कनकपुरा
कनकपुरा
Kanakapura कनकनाहल्ली | |
|---|---|
शहर | |
कनकपुरा बस स्टेशनको भित्र रहेको मन्दिर | |
| निर्देशाङ्क: १२°३३′००″N ७७°२५′०१″E / 12.55°N 77.417°E | |
| Country | India |
| State | Karnataka |
| District | Ramanagara district |
| सरकार | |
| • प्रकार | [[President-City Municipal Council]] |
| • MLA | डि. के. शिवकुमार |
| क्षेत्रफल | |
| • जम्मा | ७.८० किमी२ (३.०१ वर्ग माइल) |
| उन्नतांश | ६३७ मिटर (२०९० फिट) |
| जनसङ्ख्या (2012) | |
| • जम्मा | ५४,०१४ |
| • घनत्व | ६,५३६.११/किमी२ (१६९२८.४/वर्ग माइल) |
| Languages | |
| • Official | कन्नड |
| समय क्षेत्र | युटिसी+५:३० (IST) |
| PIN | ५६२ ११७ |
| टेलिफोन कोड | ०८११७, इन्डेक्स नम्बर ७५, २७५ |
| आइएसओ ३१६६ सङ्केत | आइएन-केए |
| सवारी दर्ता | के.ए. ४२ |
| वेबसाइट | karnataka |
कनकपुरा भारतको कर्नाटक राज्यमा रामनगर जिल्लामा अवस्थित कनकपुरा तालुकको एउटा शहर र मुख्यालय हो। बेङ्गलुरु शहरबाट ५५ कि.मि. पर स्थित यो शहर रेशम र ग्रेनाइटका उत्पादनहरुका लागि प्रसिद्ध रहेको छ।[१]यो कर्नाटक राज्यका हरियाली जङ्गलहरुका बीचमा स्थित रहेको छ। यो शहर एउटा पर्यटकिय स्थल हो र यो पुरै कर्नाटक राज्यमा प्रायः पर्यटकहरुका रुचाइएको स्थलका रूपमा चिनिने गरिन्छ, किनकि यसमा सोखिन-सोखिन मानिसहरुदेखि लिएर इतिहास प्रेमीहरु र वन्यजीवहरुका सोखिन मानिसहरु सम्म सब किसिमका केहि न केहि रहेका छन्।
भूगोल
[सम्पादन गर्नुहोस्]कनकपुरा १२.५५ ° उत्तरदेखि ७७.४२ ° पुर्वमा स्थित रहेको छ। यसको औसत उचाइ ६३८ मिटर (२०९३ फिट) रहेको छ।[२]
कनकपुरा ५५ कि.मि. दक्षिणमा बेङ्गलोर (राजधानी) बाट राष्ट्रिय राजमार्ग एनएच २०९ मा, अरकवथी नदीको तटमा (कावेरी नदीको पुनर्जन्मका रुपमा मानिने) र रामनगरबाट २७ कि.मि. र मैसूरबाट ९६ कि.मि. टाढा रहेको छ।
एनएच २०९ (बेङ्गलोर - कोयम्बटूर) कनकपुराबाट भएर नै जाने गर्दछ।
जनसाङ्ख्यिकी
[सम्पादन गर्नुहोस्]सन् २००१ को भारतको जनगणनाका अनुसार, कनकपुराको जनसंख्या ४७,०४७ रहेको थियो।[३]पुरुषहरुको जनसंख्या दर ५२% र महिलाहरुको दर ४८% रहेको छ। कनकपुराको औसत साक्षरता दर ७६% रहेको छ, जो राष्ट्रिय औसत दर ५९.५% बाट अधिक रहेको छ: पुरुष साक्षरता दर ७२% रहेको छ भने महिला साक्षरता दर ५९% रहेको छ। कनकपुरामा, ११% जनसंख्या ६ वर्षभन्दा साना उमेरका रहेको छ। अहिले कनकपुरा शहर नगरपालिका परिषद भएको छ। कनकपुरा शहरबाट लगभग १६.५ को दूरीमा कनकपुरामा ६ होबली रहेका छन्।
सन् २०११ को भारतको जनगणना अनुसार, कनकपुरामा ५४०१४ व्यक्तिहरुको जनसंख्या रहेको थियो।[४]औसत साक्षरता दर ८१.०८% थियो।
भाषाहरु
[सम्पादन गर्नुहोस्]कन्नड, यस क्षेत्रको प्रमुख र आधिकारिक भाषा हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Keshava, V. C. (२००४), Exploring Mysore: A Complete Data Map in a Special Style, V.S.R. Prakashana, पृ: 164, 192।
- ↑ Falling Rain Genomics, Inc – Kanakapura
- ↑ "Census of India 2001: Data from the 2001 Census, including cities, villages and towns (Provisional)", Census Commission of India, मूलबाट २००४-०६-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-११-०१। वेब्याक मेसिन अभिलेखिकरण २००४-०६-१६ मिति
- ↑ "India Census 2011"।