको पहिलो किताब लेख्दा, आफैलाई "दोक्तोरो एस्पेरान्तो" भन्ने नाम दिए। त्यस नामको मतलब "आशा गर्ने डक्टर" हो। त्यो नाम पछि भाषाको नाम पनि भयो। किताबको नाम अन्तर्राष्ट्रिय भाषा :− परिचय तथा पूर्ण पाठ्यपुस्तक (Lingvo internacia: antaǔparolo kaj plena lernolibro) थियो।

एस्पेरान्तोको प्रयोग[सम्पादन गर्नुहोस्]

हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू एक लाख देखि २० लाख सम्म भएको अनुमान छ र करिब एक हजार व्यक्तिहरूले यसलाई आफ्नो मातृभाषाको रूपमा प्रयोग गर्दै आएका छन्। हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रोयग गरेको पाइन्छ।

एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन्। यस भाषाको विकाषको लागि विभिन्न सम्मेलनहरू पनि हुने गर्दछन्। तीमध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने "विश्व एस्पेरान्तो कङ्ग्रेस" (Universala Kongreso de Esperanto) हो जसमा ६० देशबाट आएको २,००० जना सहभागी हुन्छन्।

एस्पेरान्तो विकिपिडिया पनि छ।

भाषागत विशेषता[सम्पादन गर्नुहोस्]

एस्पेरान्तोमा शब्द धेरै भाषाबाट आउँछन्। तीमध्ये प्रयाजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आउँछन्। त्यसैले कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ।

एस्पेरान्तोको वर्णमालामा २८ वटा अक्षर हुन्छ। कुनै अक्षर टोपी लगाउँछन्। एस्पेरान्तो भाषामा Q, W, X, Y अक्षर हुँदैन्। हरेक अक्षरको स्थिर उच्चारण हुन्छ। त्यसकरणले, एस्पेरान्तोमा अन्य युरोपेली भाषाहरूमा जस्तो हिज्जे सिक्नु पर्दैन। यो भाषा जसरी बोलिन्छ, त्यसरी नै लेखिन्छ।

अक्षर उच्चरण टिप्पणी
A
B
C त्स
Ĉ टोपी लगाएको C
D
E
F उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होईन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
G
Ĝ टोपी लगाएको G।
H
Ĥ टोपी लगाएको H। उच्चरण नेपाली ख त होइन; उर्दू खुदाको ख हो।
I
J
Ĵ टोपी लगाएको J। उच्चारण अङ्ग्रेजी pleasureको s वा रुसी Ж जस्तो।
K
L
M
N न (वा ञ वा ङ) न्क वा न्गको सत्तमा, ङ्क र ङ्ग भन्न हुन्छ। न्च वा न्जको सत्तामा ञ्च र ञ्जभन्न हुन्छ।
O
P
R
S
Ŝ टोपी लगाएको S। दन्त्य स त होइन; तालव्य श (अङ्ग्रेजी sh) हो।
T
U
Ǔ उल्टो थोपी लगाएको U
V उच्चारण नेपाली शैलीले (दुइटा ओठले) होइन; अङ्ग्रेजी शैली (माथिल्लो दाँत र तल्लो ओठले)।
Z अङ्ग्रेजी z हो।

उदाहरणको लागी, Mi lernas Esperantonको उच्चारण मी लेर्नास एस्पेरान्तोन हुन्छ। त्यसको अर्थ म एस्पेरान्तो सिक्छु भनेर हो।

Esperanto estas pli facila ol la anglaको उच्चारण एस्पेरान्तो एस्तास प्ली फात्सीला ओल ला आङ्ग्ला हुन्छ। त्यसको अर्थ अङ्ग्रेजीभन्दा एस्पेरान्तो सजिलो हुन्छ भनेर हो।

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]