ओन्टारियो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओन्टारियोको नक्शा
नायाग्रा झरना

ओन्टारियो क्यानाडाका १३ प्रोभिन्सहरू मध्येको एक प्रोभिन्स हो। यो क्यानाडाको पूर्वी केन्द्रीय भागमा रहेको छ। यो क्यानाडाको सबैभन्दा बढी जनघनत्व भएको प्रोभिन्स हो, जसमा देशका करीब ४० प्रतिशत नागरिकहरू बसोवास गर्दछन्। यो क्यानाडाका प्रोभिन्सहरू मध्ये क्षेत्रफलको आधारमा दोस्रो ठूलो प्रोभिन्स पनि हो।

ओन्टारियोको पश्चिमी सीमामा मनितोबा, उत्तरमा हड्सन खाडी र जेम्स खाडी, पूर्वमा क्युबेक, र दक्षिणमा अमेरिका रहेको छ । ओन्टारियो दुई भागमा विभाजित छ: उत्तरी ओन्टारियो र दक्षिणी ओन्टारियो। ओन्टारियोको दक्षिणी भूभागमा अरेब्ल ल्याड र सबैभन्दा बढी मानिस बस्छन्।

जलवायु[सम्पादन गर्नुहोस्]

ओन्टारियोको ताल

ओन्टारियोको जलवायु स्थान तथा रृतु अनुसार फरक हुन्छ। ओन्टारियो उत्तरी गोलार्धमा पर्छ। यो ठाउँमा प्रायजसो जाडो हुन्छ। कहिलेकाही यहाँ मेक्सिकोको खाडीबाट तातो हावा आउँछ जसले गर्दा यहाँ न्यानो पनि हुन्छ। ओन्टारियो पनि नेपाल जस्तै ३ भौगोलिक क्षेत्रमा विभाजित छ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]